Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

बजार नपाउँदा केरा खेती संकटमा

Posted on January 5, 2023January 5, 2023
Share this post
       

अखण्ड सम्बाददाता
१३ पौष २०७९ डडेल्धुरा
बजार नपाउँदा डडेल्धुरा पर्शुराम नगरपालिकाका किसानको केरा बारीमै कुहिने अवस्थामा पुगेको छ ।
जिल्लाको दुर्गम बस्ती पर्शुराम नगरपालिकाको वडा नं.६ खालीगडा, कराली, भोरकुण्डा गाउँमा स्थानीय कृषकले लगाएको हजारी, मुसे, मलौटे, मालभोग, तपसि, मुँगरी र देशी जातका लटरम्म फल्ने केराहरुको बजारीकरण नहुँदा खेर गईरहेको स्थानीयले जानकारी दिएका छन ।
गाउँभरी केरा लगाईएका छन तर बिक्रि गर्ने बजार छैन, पाक्दै गरेका केरा बिक्रि गर्न दुई घण्टा भारी बोकेर वडा नंं.७ को सदरमुकाम साँदनी र चन्दनी पुग्नु पर्छ भन्दै स्थानीय भुपेन्द्र धामीले गुनासो गरे ।
साँदनी बजार भन्दा उता गाडी चल्दैनन, हरेक किसानले डोकोमा २५ दर्जन जति केरा बोकेर बजार चहार्दै जाँदा समयको बर्बादी त भयो नै कतिपय अवस्थामा त बाँडेर खाने र कुहिएर जाने केरालाई गाईबस्तुलाई खुवाउनु पर्नै बाध्यता रहेको धामी बताउँछन ।
हरेक किसानसँग १५/२० केराका बोटहरु छन, प्रत्येक बोटमा चारपाँच घडि हुन्छन, हरेक घडिमा ५ देखि १० दर्जन जति केरा हुन्छन र पचास रुपैयाँका दरले बिक्रि गरिए पनि वार्षिक हजारौं आम्दानी हुने निर्वाहमुखि केरा खेतीले पनि पायक पर्ने बजार नपाउँदा किसानहरु आयआर्जनबाट पनि बञ्चित भएको स्थानीय कृषक काशीराज खत्रीले बताए ।
महाकाली कृषक समूहका अध्यक्ष समेत रहेका खत्रीका अनुसार यस क्षेत्रलाई केरा विकास तथा प्रबद्र्धन गर्न स्थानीय पर्शुराम नगरपालिकालाई बिगतमा पकेट क्षेत्रको रुपमा कार्यक्रम दिई किसानलाई व्यवसायिक रुपमा केरा खेतकिा लागि प्रोत्साहन गर्नु पर्ने प्रस्तावना दिए पनि नगरपालिकाले उपेक्षा गरेको उनको गुनासो थियो ।
डडेल्धुरा जिल्लाको दक्षिणि अन्तिम सिामानामा रहेका स्थानीय जनता साँदनी कौवानी ब्रह्मदेव कञ्चनपुर सडक निर्माण कार्यले निरन्तरता नपाउँदा वार्षिक दुई लाख जतिको उत्पादन हुने केरा स्थानीय गाउँमा मात्र खपत नहुने साँदनीका स्थानीय किसान हर्क बहादुर मालले बताए ।
परम्परागत रुपमा केरा खेती गरेका कराली क्षेत्रका जनताले केरा खेतीका लागि अहिले सम्म कुनै पनि सरकारी निकायबाट आर्थिक, प्राबिधिक लगायत कुनै सहयोग पनि नपाएको बताएका छन,केरा पाकेपछि कहाँ लैजाने भन्ने पिरलो यहाँका कृषकलाई हुने गरेको स्थानीय खडक सिंह धामीले बताए ।
केरा बिक्रिमा अधिकांश महिलाहरु घरको काम थाँती राखेर गाउँघरमा जाने गर्दछन, एकातिर केराको भाउदरमा बार्गेनिङ अर्कोतिर केरा बिक्रि गर्न दिनभरि समय खर्चिनु पर्ने यहाँका किसानहरुलाई रहेको स्थानीय कृषक महिला भागरथी देवी धामीले बताईन ।
तिन दशक देखि सडक निर्माणको चर्चा रहे पनि यातायातका साधन र पहुँचबाट वर्षौं देखि बञ्चित रहेका यस क्षेत्रका किसानहरुका लागि केरा बिक्रि गर्ने सहज र नजिक बजार भारतको टनकपुर भए पनि महाकालीमा पुल नहुँदा आवागमन जोखिम र सास्तीपूर्ण रहेको भुपेन्द्र धामीले बताए ।
बाटोघाटोको असुबिधाले कृषि उपजको बजारीकरण तथा व्यवस्थापन सुबिधाबाट पनि बञ्चितिकरणमा परेका स्थानीयका पिडालाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यान जानु पर्नेमा स्थानीयको माग पनि रहेको उनिहरुले बताएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com