Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

बनाउँला नि भन्दाभन्दै सडक उस्तै

Posted on October 11, 2022October 11, 2022
Share this post
       

अखण्ड सम्बाददाता
आश्विन २५,  २०७९ डडेल्धुरा

डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ अन्र्तगत राजमार्गसँगै रहेको भात्काँडा बजारमा प्रत्येक चुनावको मुखमा डोजर खडा गरिन्छ तर बाटो भने जस्ताको तस्तै हुन्छ ।
डडेल्धुरा प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला हो । पाँचौं पटक मुलुकको बागडोर सम्हाल्नु भएका प्रधानमन्त्री देउवालाई मतदान गर्न जाने बाटो भात्काँडा रेल सडकको अवस्था भने कहाली लाग्दो छ ।
प्रत्येक वर्ष वर्षाले बाटो खराब हुनु स्वभाविक हो तर प्रधानमन्त्रीको गाउँ रुवाखोला हुँदै गाउँपालिका केन्द्रसम्म जोडिएको यो बाटो चार दशकदेखि जस्ताको तस्तै रहेको स्थानीय धर्मानन्द भट्टले गुनासो गरेका छन् ।
उनले गुनासो गर्दै भने देउवा जीलाई हरेक चुनावका बेला बाटो मा रोकेर भन्यौं नेता ज्यू यो बाटो कहिले बनाउने ? साह्रै दुः ख छ, देउवाजीको जवाफ आयो बनाई हाल्ला नि, यस पाली सहयोग गर्नुस, प्रले अरु ठाउँ बन्नु दिनु अनि रोखला जाने बाटो बन्छ ।
स्थानीय भट्टले भने हामी कहिले सम्म कुर्ने किन कुर्ने के हामीलाई सुबिधा चाहिदैन तपाईहरुले देखिसक्नु भयो बाटोको अवस्था कस्तो छ भन्ने कुरा । चुनावका बेला अलिकति चलमल गर्ने डोजर ठड्याने तर सडकको स्तरोन्नती कहिले नहुने भए पछि यहाँका जनताले के गर्ने ?
रुवाखोलाका विभिन्न फाँटहरुमा हुने कृषि उत्पादनको निर्यात अवरुद्ध मात्र भएको छैन स्वास्थ्य सेवा लिन र दैनिक उपभोग्य वस्तुको किनमेल गर्नबाट पनि स्थानीय वञ्चित भएका छन् तर सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीय भागरथी देवी जोशी बताउँछन ।
भात्काँडा निवासी एक युवक प्रेमराज अवस्थीले भने देउवा जीलाई यो सडक मात्र होईन जिल्लाको विकास गर्ने कुरामा कुनै मतलब छैन यनि जति पटक चुनावका बेला डडेल्धुरा आउँछन त्यति बेला मलाई जिताउनुस विकास गर्ने मैले नै हो प्रधानमन्त्री हुने पनि म नै हो तर प्रधानमन्त्री भएर जिल्लाको के पायो लज्जाबोध भई रहन्छ हामीलाई , खास गरि गन्यापधुराबासीलाई ।
बाटोमा बाख्रा चराउँदै गरेका एक स्थानीयलाई सोध्दा उनले भने यै बाटाका लागि भन्ना भन्ना थाकिसक्या
स्थानीइ ईश्वरी प्रसाद भण्डारीले पनि हाम्रा प्रधानमन्त्री ज्यूले सुदूरपश्चिमबासीको हितमा पश्चिम सेति र डडेल्धुराबासीका लागि ग्रामीण सडकको कालो पत्रे लगायत स्तरोन्नती गर्नु दायित्व हो तर पाँच पटक प्रधानमन्त्री भएर हामीलाई के फाईदा भन्दै गुनासो गरेका छन ।
प्रधानमन्त्रीकै काका पर्ने ७४ वर्षिय तेज बहादुर देउवाले शेर बहादुरलाई कुनै पनि माग राख्नु यहाँका जन्ताका लागि मूर्खता हो मैले पटकपटक प्रस्तावित भात्काँडा रेल सडकका बारेमा पहिलो प्रधानमन्त्रीकाल देखि भन्दै आएको छु, हामरो कुल्या देउताको मन्दिर र कुलो बनाई दिनु परयो भनेर भन्दा मलाई गाडी भाडा दिएर पठाउने दुस्साहस उसले गरेको छ हामीलाई अपमान गरेको छ, पाँच बेर हो कि दश बेर हाम्लाई केई छैन भन्दै भावुक बने बृद्ध तेज बहादुर देउवा ।
