Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाइँदै

Posted on July 10, 2022July 10, 2022
Share this post
       

अखण्ड खबर
२६ अषाढ २०७९ डडेल्धुरा

चतुर्मास ब्रत आरम्भ हुने सबै भन्दा ठूलो ब्रतको रुपमा रहेको हरिशयनी एकादशी आज घरघरमा तुलसीको बिरुवा तुलसी मठमा सारेर हिन्दु महिलाहरुले भव्य रुपमा मनाएका छन ।
हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन त्रिलोकपति भगवान विष्णुको प्रतीकका रुपमा मानिने तुलसीलाई घर घरमा तुलसी स्थानमा नयाँ बिरुवा सारी चार महिना सम्म पाक्षिक रुपमा ब्रत बसी नियमित जल सिञ्चित गरि विशेष पूजा आराधना सहित बिधिवत रुपमा शुरु भएको मान्ने परम्परा रहिआएको छ ।
हरिशयनी एकादशी देखि कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिनसम्म सनातन वैदिक परम्परा अनुसार तुलसीको नियमित पूजा गरि बरबधुको विवाह जस्तै तुलसी र दामोदरको बैदिक संस्कृति अनुसार विशेष पूजा भई विवाह गरि एकादशी ब्रतको उद्यापन पनि गरिन्छ ।
भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले चार महिनालाई चतुर्मासा पनि भनिन्छ, आजका दिन ब्रतालु भक्तजनहरुले चामलजन्य परिकार वा भोजन नगर्ने, चोखो खाने शुद्ध बस्त्र लगाउने जस्ता बिभिन्न धार्मिक तथा सत्संग गतिबिधिहरु गरेर चर्तुमासको प्रारम्भ गर्ने गरेका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com