अखण्ड सम्बाददाता
राप्रपाका युवा नेता ज्ञानेन्द्र शाहीले गठबन्धनका नाममा नेपालका नेताहरुले देशलाई ५५ अर्बमा बिक्रि गरिसकेको बताएका छन ।
नेपाली काँग्रेस नेकपा माओवादी केन्द्रको समुहमा विलिन भईसकेको सानो समूह मात्र भएको र प्रचण्ड काँग्रेसको नेता भएको दाबी गर्दै अब जनताले देश निर्माण गरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चयन गर्ने पत्रकार सममेलनमा बताएका छन ।
शुक्रवार डडेल्धुरामा सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले काँग्रेस कम्युनिष्ट मिलेर देश र जनताको टाउकाको मोल गरेर आफू सत्तामा बसिरहेको आरोप लगाएका छन ।
कुर्सीबाट बाहिरिने डरले कांग्रेस माओवादीको कब्जामा गएकोे र कांँग्रेस विपीको सिद्धान्तबाट बिचलित भई अहिले देशैभर कमजोर रहेको बताउदै स्थानीय निर्वाचनमा अनैतिक साँठगाँठ गरेको बताए ।
उनले कुनै विधि र कानुन नटेकी कांग्रेस पार्टीको निवर्तमान जिल्ला सभापति कर्ण मल्ललाई तानाशाह शैलीबाट कारवाही गरि पार्टीबाट निस्कासित गरेको विषयमा आक्रोस पोख्दै बर्तमान सरकार मुलुकमा भ्रष्टाचार गर्नमा लिप्त रहेको बताए ।
उनले भने एमसिसिको ७६, ८ कार्यान्वयन कति भयानक छ तपाईहामीले कल्पना गर्न कठिन छ त्यो दुर्घटनाको जिम्मा नेपाली काँग्रेसका सभापति तथा शप्रधानमन्त्री शेर बहादुर देउवाले लिन्छन कि पार्टीका महामन्त्री गगन थापाले लिन्छ वा प्रचण्ड माधव नेपालले लिन्छन भन्दै पत्रकारलाई प्रतिप्रश्न पनि गरेका छन ।
मिडिया नेपाल डडेलधुराद्वारा आयोजित पत्रकार सममेलनमा सत्तारुढ दलको गठबन्धन प्रति प्रतिक्रिया दिदै गोबर, कुहिएको आलु र माटोको मिश्रणको संज्ञा दिदै जनताले यस्तो अखाद्य बस्तुलाई अस्वीकार गर्नु पर्ने बताए ।