Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

पारस्परिक जवाफदेहिता परियोजनाको बिदाई

Posted on June 30, 2022
Share this post
       

अखण्ड सम्बाददाता
१६ अषाढ २०७९ डडेल्धुरा
सुशासनको क्षेत्रमा पाँच वर्ष देखि डडेल्धुरामा कार्यरत पारस्परिक जवाफदेहिता परियोजनाको कार्यक्रम समापन भएको छ ।
अमरगरगढी नगरपालिकको वडा नं. ८ र ९ मा संजीवनी नेपाल कञ्चनपुर सँगको साझेदारीमा संचालित पारस्परिक जवाफदेहिता परियोजनाले संस्थाको पाँच वर्ष सम्म भए गरेका कार्यहरु, उपलब्धीहरुको समिक्षा सहित जनप्रतिनिधिको उपस्थितिमा समापन कार्यक्रम गरिएको हो ।
परियोजनाका जिल्ला कार्यक्रम अधिकृत मञ्जु भण्डारीले समापन कार्यक्रमको सञ्चालन गर्ने क्रममा परियोजनाले गरेको कामहरुको प्रस्तुति गर्दै स्थानीय जनताको आवश्यकता, मागहरुलाई सम्बन्धित निकायको ध्यान जाने गरि समुदायलाई जागरुक बनाएको भए पनि अझै कतिपय मुद्धाहरु कार्यान्वयन हुन नसकेको र सुशासनका लागि अवस्था चुनौतिपूर्ण रहेको बताए ।
कार्यक्रमले स्थानीय कृषकका समस्या पैरबी देखि समाधान गर्ने कार्यमा सहयोग गरेको, स्थानीय तहमा नीति निर्माण गर्ने, समुदायका आवाजहरुलाई कार्यान्वयनको दिशामा लैजान पहल कदमी गरेको र प्रकृयाको थालनी गरेको, दुराबस्थमा रहेको भुमिराज स्वास्थ्य चौकीको सेवा सुबिधा, भौतिक पूर्बाधार तथा संरक्षणमा अबिस्मरणिय योगदान दिएको भन्दै परियोजना तथा सम्बद्ध संस्थाहरुलाई धन्यवाद पत्र पनि दिईएको छ ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष द्वयले परियोजना स्थानीय सरकार र जनताको बिचको विकास र सुशासनका लागि पहुँच सरलीकरण गर्ने, सहकार्य गर्ने, र स्थानीय जनतामा जनचेतना अभिबृद्धि गर्ने, जागरण ल्याउने देखि जनप्रतिनिधिलाई पनि थप जिम्मेवार हुन अहं भुमिका निर्वाह गरेको बताउँदै सुशासनका क्षेत्रमा काम गर्ने यस्ता संस्थाहरुका अबधारणाहरुलाई कार्यान्वयन गर्न आफूहरु ईमान्दारितापूर्वक लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।
अमरगढी ८ का बर्तमान अध्यक्ष र ९ का निवर्तमान अध्यक्ष तथा बर्तमान र निवर्तमान जनप्रतिनिधिहरु, नागरिक समाज डडेल्धुराका संयोजक रमेश प्रसाद जोशी सहित सदश्यहरु, स्थानीय सभा सदश्यहरु, भागेश्वर श्रोता समूहका पदाधिकारी, कृषक, सञ्चारकर्मी लगायत सर्बसाधारणको उल्लेख्य सहभागिता रहेको समापन कार्यक्रममा परियोजनाको बिदाई प्रति नियाश्रो व्यक्त गर्दै परियोजना पुनः लागु हुनु पर्ने र संभव भए सम्म अमरगढी नगरपालिकाका सबै वडाहरुमा संचालन गर्नु पर्ने सुझाव पनि दिएका छन ।
डडेल्धुराका नागरिक संस्थाहरु सँगको सहकार्य पनि सकारात्मक तथा उपलब्धीमूलक रहेको र समुदायमा जागरण आएको मात्र नभई सेवाप्रदायक संस्था स्थानीय सरकारका निकायमा पनि आन्तरिक सेवाप्रवाहमा चुस्त दुरुस्तता आएको कार्यक्रमका सहभागिले बताए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • चुनाव प्रति उत्साह छैन डडेल्धुरामा
  • डडेल्धुरामा खुल्यो जापनिज भाषा ईन्सिच्यूट
  • गीति कविता
  • उम्मेदवारी पेचिलो र डडेल्धुराको चासो रास्वपातिर
  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com