Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

दशौं अन्र्तराष्ट्रिय योग दिवस सम्पन्न

Posted on June 21, 2024June 21, 2024
Share this post
       

अखण्ड सम्बाददाता
७ अषाढ २०८१ डडेल्धुरा
स्वयं र समाजका लागि योग भन्ने मूल नाराका साथ डडेल्धुरामा पनि दशौं अन्र्तराष्ट्रिय योग दिवस भव्य रुपले सम्पन्न गरिएको छ ।
पतंजली योग समिति डडेल्धुरा, पतंजली महिला योग समिति, पतंजली युवा नेपालको आयोजनामा जिल्ला स्थित माउन्टेन बोर्डिङ स्कुल प्रांगणमा आयोजित दिवस कार्यक्रमको सुदूरपश्चिम प्रदेश पूर्व सामाजिक विकास मन्त्री गोबिन्द राज बोहराले उद्घाटन गर्नु भएको थियो ।
पतंजली योग समिति डडेल्धुराका अध्यक्ष समाजसेवी कैलाश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको योग कार्यक्रममा अन्र्तराष्ट्रिय योग प्रोटोकल बमोजिमका योग अभ्यास तथा आसन र प्राणयामहरु गर्दै योग आयुर्बेद र सत्संगका बिबिध विषयमा चर्चा समेत गरिएको थियो ।
बर्तमान अवस्थामा योग हरेक नागरिकलाई अत्यन्त आवश्यक भएकोले योगलाई दैनिक जीवनको दिनचर्यासँग जोडनु पर्ने वक्ताहरुले सुझाएका छन ।
अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायत योग साधक, योग प्रशिक्षक सहित संयौं बिद्यालय छात्रछात्राको पस्थितिमा सम्पन्न भएको दिवस कार्यक्रमले व्यक्ति र समाजलाई स्वस्थ राखी मानविय चित्तबृतिलाई पनि आध्यात्मिक र सुसंस्कृत बनाउनेमा योग अभियानको उद्देश्य रहेको पतंजली योग समिति सुदूरपश्चिम प्रदेश सहप्रभारी गोबिन्द खडायतको भनाई थियो ।
दिवसकै अवसरमा पतंजली योग समिति डडेल्धुरामा आबद्ध योग प्रशिक्षकहरुबाट कारागार कार्यालय डडेल्धुरामा बन्दीगृहमा रहेका बन्दीहरुलाई तिन दिन सम्म योग प्रशिक्षण भई आज समापन गरिएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com