Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

पर्खाईमा परिगाउँ, पिडामा पर्शुरामबासी

Posted on November 7, 2022November 7, 2022
Share this post
       

अखण्ड सम्बाददाता (डायरी)
२१ कार्तिक २०७९ डडेल्धुरा
सिमाबर्ती नदी महाकालीमा पुल नबन्दा दशकौं देखि डडेल्धुराका जनताले सास्ती भोगिरहेका छन ।
जिल्लाको भित्रिमधेश अन्र्तगत परशुराम नगरपालिकाको वडा नं. ५ पर्शुरामधाम क्षेत्रका जनताले पक्की पुल बन्ने भाषण सुनेको तिन दशक बितिसक्यो तर आश्वासन भाषणमा सिमित रहेको स्थानीय तथा पर्शुरामका पुजारी देवदत्त भट्ट बताउँछन ।
हरेक चुनावमा आश्वासनको चाङ लाग्ने पर्शुराम क्षेत्रमा दुई देशिय नदी महाकालीमा या त जोखिम मालेर टायरट्यबमा तर्नु पर्छ भने या त बञ्चितमा पर्नुको बिकल्प नभएको स्थानीय समाजसेवी प्रेम बहादुर चन्द बताउँछन ।
केहि वर्ष पहिले सम्म दुबै देशको सहमतिमा काठे डुंगा सम्म सञ्चालन भए पनि हाल उक्त डुंगा पनि नहुँदा स्थानीयले दैनिक उपभोग्य बस्तु सस्तोमा पाईने छिमेकी बजार जान समस्या भएको स्थानीय मदन नाथको भनाई छ ।
यस्तै पर्शुराम नगरपालिकाको वडा नं.५ परिगाउँ अथवा महाकाली नदी क्षेत्रका जनतालाई शुद्ध पिउने पानी र धान गहुँका उत्पादनका लागि उर्बर भुमिमा सिंचाईको समेत असुबिधा भएको स्थानीयले गुनासो गरेका छन ।
पर्शुराम नगरपालिका वडा नं. ५ परिगाउँका जनतालाई बर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा ज्यूले २०४८ मा महाकालकिो पुल बनाउँछु भनेका थिए आज २०७९ मा पनि त्यहि पुल बनाउँछु भन्दैछन कहिले बन्ने हो थाहा छैन फगत चुनावी रणनीति बाहेक विश्वास गर्ने आधार नभएको स्थानीय बताउँछन ।यहि मंसिर ४ गते हुन गईरहेको आम निर्वाचनका लागि मत माग्न जिल्लाको भित्रिमधेश पुग्दा पनि प्रधानमन्त्री देउवाले २०४८ सालको नारा दोहोर्याई महाकालीमा पुल बनाई दिने बताएका छन । नेपाल भारत जोडने पुल बनाउँछु् बनाउँछु बनाउँछु भन्दै ठोकुवा गरे पनि यहाँका जनता कसरी पत्याउँने एक स्थानीयले भने । 
स्थानीय भन्छन महाकाली नदीको पर्शुरामघाटमा पक्की पुल बनाउने बाचा देउवाले दुई दशक भन्दा अघिको निर्वाचनमा बोलेका थिए तर पक्की त कता हो कता पाँच पटकसममा प्रधानमन्त्री भईसक्दा पनि सामान्य झोलुङ्गे पुल सम्म पनि निर्माण भएन ।
सिमाबर्ती क्षेत्रका जनताबाट भोट माग्न हरेक समयमा झूट बोल्दै विकासको आश्वासन र प्रलोभन देखाए तर काम गरेर देखाउन नसके पछि राजनीति प्रति आम सर्बसाधारणको खिन्नता बढेको परिगाउँबासीको अनुभूति रहेको छ ।
जिल्लाको आधा जनसंख्या रहेको भित्रिमधेशको पर्शुराम क्षेत्रमा सिमाबर्ती नदी महाकालीमा वर्षेनी बढने पानीको सतहका कारण स्थानीयलाई आवत जावत गर्न असंभवप्राय मात्र छैन दैनिक जनजीवन पनि प्रभावित भएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com