चाणक्य नीतिका अनुसार आयु, गाँस निन्द्रा र मैथुन मानव र पशुका लागि समान छन तर पशुमा ज्ञान हुँदैन चेतना हुँदैन त्यसैले त मान्छे बिशेष प्राणि हो । मानवको कर्म, धर्म र दायित्व के हुन बुझ्न जरुरी छ । अहिलेको यो संसारमा जे जति भईरहेको छ सबै थोक मानवता बिरोधि र सत्कर्म बिपरित कुकर्म भईरहेका छन । राम्रा खबर भन्दा नराम्रा, असत्य, अमानविय कर्म, कुकर्म, धोकादारी, अवसरबादी र स्वार्थका कुरा, स्वेच्छाचारीता, मनपरि ढंगका कुरा मात्र सुनिन्छन दिक्क लोगेर आउँछ । यो भनाई थियो भागेश्वर गाउँपालिका वडा नं. ३ बोगटाका भगत जी पुस्कर शाहीको ।
आधा दिनका मल्ल आधा दिनका शाही भनेर चिनिने डोटी राज्यका शासक अजयमेरुकोटका अर्जुन शाही मल्ल खलकका पुस्कर शाही उमेरले दुई बिसी मात्र पुगेका छन तर उनको तिस वर्षे उमेर आध्यात्म,सत्संग जीवनमा लागेर उनि भगत नामले बोगटा भरि परिचित भएका छन ।
बोटगाबाट जिल्ला सदरमुकाम आउँदा संयोगबश सहयात्रा भईरहँदा उनिसँग भएको बिबिध भलाकुसारीमा धेरै कुरा जान्न, सुन्न र सिक्ने अवसरलाई नागरिकको हितमा प्रसारित गर्ने जमर्कौ गरिरहँदा उनका अनुभवमा केहि मानविय, केहि सामाजिक, केहि राजनीतिक, केहि विकासका कुरा र केहि संसारका अलनचलनहरुलाई यात्रुहरुले पनि गम्भीरताका साथ लिएका देखिए । तर बिडम्बना सुधारका लागि सन्तोषजनक र सार्थक प्रयास गरिएको नदेख्दा खिन्नता आउँनु स्वभाविक पनि हो ।
कसैलाई नराम्रो नगर, कसैको लागि नराम्रो नसोच, आग्रह पूर्वाग्रहमा नजाउ, गलत कामकुराको बिरोध गर बिद्रोह गर, समाजको हितमा काम गर, दीनदुखिहरुको दुखसुखमा अन्र्तआत्माले साथ देउ, अनैतिक कर्म नगर मरेर के लैजानु छ सबै थोक यहि धर्तिमा रहने न हो ……..आदी आदी । बोगटा भरि आजभोली भगत जीको चर्चा छ प्रसंग सरस्वती माध्यमिक बिद्यालयको भौतिक संरचना निर्माण कार्य र केहि विवादास्पद प्रसंगका बारेमा ।
अन्र्तबार्ताको रुपमा अन्र्तमनका कुरा सुन्न मन लागे पछि खोतल्न खोज्दा उनि सिद्धान्तका पक्षमा कट्टर देखिए, जे बोलिएको छ जे लेखिएको छ जे भनिएको छ वा भनिन्छ त्यसमा ईमान्दिारितापूर्वक काम हुनु पर्ने मान्यता भगतजीको रहेको छ । यसमा कुनै कारणले वा बाहना गरेर गरिएको दाँयाबाँया स्वीकार्य छैन उनलाई तर सुन्दिने कसले ? उनको गुनासो रहेको छ ।
समाजका आम आयामहरुमा विकास अपरिहार्य रहेको कुरालाई उनि सहयोग र समर्थन गर्दै आत्म साथ गर्न तत्पर छन तर सिमित व्यक्तिको चाहना र प्रभाबमा गरिएको फेरबदललाई अनैतिक कार्यको संज्ञा दिएका छन भगतजीले, विकासका नाममा भईरहेको आम ब्रह्मलुट प्रति उनको घोर आपत्ति रहेको देखिन्छ ।