मटेला गाउँकै एक मलिाले भनिन यदि बाटो पक्की भएको भए याँका जन्ताले डडेल्धुरा (सदरमुकामं) सम्मको साढे तिन सय गाडी भाडा तिर्नु पर्दैनथ्यो, आईमाईलाई कम्ती दुःख छन, केई सागपात बेचु भणेलै बर्खा दिन बोकिबर भात्काँडा लैजानु पडन्छ उन भोट हाल्लै हेलिकप्टरमी आउनान, हामरी त भिटघाट लै हुनिन, कुरा राख्द्या मौका लै मिल्लैन घेरि हाल्लाहान………. ।
भात्काँडादेखि प्रधानमन्त्री देउवाको जन्मथलो मटेलासम्म करिब १२ किलो मिटर कच्ची सडकछ, यो सडकको अवस्था दयनिय भए पछि प्रधानमन्त्री हेलिकप्टरमा मतदान केन्द्र पुग्छन र हेलिकप्टरमै फर्किन्छन तर यहि बाटोमा यात्रा गरि भात्काँडा पुगेका निजी सवारी साधनका एक चालकले भने म पहिलो पटक रोखा गए तर बाटो भने हुम्ला जुम्ला भन्दा खतरनाक रहेछ, प्रधानमन्त्री देउवाजीलाई धन्यवाद भन्दै व्यंग्य समेत गरेका छन ।
२०४१ सालमा शुरु गरिएको भात्काँडा रेल सडक पक्की नबन्दा प्रत्येक वर्षको वर्षाले बगाउने तर मर्मतसंभार नहुँदा सडक साँघुरिदै गएकाले जोखिम बढ्न मात्र गई सामान्य आवतजावत पनि लगभग बन्द भएको छ ।
गाउँपालिकाले पनि बिगतमा वर्षाउतका सडकहरु सफा गर्न लाखौं रकम खर्च गरेको छ, यसपाली पनि बिनियोजित गरेको छ बिगत पाँच वर्ष अघि देखि प्रत्येबक वर्ष डोजर लाग्छ तर सडक भने जस्ताको तस्तै नाम उल्लेख नगर्ने शर्तमा गाउँपालिकाका एक कर्मचारीले बताए, उनले भने यस अघिका गाउँपालिका अध्यक्षले पनि वेवास्ता किन गरे शंकाको विषय छ , यनि त देउवा जीका खास मान्छे पनि हुन ।
आफू जन्मेको ठाउँको स्वयं पनि ध्यान दिनु पर्ने प्रधानमन्त्री देउवाले आफ्नो स्थानीय जनताले पटकपटक ध्यानाकर्षण गराउँदा पनि उदासिनता देखाउँदा स्थानीय तहको निर्वाचन २०७९ मा प्रधानमन्त्रीको वडामै बिपक्षिले पुरै टिम विजयी हासिल गरेको स्थानीय भागरथी जोशी बताउँछन ।
आफ्नो गाउँ नहेर्ने मान्छेले जिल्लाको विकास गर्नै कुरा कोरा सपना बाहेक अरु के मान्ने उदाहरण तपाई सामु छ के तपाईहरुलाई थाहा छैन, पटक पटक फोटो मात्र खिच्ने भन्दै एक स्थानीय सञ्चारकर्मीसँग नै आक्रोसित भए ।
हरेक निर्वाचनका बेला कालोपत्रे सडक बनाउने आश्वासन र ठेक्का हुने क्रममा पछिल्लो समय आठ महिना अघि पनि यो सडकमा ९ करोड ६० लाख रुपैयाँमा टेण्डर भएको छ । तर वर्षा लगायतका विभिन्न बहानाले सडक निर्माणको कार्य अगाडि बढ्न सकेको छैन ।
भात्काँडा बजारको रुवाखोला जाने सडक खण्डको स्तरोननती गर्ने भन्दै गाउँपालिका अध्यक्ष सहित सञ्चारकर्मीको उपस्थितिमा तामझामका साथ २०७८ चैत्र १६ गते भव्य रुपमा उद्घाटन पनि गरियो तर बिभिन्न बाहनामा छ महिना बितिसक्दा पनि कुनै काम अगाडी बढन सकेन स्थानीय भात्काँडा बजारबासीले बताए ।
प्रबेश मार्गमा अहिले त्यहि डोजर स्थानीयलाई झस्काउन र देउवाजीको उदासिन कार्यशैलीलाई जिस्क्याउन महिनौं देखि पार्किङ गरेर खडा गरिएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com