Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

दलितका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्छः अध्यक्ष बस्नेत

Posted on June 2, 2022June 2, 2022
Share this post
       

 १९ जेठ २०७९ काठमाडौँ
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्ने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपाल र क्रियाशील दलित पत्रकार सङ्घको संयुक्त आयोजनामा काउन्सिल सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले दलित समुदायका एजेण्डा घटना घटेपछि मात्र उठाउनेभन्दा खोजेर सञ्चार माध्यमले स्थान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले दलित समुदायका मुद्दा साझा मुद्दा भएको भन्दै यसमा प्रेस काउन्सिलले समुदाय र सञ्चार माध्यमलाई सचेत गराउँदै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा सङ्घको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै अधिकारकर्मी सुशिल विकले दलित समुदायका मुद्दा दलित पत्रकारबाहेक अन्यले प्राथमिकताका साथ स्थान दिएको नपाइएको बताउनुभयो । वि.क.ले प्रेस काउन्सिल नेपालले सञ्चार माध्यम र समाचार शाखाहरू दलितमैत्री भएको÷नभएको अनुगमन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले समस्याको पहिचान गरी सञ्चार माध्यम र पत्रकार दलित समुदायको उत्थानका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । दलितकै सन्दर्भमा समाचारमा विषयवस्तु कसरी प्रवद्र्धन गर्ने भन्ने विषयमा महासङ्घले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।
न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले निरन्तर स्थान दिनुपर्ने भन्दै पत्रकारको न्युनतम पारिश्रमिकका विषयमा समिति गम्भीर रहेको बताउनुभयो ।
क्रियाशील दलित पत्रकार सङ्घका अध्यक्ष पवित्रा सुनारले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपालप्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेल, नेपाल टेलिभिजनका समाचार सम्पादक निरज साउद, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, विश्लेषक हिरा विश्वकर्मा, राजधानी दैनिकका सम्पादक सागर पण्डित, पत्रकार बाबुराम विश्वकर्मा लगायतले सञ्चार माध्यमले दलित समुदायका पक्षमा विचार निर्माण गर्न भूमिका खेल्नसक्नुपर्ने भन्दै यसरी सञ्चार माध्यमबाट निर्माण भएको विचारले समाजलाई दिशानिर्देश गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले सरकारले दलित समुदायलाई सम्बोधन गर्न नसकेका विषयहरू सञ्चार माध्यममार्फत् बाहिर ल्याउनुपर्ने बताए । प्रेस काउन्सिल नेपाल पत्रकार महासङ्घ लगायतका संस्थाले दलित समुदायबाट पत्रकारिता गरिरहेका पत्रकार र गैरदलित पत्रकारसमेतलाई दलितका क्षेत्रमा कलम चलाउन प्रोत्साहन गर्ने गरी क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले समाचारकक्ष र प्रकाशित समाचार सामग्रीलाई दलितमैत्री बनाउन र समावेशीकरणका मुद्दालाई सञ्चार माध्यमले महत्व दिए÷नदिएको विषयमा अनुगमन कार्यलाई प्रभावकारी बनाउने जानकारी दिनुभयो । उहाँले दलित समुदायले सञ्चालन गरेका सञ्चार माध्यमलाई उपकरण सहुलियत, पत्रिका वर्गीकरणमा सहुलियत, दलित समुदायका पत्रकारलाई प्रोत्साहनका लागि पुरस्कार, क्षमता अभिवृद्धिका तालिम लगायतमा काउन्सिलले आगामी दिनमा अझै प्राथमिकता दिने बताउनुभयो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com