Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

पावर पोलेटिक्सको प्रभावमा नपर्न ध्यानाकर्षण

Posted on October 7, 2022October 7, 2022
Share this post
       

अखण्ड सम्बाददाता
२१ आश्विन २०७९ डडेल्धुरा
यहि मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदश्य तथा प्रदेश सभा सदश्य निर्वाचनमा निर्वाचन सम्पन्न गर्ने निकायहरु पावर पोलेटिक्सको प्रभावमा नपर्न सरोकारवाला राजनीतिक दलहरुले ध्यानाकर्षण गराएका छन ।
विहिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भए लगत्तै शुक्रवार आयोजना गरिएको आम निर्वाचनका सम्बन्धमा सर्बदलिय तथा सर्बपक्षिय बैठकमा मनोनयन दर्ता, निर्वाचन व्यवस्था तथा सुरक्षा र निर्वाचन आचार संहिता लगायतका विषयमा बृहत छलफल गरि निष्पक्ष र प्रभाबकारी बनाउने सबैको जोड रहेको थियो ।
डडेल्धुरा जिल्ला अदालतका न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत माननीय वालकृष्ण वाग्लेको अध्यक्षता बसेको सरोकारवाला बैठकमा जिल्ला स्थित क्रियासिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी सहितको उपस्थितिमा जिल्लाको निर्वाचन मतदान स्थल, मतदान केन्द्र, भौतिक तथा आवश्यक पूर्बाधार संरचना अवस्था, सुरक्षा संयन्त्र व्यवस्था, आचार संहिताको पालना, बिगतको अभ्यास र कमीकमजोरी लगायतका विषयमा छलफल गरिएको छ भने भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा जनशक्ति छनौट र परिचालनमा भएका अनियमितता, नियतबश गम्भीर त्रुटीहरुको समिक्षा गर्दै पारदर्शी र जिम्मेवार भएर निर्वाचन गर्नु आयोगको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयको दायित्व रहेको बताएका छन ।
कार्यक्रममा निर्वाचनमा परिचालन हुने स्थानीय पालिकाका कर्मचारी लगायतको जनशक्ति फरक पालिकाका मतदान केन्द्रमा काम गर्न नियुक्त गर्नु पर्ने धारणा राख्दै दलहरु आचार संहिताको परिपालनाका लागि प्रतिबद्ध रहेको जनाएका छन ।
उपस्थित दलहरुको प्रतिनिधित्व गर्दै नेकपा एमाले डडेल्धुराका सचिव गजेन्द्र शाहीले डडेल्धुरामा बिगत देखि नै पावर पोलेटिक्स गर्ने ट्रेन्ड रहेको जिकिर गर्दै यसको दुस्प्रभावमा कर्मचारी नपर्न आग्रह गर्दै आचारसंहिताको उल्लंघन भए नभएको निष्पक्ष तरिकाले अनुगमन, नियमन, छानविन र कारवाही गर्न सुझाव दिएका छन ।
बैठकमा निर्वाचनको प्रकृया प्रारम्भ भईसकेको र निर्वाचनका सबै चरणमा हुने काम कर्तव्यहरुलाई व्यवस्थित, सहज, संयमित, शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन सबैको भुमिका सकारात्मक र सहयोगी रहनु पर्ने अपेक्षा राखिएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com