Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

देश बेचियो, जनता चनाखो हुनुपर्छ–नेता शाही

Posted on April 29, 2022April 29, 2022
Share this post
       

अखण्ड सम्बाददाता
राप्रपाका युवा नेता ज्ञानेन्द्र शाहीले गठबन्धनका नाममा नेपालका नेताहरुले देशलाई ५५ अर्बमा बिक्रि गरिसकेको बताएका छन ।
नेपाली काँग्रेस नेकपा माओवादी केन्द्रको समुहमा विलिन भईसकेको सानो समूह मात्र भएको र प्रचण्ड काँग्रेसको नेता भएको दाबी गर्दै अब जनताले देश निर्माण गरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चयन गर्ने पत्रकार सममेलनमा बताएका छन ।
शुक्रवार डडेल्धुरामा सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले काँग्रेस कम्युनिष्ट मिलेर देश र जनताको टाउकाको मोल गरेर आफू सत्तामा बसिरहेको आरोप लगाएका छन ।
कुर्सीबाट बाहिरिने डरले कांग्रेस माओवादीको कब्जामा गएकोे र कांँग्रेस विपीको सिद्धान्तबाट बिचलित भई अहिले देशैभर कमजोर रहेको बताउदै स्थानीय निर्वाचनमा अनैतिक साँठगाँठ गरेको बताए ।
उनले कुनै विधि र कानुन नटेकी कांग्रेस पार्टीको निवर्तमान जिल्ला सभापति कर्ण मल्ललाई तानाशाह शैलीबाट कारवाही गरि पार्टीबाट निस्कासित गरेको विषयमा आक्रोस पोख्दै बर्तमान सरकार मुलुकमा भ्रष्टाचार गर्नमा लिप्त रहेको बताए ।

उनले भने एमसिसिको ७६, ८ कार्यान्वयन कति भयानक छ तपाईहामीले कल्पना गर्न कठिन छ त्यो दुर्घटनाको जिम्मा नेपाली काँग्रेसका सभापति तथा शप्रधानमन्त्री शेर बहादुर देउवाले लिन्छन कि पार्टीका महामन्त्री गगन थापाले लिन्छ वा प्रचण्ड माधव नेपालले लिन्छन भन्दै पत्रकारलाई प्रतिप्रश्न पनि गरेका छन ।
मिडिया नेपाल डडेलधुराद्वारा आयोजित पत्रकार सममेलनमा सत्तारुढ दलको गठबन्धन प्रति प्रतिक्रिया दिदै गोबर, कुहिएको आलु र माटोको मिश्रणको संज्ञा दिदै जनताले यस्तो अखाद्य बस्तुलाई अस्वीकार गर्नु पर्ने बताए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com