Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

पूर्व पार्टी सभापति वीपीमा आबद्ध , पार्टी प्रबेशको लहर बढदै– उपसभापति मल्ल

Posted on August 10, 2022August 10, 2022
Share this post
       

अखण्ड सम्बाददाता
२५ श्रावण २०७९ डडेलधुरा
नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (बिपी)मा आबद्ध भएका छन ।
२०२९ साल देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय चन्द २०५९मा नेपाली काँग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति सम्म सक्रिय राजनीति गरेका बरिष्ठ राजनीतिज्ञले पार्टी भित्र सिद्धान्तको बिचलन तथा नेतृत्वको कार्यशैली प्रति असन्तुष्ट भई निस्क्रिय रहे पनि डडेल्धुराका सच्चा काँग्रेसजनले देखाएको अदम्य साहस र पार्टी बिधान बिपरित चलेको बिद्रोह प्रति प्रभावित भई नेपाली कांग्रेस (बिपी)को सदश्यता लिएको उनको भनाई छ ।
वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई भेटने क्रममा डडेल्धुरा आईपुगेका चन्दले आफ्नो बिचार र बर्तमान राजनीतिक परिबेशलाई लिखित रुपमा वाचन गरि प्रजातन्त्र र समाजवादका प्रबर्तक जननायक नेता स्व. विश्वेश्वर प्रसाद कोईरालाको पथलाई आत्मसाथ गर्दै उहाँकै नाम जोडिएको पार्टीमा आबद्ध हुन पाउँदा आफूलाई खुशी लागेको र जीवनको उत्तरार्धमा आफ्ना अनुभवलाई जनताको हितमा समर्पण गर्नै उद्देश्यले आबद्ध भएको उनको भनाई थियो ।
हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्दलाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै नेपाली काँग्रेस (वीपी) का केन्द्रीय उपसभापति कर्ण बहादुर मल्लले मान बहादुर चन्द जस्ता त्यागी ईमान्दार कर्मठ अनुभवी राजनीतिज्ञ पाउनु आफूहरुका लागि गौरबको विषय मात्र नभई अभिभावकत्व पनि प्राप्त भएको बताउँदै देशैभरबाट पार्टीमा आबद्ध हुने कुराले हामी उत्साहित भएका छौं बरिष्ठ उपसभापति मल्लले बताए ।
२०२९ सालमा नेविसंघबाट राजीनीतिक यात्रा सुरु गरि २०३६ सालमा कांग्रेसमा सक्रिय भई बहुदलको प्रचारप्रसारमा लाग्दै गर्दा उनी २०४६ सालको जनआन्दोलमा जेलसमेत परे र प्रजातन्त्रको पुर्नबहालीसँगै २०४७ सालमा दार्चुलामा नेपाली कांँग्रेसको संगठन विस्तार गरी जिल्ला सभापति, २०४८ सालको प्रतिनिधिसभाको चुनावमा थोरै मतले पराजित लोकप्रिय नेता चन्द २०४९ सालमा पहिलो जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा कांग्रेस प्रजातान्त्रिक दार्चुला सभापति भएर काम गरेको अनुभव सुनाए ।
नेपाली काँंग्रेस बिधि बिधान बिपरित र नेतृत्व स्वच्छेचारितामा चलेको, नेतृत्वमा विचलन, नेता कार्यकर्ताहरुमा आएको अनैतिक एवं चरम अवसरवाद तथा मनपरितन्त्रलाई स्वीकार गर्न नसकि राजनीतिबाट खिन्न र निस्क्रिय रहेका चन्दले वीपीको अनुयायी पार्टीमा लागेर आफूलाई थप उर्जा प्रदान भएको बताए साथै उनले राष्ट्रियता प्रजातन्त्र र समाजवाद प्रति प्रतिबद्ध रहन प्रजातन्त्रबादी नेपाली नागरिकलाई आग्ह पनि गरेका छन ।
नेता चन्दलाई नेपाली काँग्रेस (वीपी) को सुदूरपश्चिम प्रदेश समितिको बरिष्ठ उपसभापतिको पदमा जिम्मेवारी पनि दिईनुका साथै कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानको केन्द्रीय कार्यालय किशुनजी भवनमा २०४९को स्थानीय निकाय निर्वाचनमा निर्बिरोध गाविस अध्यक्ष भएका नवदुर्गा गाउँपालिका वडा नं. १ कोटेली ऐरोडाका राजनीतिकर्मी एवं समाजसेवी मदन बहादुर ऐर र बाजुरा जिल्ला बडी मालिका नगर सभापति हरिचन्द्र उपाध्यायलाई पनि नेपाली काँग्रेस (वीपी) को सदश्यता प्रदान गरिएको केन्द्रीय सदश्य करुणाकर भट्टले जानकारी दिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com