Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

पुरातात्विक स्थलहरु ओझेलमा पाण्डवले हिंडेका बाटो बाँझो बन्दै

Posted on March 28, 2022March 28, 2022
Share this post
       

डडेल्धुरा जिल्लामा रहेका पुरातात्विक देवलहरु संरक्षणको अभाबमा लोप हुने अवस्थामा पुगेका छन ।
चौधौं शताबदीमा पश्चिमका नायबी मल्ल कालिन राजाहरुले निर्माण गराएका कलाकौशलयुक्त देवलहरुको उचित संरक्षण नहुँदा देवलका संरचनाहरु बिस्तारै जिर्ण भएर हराउदै गए पछि पुरातात्विक र ईतिहास बोकेका सम्पदाहरु लोप हुने अवस्थामा पुगेका हुन ।
बिक्रम सम्बत १४ सय देखि १८औं शताब्दीको शासनकालका सुदूरपश्चिमको एक छत्र राज गर्दै आएका मल्ल राजाहरुले ग्रामीण बस्तीहरुमा घुम्ने क्रममा उपयुक्त लागेको स्थानमा देवलहरु निर्माण गरि मौसमी रुपमा आवास बनाउने गरेका स्थानहरु ओझेलमा परेको स्थानीय तारक सिंह खडकाको भनाई छ ।
डडेल्धुरा जिल्लाको प्रसिद्ध भगवती डागेश्वरी देवीको मन्दिर क्षेत्रमा रहेका यस्ता देवलहरुको संरक्षण गर्न सके आन्त्रिक तथा बाह्य पर्यटक पनि आउने र यसले यस क्षेत्रको समग्र जीवनशैलीमा परिबर्तन आउने अजयमेरु गाउँपालिका वडा नं.५ देवल दिव्यपुरका खगी सिंह खडका बताउछन ।
कलाकृतिले भरिपूर्ण र पुरातात्विक महत्व दर्शाउने डडेल्धुरा जिल्लाका ऐतिहासिक सम्पदा र संरचनाहरुको संरक्षण सम्बद्र्धन तथा पर्यटकिय प्रबद्र्धनका लागि राज्यको पर्याप्त ध्यान जान नसकिरहेको स्थानीय दिपकराज पन्तको गुनासो रहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बन्न सक्ने जिल्लाको अजयमेरु कोट र आसपासका क्षेत्रहरु , देवल दिव्यपुर , चिपुर , साविक कोटेली र मणिलेक गाविस लगायत बिभिन्न स्थानमा रहेका पुरातात्विक देवलहरु , बैठक कक्षहरु , पानीका नाउलाहरु स्थानीय पहिचान भए पनि संरक्षण र पर्यटन प्रबद्र्धनका लागि न त स्थानीय बासन्दिाले चासो दिएका छन न राज्यका निकायहरुबाट , यस्ता संरचनाहरु बिस्तारै जिर्ण र लोप हुने अवस्थामा पुगेको अजयमेरु गाउँपालिकाका बुद्धिजीवि पदम सिंह ऐरको भनाई रहेको छ ।
यस्तै कुनै बेला डडेल्धुरा बैतडीका स्थानीयहरुको छोटो बाटोको रुपमा रहेको चिरकिट्टे महाभारत कलेना जोगबुढा लिपना हुँदै तराई जाने बाटोमा रहेका दर्जनौ भव्य धर्मशालाहरु सुनसान बनेका छन । महाभारतको मध्य भागमा रहेको तत्कालिन अजयमेरु राजाकी रानी नागी मल्लकी आमा रानी मौलाले घोडा सबारी सहितको भित्र पस्ने बिशाल धर्मशाला संरक्षणको पखाईमा रहेको छ । पाण्डवहरुले महाभारतको शैर गर्दा द्रोपदीलाई प्यास लाग्दा अर्जुनले बाण हानी पानी फूटाएको रमशिलाको पानी र त्यहि बाटोमा पर्ने पाण्डव भिमले बिशाल ढुँगामा सिंगान पुच्छदा लोगेको औंठा छाप लगायत धार्मिक साँस्कृतिक र पौराणिक दृष्टिकोणबाट महत्वपूर्ण रहेका अनेकौं ऐतिहासिक सम्पदाहरुको संरक्षण तर्फ कसैको ध्यान गएको छैन ।
सबै ठाउँमा यातायातका साधनको पहुँचका कारण केहि अन्य सुबिधाहरु भए पनि मौलिक पहिचान र ईतिहास अहिलेको पुस्ता बिर्सदै गईरहेको छ । बौद्धगुरु , राजनेताहरुमा विश्वेश्वर प्रसाद कोईराला , शेर बहादुर देउवा र जनयुद्धकालमा बाबुराम भट्टराई लगायतका नेताहरुले पैदल यात्रा गर्दा मुकामको रुपमा प्रयोग गरिएका धर्मशालाहरु पनि संरक्षणको अभाबमा जिर्ण र नष्ट हुने अवस्थामा पुगेको अमरगढी ३ चिरकिट्टेका स्थानीइ बेद प्रकाश पनेरुले बताए ।
उनको भनाई थियो यहि बाटोमा धर्मार्थमार्गी पाण्डवहरु हिमवत मानसखण्डको यात्रामा मानसरोवर गन्तव्यमा हिंडेका थिए रे , अहिले यो बाटो बाँझो भईसक्यो , यो बाटो भएर यस क्षेत्रका बासन्दिा आफ्नो काम बिशेषले मात्र आउने जाने गर्दछन तर बाहिरका कोहि पनि आउदैनन ।
जिल्लाका यस्ता पुरातात्विक , ऐतिहासिक र जीवनशैलीसँग जोडिएका कालखण्ड ईतिहास बोक्ने सम्पदाहरुको सूचिकृत गरि संरक्षण सम्बद्र्धन तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले योजनाबद्ध रुपमा अघि बढन सके परिबर्तित संघिय राज्यको समृद्धिका लागि बलियो आधार बन्न सक्ने कुरामा स्थानीयहरुको जोड रहेको छ ।

 

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com