Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

पूर्व मन्त्रीको गाउँमा पानीको अभाव

Posted on November 14, 2022November 14, 2022
Share this post
       

अखण्ड सम्बाददाता
२८ कार्तिक २०७९ डडेल्धुरा
डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाको जिजोडा गाउँमा खानेपानीको हाहाकार भएको छ ।
पञ्चायतकालका चर्चित मन्त्री नारायण दत्त भट्टको जन्मथलो अजयमेरु गाउँपालिका वडा नं. २ जिजोडामा वर्षाौं देखि खानेपानी चरम अभाव भए पछि स्थानीय महिलाहरुले नाउलाको पानी पिउन र गाईबस्तुका लागि लगायत घरायसी प्रयोगमा ल्याउन बाध्य भएका हुन ।
अजयमेरु राजाका राज्यकालमा काजी (मन्त्री) उपाधि रहेका भट्ट थर जिजोडाका अधिकांश बासिन्दा तराई बसोबास गर्दै गएपछि गाउँमा बस्नेको संख्या पनि कम हुँदाहुँदै ११ परिवारमा सिमित मात्र भएन गाउँमा आधारभुत सेवासुबिधाबाट पनि बञ्चित भएको स्थानीय बसन्ती देवी भट्टले बताए ।
लोकेन्द्र बहादुर चन्दको दुई कार्यकाल र सुर्य बहादुर थापा प्रधानमन्त्री भएको बेला शिक्षा स्वास्थ्य, वन, उद्योग बाणिज्य गरि सात मन्त्रालय सम्हालेका मन्त्री भट्टको गाउँमा तत्कालिन समयमा खानेपानी योजना पनि रहेको र पोखरी लगायतका विकास निर्माण भए पनि अहिले जिजोडामा कुनै पनि तहको सरकारले स्थानीयको आवश्यकतालाई दृष्टिगत नगरेको स्थानीयले बताए ।
हाल गाउँमा आउने पानीको धारामा आठ दिनमा अलिकति आउँछ, पानीको मुहान पनि १६ किलो मिटर टाढा छ कहिले बाटोमा टुटने गर्दछ भने कहिले फोहर जमेर पानी नै आउँदैन, टाढा र लामो दुरीको पानी लाईन छ, गाउँमा युवाहरु खासै छैनन, मर्मत संभार गर्ने कोहि छैन भने स्थानीय सरकारले पनि मर्मत नगरिदिंदा सबै भन्दा बढि प्रभावित महिला तथा वालवालिका र बृद्धबृद्धाहरु भएको स्थानीय महिला स्वयं सेविका पार्वती देवी भट्टले बताईन ।
जिजोडा गाउँमा ११ गैर दलित र ४१ दलित परिवार छन सबैको लागि खानेपानी मुख्य समस्या रहेको छ, यहि नजिकै हाट वस्तीमा पनि पहिले खानेपानीको दुःख थियो, खोला नजिक भएर काम चलेको थियो भने पछिल्लो समय पिउने पानीको व्यवस्था पनि भएको छ तर हाम्रो गाउँ भेगिय विकास अबधारणाको मारमा परेका कारण् हामीहरुले समस्या भागिरहेका छौं भन्दै राज्यले बिभेद गरेको हलिया मुक्ति आन्दोलनका अभियन्ता स्थानीय शेर बहादुर सार्कीको भनाई छ ।
उनले भने खानेपानीको अभावले मानविय स्वास्थ्य शिक्षा र सरसफाईमा त प्रभाव पारेको छ नै दैनिकी पनि कष्टकर भएको छ, तरकारी खेती, सिंचाई भन्ने कुरा सपनामा मात्र हो । शुद्ध पिउने पानी नभए पनि वर्षातमा त काम चल्छ तर हिउँद देखि गर्मीयामसम्म यहाँ पानीको काकाकुल नै हुन्छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com