Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

पवित्र भूमिको विकास अपरिहार्य–आयुर्वेद शिरोमणि वालकृष्ण आचार्य

Posted on June 4, 2023June 4, 2023
Share this post
       

टेकराज अवस्थी
२१ जेठ २०८० डडेल्धुरा
आयुर्वेद शिरोमणि वालकृष्ण आचार्य जी महाराजजीले सुदूरपश्चिम पवित्रभूमि रहेकोले यसको समग्र विकास अपरिहार्य रहेको बताउनु भएको छ ।
प्राकृतिक, धार्मिक महत्व तथा जैबिक बिबिधताले भरिपूर्ण खप्तड क्षेत्र लगायत सुदूरपश्चिमलाई पर्यटकिय प्रबद्र्धन गर्न र योग तथा आध्यात्मिक गतिबिधिलाई विकास र पहिचान गर्न खप्तड क्षेत्र विकास समितिको आथित्यतामा सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन गईरहेको प्रथम खप्तड अन्र्तराष्ट्रिय आध्यात्मिक सम्मेलन सुदूरपश्चिमको प्रसिद्ध पर्यटकिय क्षेत्र खप्तडमा हुन गईरहेको अन्र्तराष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागि हुन डडेल्धुरा आई पुग्नु भएका आचार्यले यस्तो धारणा राख्नु भएको हो ।
उहाँले हिन्दु धर्म माथी केहि शक्तिहरुको षडयन्त्र भईरहेकोले सबै नेपाली दाजुभाईहरु सचेत हुनु पर्ने बताउँदै योग तथा आयुर्वेदको माध्यमबाट सुदूरपश्चिमको समग्र विकास गर्ने चाहना रहेको बताउँनु भयो ।
आईतवार जगतजननी श्री उग्रतारा माताको दर्शन तथा पिपल बृक्षारोपण गरि वेद बिद्याश्रमका बटुकहरुको सग्को अन्र्तक्रिया पछि डडेल्धुराको योग अभ्यास हल कीर्तिपुर डडेल्धुरामा पतंजली योग समिति डडेल्धुराका पदाधिकारी तथा प्रभारीहरुसँगको भेटघाट कार्यक्रमको मन्तव्य क्रममा स्वामी रामदेव जी महाराज जी र मेरो प्राथमिकताका साथ यस क्षेत्रलाई अगाडी बढाउने सोच रहेको बताउनु भयो ।
योग साधारण अभ्यास नभई दैविय शक्ति भउको जिकिर गर्दै सत्संग मानवले आफ्नो जीवनलाई समाजसेवामा लगाउनु पर्ने बताउँदै आचार्य महाराजजीले डडेल्धुराको योग सक्रियता प्रसंशनिय रहेकोमा शुभकामना दिनु भयो ।
यहि जेठ २३ देखि २५ गते सम्म हुने ऐतिहासिक सम्मेलनमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल, विश्व प्रसिद्ध योग गुरु स्वामी रामदेव तथा आयुर्बेद शिरोमणि श्री वालकृष्ण आचार्य महाराजजी, जगतगुरु मोहनशरण देवाचार्य महाराजजी, आयोजक सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री सहित संघिय सरकार तथा प्रदेश सरकारका मन्त्री ज्यूहरु, लगायत हिन्दु साधुसन्त, पतंजली योगपीठका पुज्य साध्वी, पतंजली नेपालका प्रमुख लवदेव मिश्र, आयुर्बेद बैज्ञानिक टोली र पतंजली योग समिति नेपालका ७७ जिल्लाबाट कार्य समिति पदाधिकारी, प्रशिक्षक, बिभिन्न क्षेत्रीय प्रभारी तथा प्रतिनिधिहरु गरि उल्लेखनिय सहभागिता रहन पतंजली योग समिति सुदूरपश्चिम प्रदेश प्रभारी काशीनाथ भट्टले जानकारी दिनु भएको छ ।
खप्तड एक योग तथा आध्यात्मको साधना भूमि भएकोले यहाँको प्रकृतिप्रदत्त महिमालाई अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्न जैबिक बिबिधताको भण्डारको रुपमा पहिचान गरि पर्यटकिय विकास गर्न पहिलो पटक ऐतिहासिक कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ भने तिन दिन सम्म रहने आध्यात्मिक कार्यक्रममा आध्यात्मिक चिन्तन, योग अभ्यास, आयुर्बेदको अध्ययन अनुसन्धान तथा पर्यटन प्रबद्र्धनका विषयमा बहश र पैरबी हुने बताईएको छ ।

आयुर्वेद शिरोमणि वालकृष्ण आचार्य ज्यूलाई डडेल्धुरामा पतंजली योग समिति परिवारले भव्य स्वागत गर्नुका साथै श्री उग्रतारा माताको तस्वीर अंकित मायाको चिनो पनि उपहार स्वरुप प्रदान गरिएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com