Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

प्रदेश राजधानी डडेल्धुरामा ल्याई छाडने–प्रम देउवा

Posted on May 10, 2022May 10, 2022
Share this post
       

अखण्ड सम्बाददाता
२७ बैशाख २०७९ डडेल्धुरा
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी डडेल्धुरा सार्ने उद्घोष गर्नु भएको छ ।
आज डडेल्धुरामा आयोजित चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले बुद्ध पूर्णिमाका दिन लुम्बिनी आउने भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिम सेतीको सम्झौता र पञ्चेश्वरको प्रकृया अगाडी बढाउने भन्दै डडेल्धुरामा प्रदेशको राजधानी डडेल्धुरा ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको हो ।
उहाँले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनुस, डडेल्धुरामा पूर्बाधार बनाउनुस सुदूरपश्चिमको प्रदेश राजधानी पहाडको केन्द्र डडेल्धुरामा ल्याउने जिम्मेवारी मेरो भयो भन्दै यहाँको सडक स्तरोन्नती लगायतका विकासमा सघाउने बताउनु भयो ।
मौन अबधिको अघिल्लो दिन सम्पन्न भएको चुनावी आमसभा कार्यक्रममा पूर्व मन्त्री बिर बहादुर बलायरले नेपाली काँग्रेसको घाँटी सुकिसकेको बेला केहि साथीहरुले छोडदैमा केहि फरक नपर्ने र ८८ वटै स्थानीय तहमा काँग्रेस जित्ने दाबी गरेका छन भने नेपाली काँग्रेसका केन्द्रीय सदश्य तथा पूर्व नेबिसंघका केनद्रीय अध्यक्ष नैन सिंह महरले दुई महिना भित्रै पश्चिम सेतीको प्रकृया अगाढी बढने बताएका छन ।
प्रम देउवाले आफूले बोलेका बाचाहरु पुरा हुँदै गएको र जनताका मागलाई अब आउने बजेट आफूले ल्याउन थालेकोमा नआत्तिन जनमानसलाई विश्वस्त गर्ने प्रयास समेत गरेका थिए । उहाँले आफ्नो नेतृत्वमा सरकार गठन भएको नौ महिना मात्र भयो काम गर्न समय लाग्छ भन्दै डडेल्धुरामा बिमानस्थल, बसपार्क, राजमार्ग सुधार, ग्रामिण सडकहरु कालोपत्रे गर्ने देखि डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउन आफू लागि पर्ने बताएका छन ।
२०७४ निर्वाचन पछि पहिलो पटक औपचारिक कार्यक्रममा आएका प्रधानमन्त्री देउवाले देशको राजनीति, सत्ता गठबन्धन र चुनावी गठबन्धनका बारेमा नबोले पनि क्रियासिल विवाद समाधान नभए पछि र स्थानीय तहको निर्वाचनमा एक पक्षिय उम्मेदवारी दिएकोमा रुष्ट छैटौं जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदश्य कर्ण बहादुर मल्ल पक्षका पार्टी छोडेर जाने साथीहरुलाई फर्किन प्रधानमन्त्री देउवाले आग्रह पनि गर्नु भयो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com