Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

प्रधानमन्त्रीले संबिधान माथी धावा बोले– सभासद मल्ल

Posted on May 10, 2022May 10, 2022
Share this post
       

अखण्ड सम्बाददाता बैशाख २७, २०७९ डडेल्धुरा
नेपाली काँग्रेसका नेता कर्ण बहादुर मल्लले मुलुकका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको संबिधानको मर्म विपरित अभिव्यक्ति दिएको प्रति रोष प्रकट गरेका छन ।
मंगलवार अमरगढी नगरपालिकाका उम्मेदवारलाई मत माग्दै नेपाली काँग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाले नेपालको संबिधान २०७२को धारा २८८ को उपधारा २ कुल्चिएर प्रदेशको राजधानी तोक्ने प्रधानमन्त्रकिो अधिकार नभएको भन्दै अधिकार सम्पन्न प्रदेशको अधिकारलाई हस्तक्षेप गरेको बताएका छन ।
२८८ को उपधारा एकमा राजधानीका विषयमा नेपालको राजधानी काठमाण्डौंमा रहनेछ भन्ने छभने दुईमा संबिधान बमोजिम प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदश्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ भन्ने उल्लेखित प्राबधानमा संघिय लोकतान्त्रिक संबिधान बिरुद्ध दिएको अभिव्यक्तिलाई नेपाली जनताको अपमान भएको बताएका छन ।

नेपाल सरकारका जिम्मेवार पदमा आसिन व्यक्तित्वबाट यस्ता गैर जिम्मेवार अभिव्यक्ति आउनु लोकतन्त्र बिरोधि मानसिकता रहेको बताउँदै जनताबाट संबिधान मिचेर अभिमत माग्ने नैतिक अधिकार नभएको समेत बताए ।
मौन अबधिको पूर्वसन्ध्यामा अमरगढी नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुख सहित उम्मेदवारहरुसँगै संयुक्त प्रचारप्रसार समर्थकहरुको बिशाल सहभागितामा सम्पन्न मोटर र मोटरसाईकल ¥याली पछि जिल्ला सदरमुकामको तुफानडाँडामा भएको कोण सभामा चुनावी समिकरण्का नेताहरुले मुलुकका प्रधानमन्त्री डडेलधुराका जनताले आवश्यकता बोध गरेको तालमेलबाट आत्तिएको अभिव्यक्ति आएकोले जिल्लाबासी जनतालाई कुनै पनि भ्रममा नपर्न आगह गरेका छन ।
वक्ता नेताहरुले डडेल्धुराको विकास ३२ वर्ष सम्म नगर्ने अहिले सबैथोक गरि दिने भन्दै जनतालाई दिग्भ्रमित गर्ने षडयन्त्र प्रधानमन्त्रीले रचेको आरोप लगाएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा
  • उम्मेदवार प्रति आक्रोसित अमरगढीका मतदाता
  • चुनाव केन्द्रीत वीपि काँग्रेसको बैठक, डा. ताराको मल्लसँग रहष्यमय भेट
  • मेडिकल कलेजको डिपिआर कार्यान्वयनमा ढिलाई, बजेट अभावले तिन वर्ष देखि अपेक्षित काम हुन सकेन

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com