Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

प्रसिद्ध शिखर जाँत आज

Posted on September 27, 2023September 27, 2023
Share this post
       

टेकराज अवस्थी
१० आश्विन २०८० डडेल्धुरा
डडेल्धुरामा डडेल्धुरा जिल्लाको प्रसिद्ध धार्मिकस्थल शिखर गन्यापधुरामा आज बुधवार राती भव्य मेला लाग्ने भएको छ ।
जिल्लाको पूर्वी भागमा महाभारत पर्वत श्रृंखला अन्र्तगत करिब तिन हजार मिटर उँचाईमा अवस्थित गन्यापधुरा गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ गरि पाँचै वडाको शिर्षमा रहेको प्रसिद्ध धार्मिक तथा साँस्कृतिक पर्यटकिय क्षेत्र शिखरमा रात्रीकालिन पूजा अर्चना गरिने अलौकिक देवस्थलमा हजारौंको भिड लाग्ने गरेको छ ।
प्राचिनकालमा रुमायलका भाटका घरमा सर्प फेला परेको र उक्त सर्प शिखरपर्वत तिर जाँदा स्थानीय भाट अर्थात ब्राह्मण भट्ट पछिपछि लागेर गए पछि हालको शिखर अर्थात तिन ठूलाठूला चट्टानका बिच अदृष्य भए पछि शिवपार्वतीका रुपमा पूजित हुँदै आएको परम्परा अनुसार प्रत्यक वर्ष भाद्र शुक्ल पक्ष चतुर्दशी तिथीमा भव्य मेलाका साथ जाँत मनाईदै आएको किंवदन्ती छ ।
गन्यापधुरा गाउँपालिकाको रुमायल गाउँबाट मूल देउरो जान्छ भने क्रमसः रेलगाउँ, मालिगाउँ, जैसेरा, र डोटी जिल्लाको बान्डुग्रिसैन, थप्साबाट आउने चौलो अर्थात जात्रा शिखर पुगे पछि बिधिवत रुपमा बैदिक र परम्परागत रितीरिवाजमा पूजा गरिन्छ ।
भौगोलिक बिबिधता र कठिनाईका बिच पनि हजारौंको संख्यामा उच्च श्रद्धा, स्वच्छता र भक्तिभावका साथ पैदल पुग्ने श्रद्धालु भक्तजन तथा दर्शनाथीहरुले शिखरको दर्शन गर्ने प्रचलन रहि आएको छ ।
गन्यापधुरा गाउँपालिकाको सदरमुकामबाट करिब तिन घण्टा पैदल यात्रा पछि पुग्न सकिने घना जंगलको बिचमा रहेको शिखरमा हजारौं दर्शनार्थी रहने रात्रीकालिन मेलामा पुरुषहरुले गन्याप देवताको शक्तिमा आधारित चैत खेल्ने र महिलाहरुले फाग गाउने परम्परा पनि रहेको छ ।
शिखरको दर्शन गरे मनोकांक्षा पुरा हुने स्थानीयको विश्वास रहि आएकोले मेला भर्न डडेल्धुरा डोटी लगायत सुदूरपश्चिम प्रदेशका बिभिन्न स्थानबाट आउने गरेकोले स्थानीय पर्वको रुपमा मेलाकै अवसर पारेर स्थानीय तह गन्यापधुरा गाउँपालिकाले स्थानीय विदा समेत दिने गरेको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा
  • उम्मेदवार प्रति आक्रोसित अमरगढीका मतदाता
  • चुनाव केन्द्रीत वीपि काँग्रेसको बैठक, डा. ताराको मल्लसँग रहष्यमय भेट
  • मेडिकल कलेजको डिपिआर कार्यान्वयनमा ढिलाई, बजेट अभावले तिन वर्ष देखि अपेक्षित काम हुन सकेन

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com