Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

पार्टी भित्र बस्ने नैतिकता रहेन–नेता भट्ट

Posted on April 27, 2022April 27, 2022
Share this post
       

३३ वर्ष देखि सक्रिय राजनीति र समाजसेवामा समर्पित काँग्रेसका नेताले नेपाली काँग्रेस परित्याग गरेका छन ।
जिल्लाको भागेश्वर गाउँपालिका वडा नं. १ निवासी भट्ट २०४५ मा नेविसंघमा प्रबेश सँगै २०४६ को जनआन्दोलनमा खटिदै र राजनीतिमा होमिदै नेपाली काँग्रेस डडेल्धुरालाई साथ सहयोग दिदै २०४८ देखि २०७४ सम्मका हरेक निर्वाचनमा ईमान्दारितापूर्वक सक्रिय रहेर बर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवालाई अत्यधिक मतले जिताउन लागि परेका एक प्रभाबशाली पात्र हुन ।
जिल्लामा नेपाल तरुण दलको संस्थापक कार्यसमिति सदश्य, २०५५ मा पार्टीको जिल्ला कार्य समिति सदश्य, नेपाली काँग्रेस प्रजातान्त्रिकका जिल्ला कार्य समिति सदश्य, पार्टीको जिल्ला सचिव, २०५३ मा राष्ट्रिय सभा सदश्य हिरादत्त भट्टका साँसद सहयोगी, २०५६ पछि शेर बहादुर देउवाका साँसद सहयोगी, नेविसंघका जिल्ला कमिटी कार्यबाहक अध्यक्ष हुँदै पार्टीपंक्तिको बिभिन्न कालखण्डमा बिभिन्न जिम्मेवारी बहन गर्दै २०६२÷ ०६३को जनआन्दोलनका बेला चार महिना १२ दिन लोकतन्त्रका लागि जेल सजाय पनि भोगेका नेता हुन ।
निरंकुश राजतन्त्रका बिरुद्धमा संघर्ष गरेका नेता कार्यकर्ताको राजनीतिक हत्या गरिसके पछि नेपाली काँग्रेसमा बसिरहनुको कुनै नैतिकता पनि नरहेको र औचित्य पनि नभएको ठहर गर्दै उनले सामाजिक सञ्जाल मार्फत आफू नेपाली काँग्रेसको सक्रिय राजनीतिबाट बाहिरिदै साधारण सदश्य समेत नरहने गरि स्वघोषणा गरेका हुन ।
पार्टी भित्रको आन्तरिक समस्या समाधानका लागि योद्धाको रुपमा लडे पनि केहि अग्रज नेताहरुले धोका दिए भने केहिले पाखा लगाएको गुनासो गर्दै बिगत ३३ वर्षको राजनीतिक जीवनलाई बिश्राम दिनु पर्ने बाध्यता पनि भएको उनले बताए ।
पार्टीभित्र सुकिलामुकिला, नैतिकता नभउका प्रबृति हाबी हुँदै गएकोमा नेपाली काँग्रेस भित्र ईमान्दार, निष्ठावान, कर्मठ, कटिबद्ध र निर्भिक निडर नेताकार्यकताृको स्थान नभएको र अभिभावकको रुपमा रहेका प्रधानमन्त्री देउवाले पनि समस्या समाधान गर्ने र कार्यकर्ताको मूल्यांकन गर्ने भूमिका निर्वाह गर्नु को सट्टा अन्याय माथी अन्याय गर्दै जाने हो भने जनतामाझ काम गर्ने वास्तविक काँग्रेसले कहिले आफूलाई राजनीतिक न्याय भएको मान्ने छैन । पार्टी सुदृढिकरण र नेता कार्यकर्ताको सहि मूल्यांकन हुने कुरामा आफूलाई रत्तिभर पनि विश्वास नभएको महशुष गरि आफूले अप्रिय निर्णय गरेको बताए ।
मुलुकको ऐतिहासिक पार्टीको बर्तमान नेतृत्व यतिसम्म क्रुर र भावनाविहिन होला भनेर कल्पना सम्म मैले गरेको थिएन, श्रृंखलाबद्ध घटना र प्रहारले देउवा जीलाई नै हानी गर्छ । पटकपटक यस्ता हर्कत गर्दै गए पछि सहनुको पनि सिमा हुन्छ र अन्ततः भित्र रहेर बिरोध गर्नु भन्दा स्वबर्हिगमन नै उत्तम बाटो सम्झेको छु आगामी दिनमा पनि समाजलाई आवश्यक परेको बेला व्यक्तिगत रुपमा म समर्पित रहेर जनताको सेवा गर्न तत्पर रहेको पनि उनको भनाई छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com