Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

प्रधानमन्त्रीको उम्मेदवारी माथी उजुरी

Posted on October 10, 2022October 10, 2022
Share this post
       

अखण्ड सम्बाददाता
२४ आश्विन २०७९ डडेल्धुरा
डडेल्धुरा प्रतिनिधि सभा सदश्य निर्वाचन क्षेत्रको उम्मेदारी दिएका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले जन्म मिति फरक भएको कागजात पेश गरेको भन्दै बिरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरी दर्ता भएको छ ।
मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदश्य निर्वाचनका लागि असोज २३ गते दर्ता गरिएको मनोनयनमा प्रधानमन्त्री देउवाको जन्म मिति निजको नागरिकतामा भिन्न र फोटो सहितको मतदाता परिचयपत्रमा भिन्न भएको भन्दै मुलुकको कार्यकारी पदमा रहेका जिम्मेवार व्यक्तिबाट झुक्याएर त्रुटिपूर्ण कागजात पेश गरेको भन्दै नेपाली काँग्रेस (वीपी) का केन्द्रीय उपसभापति तथा प्रतिनिधि सभा सदश्य डडेल्धुराका लागि उम्मेदवार कर्ण बहादुर मल्लले उम्मेदवारी खारेजीका लागि दाबी बिरोधको निवेदन दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रधानमन्त्री देउवाको नागरिकतामा २००३ साल जेठ ३१ गते उल्लेख भएकोमा मतदाता परिचय पत्रमा २००२ साल जेठ ३१ गते जन्म मिति उल्लेख भएको र मतदाता परिचय पत्रमा मतदाताको क्रमसंख्या पनि अनियमित भएकोले निर्वाचन उम्मेदवारी प्रयोजनमा कानून विपरितको कागजात पेश गरेकोमा आवश्यक प्रमाण सहित उजुरी दिएको निवेदक मल्लले जानकारी दिएका छन ।
यस विषयमा नेपाली काँग्रेस (वीपी) का नेता हरिप्रसाद भट्टले यसरी कुनै पनि नेपाली नागरिकले फरक फरक जन्म मिति प्रयोग गर्ने कुरा बिद्यमान नेपालको संबिधान र कानून विपरित हुने कुरामा उच्च ओहोदामा बसेर राष्ट्रको कानून परिपालनाका साथ कार्यान्वयन गर्ने निकायका प्रमुख नै वर्षौं देखि अनभिज्ञ कानूनको उपहास भएको बताए ।
के प्रधानमन्त्रीको जन्म मिति सच्याउने कुनै प्राबधान संबिधानमा छ ? भन्ने प्रश्न गर्दै कानून व्यवसायी समेत रहेका भट्टले आफ्नो राष्ट्रिय पहिचान स्पष्ट राख्न नसक्नेले आम जनताको भावना सम्बोधन कसरी गर्छन भन्दै आम जनताको तर्फबाट प्रश्न गरेका छन । राज्यका आधिकारिक निकायबाट प्रदान गरिने प्रमाणहरुमा गलत व्यहोरा प्रयोग गर्ने उम्मेदवारलाई आयोगले निस्पक्ष छानविन गरि कारवाहीको भागेदार बनाउनु पर्ने उनको माग थियो ।
विवादित जन्म मिति र उम्मेदवारीका सम्बन्धमा कुनै व्यक्ति विशेषको मात्र नभई डडेल्धुराका अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार एवं मतदाताको पनि सरोकार र चासोको विषय बन्नु पर्ने र नागरिकता जस्तो संबेदनशिल विषयमा खेलवाड गर्न नहुने आम सर्बसाधारणको भनाई छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com