सबै तिर सन्तोषजनक कार्य हुनका लागि परिवार र शिक्षालयमा नैतिक शिक्षा आवश्यक रहेको उनको ठहर छ, पाँच कक्षामा अध्ययन गर्दा अंग्रेजी पुस्तक नपढने भन्दै बिद्यालय त्याग्न बाध्य भगतजी पढेलेखेका बिद्धान भन्दा कम छैनन, अहिलेको शिक्षा नीति नै उल्टो, अनैतिक र अव्यवहारिक ज्ञानको पुलिन्दा भएको ठम्याई उनको छ । बिद्यालयमा विकसित भईरहेको राजनीतिक गतिबिधि र अधिकारका नाममा शिक्षकहरुले गर्ने सांगठनिक क्रियाकलापहरु गुणस्तरिय शिक्षा, मर्यादित समाज निर्माण र सुशासनको खिलापमा रहेको उनको बिश्लेषण रहेको छ ।
परिवारमा पनि नैतिक शिक्षाको अभाव खटकिएको उनि बताउँछन, बिद्यार्थी बिद्यालय जान्छ कि जाँदैन पढछ कि पढदैन कस्तो छ पढाईलेखाईका बारेमा अभिभावकले निगरानी शुन्यप्राय छ, शिक्षाको गुणस्तर खस्किनु र बिद्यार्थी एवं बिद्यालयमा बिकृति आउनुमा अभिभावक मुख्य रुपमा जिम्मेवार रहेको यनि बताउँछन । उनि भन्छन बिद्यालयमा शिक्षाको अवस्था के छ अभिभावकले शिक्षक र बिद्याथीृ दुवै पक्षको अनुगमन नियमन र चासो बढनु पर्दछ, कर्तव्य भन्दा बाहिरका गतिबिधिहरु देखिए कारवाहीको दायरामा ल्याउन सक्नु नै सुधारको प्यास हो तर सबै पक्ष मुकदर्शक र उदासिन देखिदा जसले जे गरे पनि हुने र नपढे पनि हुने नपढाए पनि हुने बाताबरण व्यवस्थापन,पूबाृधार विकासमा अस्तव्यस्तता आएको उनको भनाई छ । सबै तिर यस्तै दुर्दसा छ उदाहरण मात्र भन्दैछु भन्दै व्यक्ति गाउँ समाज आफ्नो क्षेत्रको सुधारका लागि गाउँसमाजका हरेक नागरिकहरु कर्तव्यच्यूत भएको र प्रतिफलमा देखिने खासै प्रयत्न नगरिएको प्रति भगतका बिचारणिय र चिन्तनयोग्य भनाईहरु छन ।
उनि राजनीतिमा पनि उत्तिकै चासो र चिन्तित पनि देखिन्छन यद्यपी एक वालब्रह्मचारीलाई दुनियाँसँगको कुनै पनि लेनदेन छैन परन्तु आफू जन्मेको गाउँठाउँमा हुन सक्ने सुधारका लागि पृष्ठपोषण र दबाबमूलक खबरदारीलाई उनले सबैतिरबाट सधै क्रियासिल राखेका छन ।
नेपाली राजनीतिमा जननायक विश्वेश्वर प्रसाद कोईराला, राजनेता गिरिजाप्रसाद कोईराला र क्रान्तिकारी नेता मदन भण्डारीलाई रुचाउने र तिन नेताको राजनीतिक सिद्धान्त आदर्शलाई मन पराउने भगत जी अहिलेका नेताहरु भनेका उनको नाम बेचुवा मात्र हुन, उनका नामले गुजारा चलाउने अकुत सम्पति कमाएर उनैलाई बदनाम गर्ने बिचौलिया र गद्धार पनि हुन भन्दै सिको गर्न लायक र सम्मान गर्न अथवा मान्न लायक एउटा पनि नेता जनप्रतिनिधि नभएको उनको भनाई छ ।
पछिल्ला केहि वर्ष यता त झन राजनीति लाजनीति भईसक्यो, कसरी विश्वास गर्ने कसरी काम गर्ने भन्ने चिन्ता उनमा थियो । चल्न त काम चलेकै छ तर सन्तुष्ट कोहि पनि छैनन संसार यस्तै हो कि हामीले बुझ्न नसकेको हो केहि भन्न नसकिने अवस्था छ ।
पौराणिक कथा एवं सत्संगको ज्ञान भएका भगतजी भन्छन हुन त जे हुन्छ ईश्वरको कृपाले हुन्छ जे हुन्छ त्यो समयले बताउँछ, ब्राह्मण बिश्रवाले भुल बश गरेको गल्तीको परिणाम पेटमा अमृत बोकेका, दश शिर एवं बिस बाहुबल भएका त्रिलोक विजयी उनका छोरा रावणले व्यहोर्नु परेको थियो , तत्कालै परिणाम नदेखिन पनि सक्छ तर असत्य र गलत कुकर्मको परिणाम अवश्य भोग्नु पर्छ तर कसले र कहिले ? त्यो भगवानको हातमा मात्रै छ हामी पशुतुल्य मानिसको ज्ञान भन्दा बाहिर छ ।
