Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

पत्रकार महासंघ डडेल्धुराका नाममा अख्तियारमा उजुरी

Posted on July 4, 2023July 4, 2023
Share this post
       

अखण्ड सम्बाददाता
१९ अषाढ २०८० डडेल्धुरा
नेपाल पत्रकार महासंघ डडेलधुरा जिल्ला शाखाको कार्यालय तथा सुदुपश्चिम सूचना केन्द्र भवन निर्माणमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ ।
जिल्लाका बिभिन्न स्थानीय तहहरुबाट प्राप्त भएको आर्थिक सहयोगलाई आयव्यय पारदर्शी नगरेको, कोरोनाकालमा भएको आयव्यय पारदर्शी नगरेको, आर्थिक वर्ष २०७७/०७८ मा सहरी विकास तथा भवन कार्यालय राजपुर डोटीको फिल्ड कार्यालय डडेल्धुरा मार्फत बजेट कार्यान्वयन भएको रुं १५ लाख बराबरको काम नभएको र हाल चालु आ.व.मा निर्माणाधिन भवन निर्माणमा रु. ३० लाख कार्यान्वयन गर्न बिधि प्रकृया अबलम्बन नगरि काम संचालन गरेको जस्ता दर्जनौं विवादित विषयका बिच महासंघ जिल्ला शाखाले योजनाको सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण समेत नगरेकोमा आर्थिक अनियमितता भएको ठहर गरि आयोगमा बेनामी उजुरी परेको जनाईएको छ ।
नेपाल पत्रकार महासंघ डडेल्धुरा जिल्ला शाखाका गतिबिधिहरु एकलौटी गरिएको, गैर पत्रकारलाई सदश्यता दिईएको र संस्थागत आन्तरिक अपारदर्शितालाई दृष्टिगत गरि महासंघ जिल्ला शाखाका निबर्तमान अध्यक्ष लगायत संगठनमा आबद्ध क्रियासिल पत्रकारहरुले संस्थागत आर्थिक तथा संगठनात्मक पारदर्शिताका लागि आवाज उठाए पनि सत्ताशक्तिको दम्भमा वेवास्ता गर्दै भवन निर्माण कार्यलाई अगाडी बढाएकोले आज डडेल्धुराका पत्रकारको बदनाम मात्र भएन सुशासनको अभियानलाई साथ दिने संस्था महासंघ माथी आँच आउने अवस्था आएको महासंघका निबर्तमान अध्यक्ष मान बहादुर साउँदले बताए ।
उहाँका अनुसार हाल काम भैरहेको भवन निर्माण समिति नै गलत नियतबाट गठन गरि पेश गरिएको छ, यस अघि निर्माण समिति गठन हुँदा पनि कार्यरत निर्माण समितिलाई जानकारी नै नगरि, बझबुझारथ नै नगरि निस्क्रिय तथा गैर पत्रकारको अध्यक्षतामा कोठे बैठक गरि निर्माण समिति गठन गरि १५ लाखको काम गरिएको भनिएको छ जो सरकारी मामपदण्ड बिपरित र लागत ईष्टिमेट अनुसार काम पनि भएको छैन त्यसलाई नै सहरी विकास तथा भवन कार्यालय राजपुर डोटीले पास गरेर भुक्तानी दिएको छ ।
यति मात्र नभई चालु आ.व. को काममा पनि भ्रष्टाचारको गन्ध आएको छ, विवादित निर्माण समितिलाई पुनः सम्झौताका लागि पठाउनु, उठेका आवाजहरुलाई दबाउनु र पत्रकार महासंघको केन्द्रीय लेखा समितिलाई समेत प्रभावित पार्नुको पछाडी बिभिन्न चलखेल र रहष्यहरु रहेको उनको भनाई छ ।
यता पत्रकार महासंघ डडेल्धुराका सचिव पुस्कर भण्डारीले भवन निर्माणमा अनियमितता भएको भन्ने मुद्दा परेको जानकारी पाएका छौं, उल्लेखित सबै विषयमा निष्पक्ष सत्यतथ्य छानविन होस दोषि माथी कारवाही होस भन्ने मान्यता हाम्रो रहेको बताए ।
