Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

प्रादेशिक यातायातिय गुरु योजना शुरु गर्दैछौं–निवर्तमान मुख्यमन्त्री रावल

Posted on January 25, 2025January 25, 2025
Share this post
       

अखण्ड सम्बाददाता
१२ माघ २०८१ डडेल्धुरा
सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सुदूर पश्चिम प्रदेशमा प्रादेशिक यातायातिय गुरु योजना शुरु भईरहेको बताएका छन ।
शुक्रवार डडेल्धुरामा अमरगढी अनलाईन टिभिसंगको कुराकानीमा अस्थिर राजनीतिक परिस्थितिका बिच देश र जनताको जनादेशलाई बुझेर केन्द्रमा भएको गठबन्धनका आधारमा सुदूरपश्चिम प्रदेश सरकारले पनि जनतालाई अनुभूति हुने गरि ” प्रादेशिक यातायातिय गुरु योजना ” शुरु भईरहेको बताउनु भएको हो ।
प्रदेश सरकारमा थाँती रहेका बिधेयक र ऐन कानूनहरु पनि यथाशिघ्र पुनरावलोकन गर्ने, नयाँ र आवश्यक बिधेयकलाई निर्माण तथा टुंग्याउने र जारी गर्ने तयारीमा रहेको बताउँदै उहाँले प्रदेश संरचनालाई संबैधानिक र आर्थिक रुपले पनि बलियो बनाउन केन्द्रले नचाहेको आरोप पनि लगाउनु भयो ।
उहाँले सहकारी प्रसंगमा सोधिएको प्रश्नमा सहकारी ठगहरुले साईबर वार शुरु गरेको प्रति रोष प्रकट गर्दै देशमा अहिले लोकप्रियताबादी, पुनरुत्थानबादी र व्यवस्था बिरोधि तत्वहरु दायाँबाँयाँबाट सल्बलाईरहेकोले सरकारले सोचेका सबै कामहरु जनतासम्म सकारात्मक रुपले जान नसकेको स्वीकार गर्दै हामी बिगतलाई सच्याउँदै जिम्मेवार भएर अगाडी बढने प्रयासमा रहेको बताए ।
उहाँले अनलाईन टिभिसंगका प्रस्तोता लोकेन्द्र ओझाले गरेको सिमा सुरक्षा र आम नागरिकले भोग्दै आएको समस्या समाधानमा प्रदेश सरकारको मौनता सम्बन्धि सोधेको प्रश्नमा सरकार छिमेकी राष्ट्रसँग जोडिएका भूभागलाई भूजडित योजना चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरेर सुरक्षाकर्मी परिचालन गरिसकेको पनि बताउनु भयो ।
प्रदेश संसदिय दलका प्रमुख समेत रहेका माननीय रावलले सुदूरपश्चिम प्रदेशमा बेरुजु एकदमै न्यून रहेको र योजना कार्यान्वयनमा सुशासन ल्याउने ढंगले काम भईरहेको बताउँदै प्रदेशको राजधानी गोदावरीमा काम शुरु गर्न तुरुन्तै सघन छलफल गरि सबै राजनीतिक दल बिच सहमति जुटाई सार्बभौमसत्ता सम्पन्न संसदले गरेको निर्णय कार्यान्वयनका लागि अघि बढन चाहेको तर देश आर्थिक रुपले कमजोर भएका अवस्थामा केहि समस्या झेल्नु परेको बताए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com