उनि समाजमा भए गरेका थिचोमिचो, अन्याय र अस्वभाविक कामहरुको प्रेरणादायी ज्ञान बाँडछन बैदिक सरसल्लाह र उपयुक्त सुझाव दिन्छन उनलाई गाउँठाउँमा सम्मानपूर्वक बोलाउने गरिन्छ आफूले गर्न सक्ने काम र सहि विवेकको परामर्श पनि दिन्छन तर गाउँका सोझासाझा जनताले कतिपय बिकृतिका बारेमा जानकारी नै पाउँदैनन भने पढेलेखेका, शिक्षक बुद्धिजिवी लगायतका सर्बसाधारणले यस्ता बिसंगति र अन्याय अत्याचारका बारेमा मौन बसिदिंदा समाज संस्कारहिन बाटोमा जाँदैछ भने भातृत्व प्रेम बिखण्डन हुनुका साथै अराजकता मौलाएको बताउँछन ।
हाम्रो धर्म संस्कृति प्राचिन परम्परा, रितिरिवाज सामाजिक एकता सहअस्तित्व र सदाचार कायम राख्न व्यक्तिवादी प्रबृति त्यागेर अरुको अस्तित्व पनि सबैले समान रुपमा स्वीकार गर्नु पर्ने र सकारात्मक भावनाको विकास भई सहयोगको बाताबरण निर्माण भए मात्र समतामूलक समाजको निर्माणसँगै एक अर्कामा प्रेम भावना विकसित हुने कुरा संभब भएको भगत पुस्कर शाहीजीको भनाई छ ।
उनि भन्छन एकलो बृहस्पतिले केहि गर्न सक्तैनन तर पनि म आफ्नो गाउँसमाज सुधारका लागि संघर्षरत छु । एकलैको आवाज पनि सन्देशका लागि पर्याप्त हुन्छ एक दिन अवश्य मननयोग्य हुनेछ, हामी चेतनशिल र सचेत नागरिक पछि हट्यौं वा बोलेनौं भने कसले बोल्ने कसले लेख्ने ? हामीे पवित्र भूमिका बासिन्दा हौं यहाँ कुनै प्रकारको मानविय अत्याचार स्वीकार्य छैन, भगवान श्री भागेश्वर देवता विराजमान पुण्य भूमि हो यति मात्र नभई यहाँ समाज सुधारका प्रणेता हरेक पुस्ताका लागि आदर्श र सम्मानयोग्य राजनीतिक धरोहर स्व. एनडिप्रकाश चटौतको जन्म भुमि पनि हो । यस क्षेत्रले राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरका कैयौं नेता जन्मायो तर हविगत हाम्रो यस्तो छ ।
प्रजातन्त्रका नाममा यहाँ जनतालाई ठग्ने काम भएको छ, बर्षौं भईसक्यो सडकको स्तरोन्नती हुन सकेन, जनतालाई सास्ती भएको दुःख पिडा भएको यहाँका जनप्रतिनिधि नेता भनाउँदाहरुलाई अलिकति पनि महशुष किन हुँदैन ? यो क्षेत्रले पटकपटक जिल्ला देखि केन्द्र सम्मको प्रतिनिधित्व गर्ने अवसर र पहुँच पाएको छ, सधै भरि भोटको राजनीति मात्र भएको हामीले देखेका छौं पछिल्लो स्थानीय सर्खारले पनि जनताका आशा अपेक्षा माथी खेलवाड गरेको छ आफ्नो दुनो सोझ्याउने देखि सरकारी सेवासुबिधा लिएर मोजमस्ती गर्ने बाहेक सिन्को पनि नभाँचेको स्थानीय जनताले अनुभूति गरेका छन दशकौं देखि यहाँका जनताको अवस्थामा खासै सुधार आएन, विकासका दृष्टिकोणबाट पनि हामी पन्छियौं र दुःखकष्ट भोग्न बाध्य र विवश छौं र यो क्रम कहिले सम्म ?
व्यवस्था परिबर्तन भयो तर अवस्था जस्ताको तस्तै भन्दै आम जनताको दुःख पोखेर के हुन्छ, कसलाई सुनाउँने ? कसले सुनिदिने ? बाँकी भागेश्वरका भर………………….ओ३म्