महासंघ भित्र भए गरेका बिबिध गतिबिधिहरुको संस्थागत आयव्यय, आर्थिक सहयोग परिचालनमा आर्थिक अनियमितता, १५ औं साधारण सभाको म्याण्डेड बमोजिम महासंघलाई चुस्तदुरुस्त पार्ने लिखित सहमतिको कार्यान्वयन लगायत सदश्यता नविकरणका विषयमा महासंघमा आबद्ध सदश्यहरुले गत चैत्र १६ गते स्थापनाका दिवसका दिन जिल्ला शाखा बरिष्ठ उपाध्यक्ष गणेश रोका मार्फत तिन दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए भने मागहरु सुनुवाई नभए पछि चैत्र २२ गते महासंघको जिल्ला शाखाको कार्यालयमा तालाबन्दी पनि गरेको थियो ।
बरिष्ठ उपाध्यक्ष गणेश रोकाका अनुसार महासंघ महासंघ जस्तो भएन, गैर पत्रकारलाई स्थान दिने, छलफलमा फरक मत राख्ने महासंघका पदाधिकारी तथा सदश्यहरुलाई धम्क्याउने, बैठकका लागि खबर नै नगर्ने र पाखा लगाउने जस्ता हर्कत बर्तमान नेतृत्व लगायत कार्य समितिले गरेको छ जो अप्रजातान्त्रिक मात्र नभई आर्थिक अनियमिततालाई ढाकछोप गर्न उद्दत रहेको बताउँदै दुबै आर्थिक वर्षमा भएका ४५ लाख बराबरको काम तथा निर्माण कार्यको स्वतन्त्र र निष्पक्ष छानविन गरि सार्बजनिक हुनु पर्ने माग आफूहरुको रहेको बताए ।
महासंघको जिल्ला शाखाले अर्को पनि बदमासी गरेको छ, केन्द्रले पठाएको सदश्यता नविकरण तथा नयाँ सदश्यता मापदण्डमा पनि धाँदली गरेको छ, देशका ७६ जिल्लामा केन्द्रको मापदण्ड ईमान्दारितापूर्वक परिपालना गरिए पनि डडेल्धुरा मात्रै यस्तो जिल्ला हो जहाँ केन्द्रको परिपत्र पालना गर्नु बाध्यात्मक रहँदैन, डडेल्धुरामा हालीमुहाली भएका केहि अग्रज भनिएका तथा पदासिन पदाधिकारीहरुको आग्रहपूर्वागह र तजबिजमा चल्ने गर्दछ । पत्रकारिताका नाममा मूलभूत सिद्धान्तका बारेमा समेत अनभिज्ञ रहेका, सञ्चारमाध्यमको परिचयपत्र धारण गरि पत्रकारिताको दुर्नाम गर्ने, जिल्लामा कहिल्यै नदेखिने, बिभिन्न कामकाजले पलायन भएका र पेशागत तथा भौतिक रुपले निस्क्रिय, पत्रकारिता नगर्ने तर संगठनमा नेतृत्व प्रभावमा रहेका, दलिय भागबण्डमा सदश्यता पाउने र दिने प्रबृतिले महासंघ प्रति पछिल्लो समय आम सर्बसाधारणको साख मर्यादा एवं विश्वास खस्किदो बन्दै गएको कुरा शुभसंकेत नभएको महासंघ पिडित एक क्रियासिल पत्रकारले बताए ।
महासंघको जिल्ला शाखामा भएको आर्थिक अनियमितता बारे विषय उजागर भई केन्द्र सम्म पनि पुग्यो तर केन्द्रले वास्ता राखेन, लेखा समिति जिल्लामा पठाए पनि अमूक राजनीतिक संगठन पक्षधर पठाई पानी माथीको ओभानो हुने काम केन्द्रीय नेतृत्वले गरेको छ । जिल्लामा फगत नौटंकी छलफल गरेर दोषीलाई उन्मूक्ति दिने र यतार्थलाई लुकाउने प्रतिबेदन लेखासमितिले बुझाएको भन्ने सूचना प्राप्त भएको छ जो खेदजनक रहेको र जिल्लाका पत्रकारहरु रुष्ट पनि भएको क्रियासिल एक पत्रकारले बताए ।
महासंघको भवन निर्माण कार्य अबैध निर्माण समितिबाट हुने गरि सम्झौता गरिए पछि सहरी विकास तथा भवन कार्यालय राजपुर डोटीको फिल्ड कार्यालय डडेल्धुरामा निर्माण कार्य रोक्का गर्न दिएको उजुरी माथी कार्यालयका कार्यालय प्रमुख ईन्द्र बहादुर स्वार (हाल निबृत) ले पनि आफैले जारी गरेको परिपत्र बिरुद्ध केहि दिन रोकिएको निर्माण कार्य संचालन गरि निर्माण कार्यलाई झन सशंकित बनाएका थिए ।

