अखण्ड सम्बाददाता बैशाख २७, २०७९ डडेल्धुरा
नेपाली काँग्रेसका नेता कर्ण बहादुर मल्लले मुलुकका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको संबिधानको मर्म विपरित अभिव्यक्ति दिएको प्रति रोष प्रकट गरेका छन ।
मंगलवार अमरगढी नगरपालिकाका उम्मेदवारलाई मत माग्दै नेपाली काँग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाले नेपालको संबिधान २०७२को धारा २८८ को उपधारा २ कुल्चिएर प्रदेशको राजधानी तोक्ने प्रधानमन्त्रकिो अधिकार नभएको भन्दै अधिकार सम्पन्न प्रदेशको अधिकारलाई हस्तक्षेप गरेको बताएका छन ।
२८८ को उपधारा एकमा राजधानीका विषयमा नेपालको राजधानी काठमाण्डौंमा रहनेछ भन्ने छभने दुईमा संबिधान बमोजिम प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदश्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ भन्ने उल्लेखित प्राबधानमा संघिय लोकतान्त्रिक संबिधान बिरुद्ध दिएको अभिव्यक्तिलाई नेपाली जनताको अपमान भएको बताएका छन ।
नेपाल सरकारका जिम्मेवार पदमा आसिन व्यक्तित्वबाट यस्ता गैर जिम्मेवार अभिव्यक्ति आउनु लोकतन्त्र बिरोधि मानसिकता रहेको बताउँदै जनताबाट संबिधान मिचेर अभिमत माग्ने नैतिक अधिकार नभएको समेत बताए ।
मौन अबधिको पूर्वसन्ध्यामा अमरगढी नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुख सहित उम्मेदवारहरुसँगै संयुक्त प्रचारप्रसार समर्थकहरुको बिशाल सहभागितामा सम्पन्न मोटर र मोटरसाईकल ¥याली पछि जिल्ला सदरमुकामको तुफानडाँडामा भएको कोण सभामा चुनावी समिकरण्का नेताहरुले मुलुकका प्रधानमन्त्री डडेलधुराका जनताले आवश्यकता बोध गरेको तालमेलबाट आत्तिएको अभिव्यक्ति आएकोले जिल्लाबासी जनतालाई कुनै पनि भ्रममा नपर्न आगह गरेका छन ।
वक्ता नेताहरुले डडेल्धुराको विकास ३२ वर्ष सम्म नगर्ने अहिले सबैथोक गरि दिने भन्दै जनतालाई दिग्भ्रमित गर्ने षडयन्त्र प्रधानमन्त्रीले रचेको आरोप लगाएका छन ।