Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

प्रमुख अन्नवाली धान खेतीलाई व्यवसायिक बनाऔं भन्दै धान दिवस मनाईयो

Posted on June 30, 2023June 30, 2023
Share this post
       

अखण्ड सम्बाददाता
१५ अषाढ २०८० डडेल्धुरा

२० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव डडेल्धुरामा पनि भव्यताका साथ मनाईएको छ ।
“जलवायु अनुकुलित कृषक मैत्री प्रबिधि, धान उत्पादनमा बृद्धि”  भन्ने मूल नाराका साथ कृषि ज्ञान केन्द्रको समन्वय र आयोजनामा जिल्लाको भागेश्वर गाउँपालिका वडा नंं ४ धिक्तडीखेतमा धान दिवस तथा रोपाई महोत्सव बनाईएको हो ।
कृषि सरोकारवाला निकायहरु, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने तथा सुरक्षा निकायका प्रतिनिधिहरु, वडाअध्यक्ष, कृषि सम्बद्ध संस्थाहरु लगायत सञ्चारकर्मी तथा स्थानीय कृषकहरुको उल्लेख्य उपस्थितिमा मनाईएको २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको सुदूरपश्चिम प्रदेश सभा सदश्य माननीय सरस्वती खडकाले ब्यानर बाचन सहित धान रोपेर उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा धिक्तडी जस्ता धान उत्पादनशिल खेतहरु जिल्लाका बिभिनन स्थानमा रहे पनि अपेक्षित रुपमा अन्नवालीको उत्पादन बृद्धि गर्न नसकिएको प्रति चिन्ता व्यक्त गरिएको छ भने राज्यले किसानहरुका समयमै मलखाद उपलब्ध गराउने, सिंचाई नभएका खेतमा दिगो र प्रबिधियुक्त सिंचाई व्यवस्था गर्ने हो भने धान आयातमा स्थानीयको आवश्यकता परिपूर्ति भए पनि वर्षेनी करोडौं रकम मुलुक बाहिर नजाने भएकाले यस्ता मागहरु सम्बोधन गर्न तिन वटै सरकारको ध्यान जानु पर्ने बताएका छन ।
जिल्लाको भूगोल कृषिकर्मका लागि उपयुक्त रहेको तर खेतबारीमा उत्पादन सुरक्षित र बजारीकरणको समुचित व्यवस्था नभएकाले गरणस्तरिय धान चामल बजारमा आउन नसकेको बताउँदै कृषकहरुले गाउँघरमा गरि खाने बाताबरण नहुँदा जनसंख्या पलायन भईरहेको प्रति गम्भीर रुपले सोच्न जनप्रतिनिधि मार्फत राज्यका निकायहरुलाई सुझाव पनि दिएका छन ।
उत्पादन सुरक्षित नभए पछि स्थानीयहरु तराई बसाईसराई र बसोबास गर्ने होडबाजी चलेका कारण जिल्लाको अधिकांश जग्गा बाँझो हुँदै गएकोले पहाडका खेतबारीहरु हराभरा र आयआर्जनको मुख्य माध्यम बनाउने तर्फ योजनाबद्ध तरिकाले काम नगरेसम्म रोपाई दिवसका नाराहरु प्रभाबकारी नहुने वक्ताहरुले बताए ।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव डडेल्धुराको कार्यक्रममा धान गहुँ तरकारी वाली लगायत स्थानीय उत्पादनलाई अनुदानमुखि भन्दा पनि यतार्थपरक आर्थिक सहयोगको रुपले प्रबद्र्धन गरि उत्पादित कृषि उपजको उचित बजार विकास र प्रचारप्रसारमा सबैले ध्यान दिनु पर्ने बताएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • चुनाव प्रति उत्साह छैन डडेल्धुरामा
  • डडेल्धुरामा खुल्यो जापनिज भाषा ईन्सिच्यूट
  • गीति कविता
  • उम्मेदवारी पेचिलो र डडेल्धुराको चासो रास्वपातिर
  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com