Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

प्रधानमन्त्री पत्नी राणाले गरिन देउवाको मनोनयान दर्ता, एमाले र एसमा बागी

Posted on October 9, 2022October 9, 2022
Share this post
       

अखण्ड सम्बाददाता
असोज २३, २०७९ डडेल्धुरा
प्रधानमन्त्री एवं नेपालीकाँग्रेस सभापती शेरबहादुर देउवाको वारिसना मामार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ ।
प्रधानमन्त्री पत्नी एवं काँग्रेस केन्द्रिय सदस्य डा. आरजु राणा देउवाले आईतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयनदर्ता गर्नुभएको हो ।
नेपाली काँग्रेस (वीपी) बाट निवर्तमान नेपाली काँग्रेसका जिल्ला सभापति तथा निवर्तमान प्रदेश साँसद कर्ण बहादुर मल्लले पनि संघिय संसदका लागि मनोनयन दर्ता गरेका छन ।
नेकपा एमालेबाट बागी उम्मेदवारको रुपमा बिक्रम बहादुर शाही छन भने संस्थापन पक्षबाट निवर्तमान राष्ट्रिय सभा सदश्य चक्र स्नेही ले मनोनयन दर्ता गरेको छ ।
स्वतन्त्र उम्मेदवार सागर ढकाल, कर्ण सिंह रावल “मम्याल” ,दान बहादुर पाल, लाल बहादुर कठायत, राप्रपाका गोबिन्द खडायत, राप्रपा नेपालबाट काली प्रसाद जोशी, जनता समाजबादी पार्टीबाट श्याम सिनालले पनि प्रतिनिधि सभा सदश्यमा मनोनयन दर्ता गरेका हुन ।
यसै गरि प्रदेश सभा सदश्य निर्वाचन क्षेत्र क मा सागर ढकालका सम्बद्ध महेश सिंह धामी, धन बहादुर बोहरा(स्वतन्त्र), पदमराज जोशी (राप्रपा), सत्तागठबन्धनका तर्फबाट खगराज भट्ट (नेकपा माओबादी केनद्र), गणेश प्रसाद जोशी (नेपाली काँग्रेस(वीपी), र पठान सिंह बोहरा (नेकपा एमाले) तथा ख मा खेमराज पनेरु (राप्रपा), तेज बहादुर कठायत (स्वतन्त्र), गोबिन्द राज बोहरा (नेपाली काँग्रेस), डा. तारा प्रसाद जोशी (स्वतन्त्र), नवराज धिक्त (स्वतन्त्र),गजेन्द्र शाही (नेकपा एमाले), नरभान पार्की (जनता समाजबादी पार्टी) र जयराज अवस्थीले राप्रपा नेपालबाट उम्मेदवारी दर्ता गरेका छन ।
डडेल्धुरामा प्रतिनिधि सभा सदस्य पदका लागि ११ जना र प्रदेश सभा क मा ६ जना र ख मा ८ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुराले जनाएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com