Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुरामा प्रदेश स्तरिय युवा प्रशिक्षण

Posted on August 26, 2022August 26, 2022
Share this post
       

अखण्ड सम्बाददाता
भाद्र १०, २०७९ डडेल्धुरा
डडेल्धुरा जिल्लामा एक हप्ते प्रदेश स्तरिय युवा योग प्रशिक्षण शिविर हुने भएको छ ।
पतंजली योग समिति युवा नेपाल तथा डडेल्धुराको आयोजनामा सुदूरपीश्चम प्रदेशका नौ वटै जिल्लाबाट सहभागि हुने ३२ जना र डडेल्धुराका सात स्थानीय तहबाट १४ जना गरि करिब ५० जना युवाहरुलाई योग, शारिरिक व्यायाम, बौद्धिक तथा सत्संग कक्षाहरु संचालन गरि भाद्र २० गते देखि २६ गते सम्म प्रशिक्षण शिविर सम्पन्न गरिने पतंजली योग समिति डडेल्धुराले जनाएको छ ।
सात दिवसिय उक्त आवासिय शिविरमा सहभागि युवाहरुलाई योग प्रशिक्षकको रुपमा उत्पादन गर्ने, समाजमा रहेको बिभिन्न बिकृति बिसंगतिहरु लक्षित चिन्तन र बिश्लेषण गरि नागरिकलाई आध्यात्मिक र नैतिक वल प्रदान गर्ने व्यवहारिक शिक्षाको बारेमा पतंजली योग समिति युवा नेपालका प्रमुख एवं प्रमुख प्रशिक्षक साध्वी देव विजया जीले बिहान ५ बजे देखि सन्ध्याकालिन समय सम्म तालिका बमोजिम कक्षा संचालन गर्ने कार्यक्रम रहेको बताईएको छ ।
शुक्रवार पत्रकार सम्मेलन गरि युवा योग प्रशिक्षण शिविरका बारेमा प्रकाश पार्दे पतंजली योग समिति डडेल्धुराका अध्यक्ष कैलाश कुमार पाण्डेयले सुदूरपश्चिम स्तरिय युवा प्रशिक्षण कार्यक्रमबाट युवा मात्र लाभान्वित नभई समाजलाई पनि सकारात्मक प्रभाब पर्ने र व्यक्तिगत स्वास्थ्य सुधारका साथै आध्यात्मिक चेतना अभिबृद्धि गर्ने विषयमा पनि टेवा पुग्ने बताएका छन ।
प्रशिक्षण कार्यक्रमका लागि आर्थिक संकलन समिति, हल व्वस्थापन तथा अथिति सत्कार समिति, सत्संग तथा सञ्चार समन्वय समिति, भोजन व्यवस्थापन समिति, सहभागि समन्वय तथा अभिलेख समिति, अथिति आवास व्यवस्थापन समिति गरि छ प्रकारको आयोजक समिति गठन गरि आवश्यक तयारीका लागि कार्य प्रारम्भ अगाडी पनि बढिसकेको पतंजली योग समिति सुदूरपश्चिम सह–प्रभारी गोबिन्द खडायतले जानकारी दिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com