Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुरामा विराट महायज्ञ तथा धार्मिक महोत्सव

Posted on March 8, 2025March 8, 2025
Share this post
       

अखण्ड सम्बाददाता
२४ फागुन २०८१, डडेल्धुरा
डडेल्धुरा जिल्लामा विश्वकल्याण तथा शान्तिका लागि पहिलो पटक विराट महायज्ञको अनुष्ठान लाग्ने भएको छ ।
शैलेश्वर महादेव क्षेत्र विकास समिति अमरगढी नपा वडा नं. ७, ८ र नवदुर्गा गाउँपालिका वडा नं. १ को आयोजनामा शैलेश्वर महादेवस्थान (सल्लागडा) संगममा अवस्थित प्रसिद्ध धार्मिक क्षेत्रमा आगामी चैत्र २० देखि ३० गते सम्म शैलेश्वर अतिरुद्र विश्वकल्याण विराट महायज्ञ तथा धार्मिक महोत्सव लाग्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।
पवित्र तीर्थस्थल शैलेश्वर क्षेत्रको धार्मिक, सास्कृतिक एवं पर्यटकीय महत्वको प्रचार प्रसार गर्न, श्री शैलेश्वर महादेव भूमिराज मसानी देवताको मन्दिर नवनिर्माण गर्न, वैदिक सनातन धर्मको प्रचार प्रसार सँरक्षण र सम्वद्र्धन गर्न, युवावर्गमा आध्यात्मीक चेतनाको विकास गर्न, गौ संरक्षण तथा गौपालन सम्वन्धि चेतनाको विकास गर्न, लोपहुन लागेका लोक संस्कृति, लोककला स्थानीय वाजा तथा कलाको संवद्र्धन तथा पर्यटकिय विकासका लागि महायज्ञ तथा महोत्सवको आयउोजना गरिएको महायज्ञ व्यास तथा धार्मिक अभियन्ता पं.शा.जयप्रसद जोशीले बताएका छन ।
डडेल्धुरा सदरमुकामबाट ९ किलोमिटर मात्र टाढा शैलेश्वर क्षेत्रमा महायज्ञका लागि स्थानीयले महायज्ञको आवश्यक तयारी स्वरुप यज्ञमण्डप निर्माण, बिभिन्न स्थायी तथा अस्थायी संरचना निर्माण, दाउरा संकलन, आर्थिक संकलन लगायतका कार्यक्रमहरु युद्धस्तरमा भईरहेको शैलेश्वर महादेव भुमिराज देवता क्षेत्र विकास समिति अध्यक्ष तथा वडा नं. ७ का वडाअध्यक्ष खडक बहादुर बोहराले बताए ।
महायज्ञमा ५१ जना ब्राह्मणबाट १४६४१ आबृतिपाठ, श्रीमद्भागवद महापुराण पाठ, वेदपाठ, सप्तसतीपाठ, लक्षदीप, प्रज्वलन, सहश्रशालिग्राम परिक्रमा तथा पूजन, धान्याञ्चल दान, तुलादान, भूमिदान, अन्नदान, गोदान, सहश्रकलश परिक्रमा, नौमुठे गाईपूजन लगायत बिबिध कार्यक्रम भव्य रुपले सम्पन्न गर्न स्थानीय लोक बहादुर पालको संयोजकत्वमा १२८ सदश्यीय मूल आयोजक र ८ सदश्यीय अर्थ, १३ सदश्यीय भौतिक पूर्बाधार, ३ सदश्यीय ब्राम्ण व्यवस्थापन, ९ सदश्यीय प्रचारप्रसार तथा क्रियासिल पत्रकारको ७ सदश्यीय प्रचारप्रसार उप समिति पनि गठन गरिएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com