आर्थिक अनियमितताको विषयमा गम्भीर हुनु पर्नेमा महासंघमा प्रतिनिधित्व गर्ने डडेल्धुराका राजनीतिक दलहरु निकट प्रेस संगठनहरुको पनि यस घटनामा कुनै न कुनै रुपले संलग्न देखिन्छन भन्ने कुरा प्रष्ट छ, उजागर विषयमा सहजीकरण गरि बिबाद समाधान गर्नुको साटो विषयलाई अतिरञ्जित गर्ने, आरोपित पक्ष प्रति अनुग्रहित रहि पक्षपोषण गर्ने, सम्बद्ध पदाधिकारीलाई बचाउने र अराजक ढंगले प्रस्तुत भएका घटनाहरुले आर्थिक अनियमिततालाई प्रसय दिएको अन्यथा लिन सकिदैन ।
उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी नवराज भण्डारीसँग उजुरीका सम्बन्धमा सम्पर्क राख्दा उहाँले अनुसन्धान प्रभावित हुन सक्ने भएकोले अख्तियारमा दर्ता भएका वा नभएका कुनै पनि उजुरीका बारेमा केहि पनि सूचना दिन नमिल्ने बताएका छन ।

डडेल्धुरामा दर्जनौं नागरिक संस्थाहरु, सामाजिक संस्थाहरु क्रियासिल छन जसमा पत्रकार महासंघको भिन्नै गरिमा र ऐतिहासिक दायित्व तथा महत्व छ, राज्यको चौथो अंगका रुपमा पत्रकार र पत्रकारका संस्थालाई आम जनताले बुझ्ने गर्दछन सुशासनको अभियन्ता, परिबर्तनको संबाहकको रुपमा महासंघले भुमिका निर्वाह पनि गरेका प्रसस्त दृष्टान्तहरु छन तरपछिल्लो समय महासंघमा देखिएको द्वन्द डडेल्धुराबासी आम जनताका लागि पक्कै पनि हितकर छैन एक सर्बसाधारणले बताए ।
अझै बिडम्बनाको विषय त के हो भने महासंघमा भएको आर्थिक अनियमितताका बारेमा ब्यापक भई सक्दा पनि डडेल्धुराका क्रियासिल भनिएका राजनीतिक दलहरु, राजनीतिकर्मी, नागरिक समाज, समाजसेवी तथा नागरिक अभियन्ताहरु मौन देखिएका छन, दोषीलाई संरक्षण गरिएको हो वा सुशासन प्रति उदासिनता ? यसको जवाफ जो दलहरुका लागि आगामी दिनमा गम्भीर समिक्षाको विषय बन्ने छ ।

पारदर्शिताका लागि आन्दोलन पक्षबाट भएका प्रयास र वेवास्ता गरिएका बिबिध सम्बन्धित थप तस्वीरहरु:-

अरु नागरिक संस्थाहरुको अभियान भन्दा पत्रकार महासंघ नागरिक अभिव्यक्तिको प्रतिबिम्ब पनि हो जो संस्था आफैमा स्वच्छ, निष्कलंक र पारदर्शी हुनु पर्नेमा अरुका कमीकमजोरी कोट्याउने पत्रकारहरुकै साझा संस्थामा यस्तो बिकृति सुशासनका बिरुद्ध भएको डडेल्धुराका नागरिक अगुवाहरुको भनाई छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com