टेकराज अवस्थी
६ माघ २०७९ डडेल्धुरा
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा ११ दिने प्रदेश स्तरिय महोत्सव आयोजना हुने भएको छ ।
“कृषि पर्यटन उद्योग र व्यापार, समृद्ध डडेल्धुराको आधार” भन्ने मूल नाराका साथ फागुन ४ देखि १४ गते सम्म संचालन हुने महोत्सवमा डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका बिभिन्न कला संस्कृति खेलकुद तथा औद्योगिक संभावनालाई उजागर र प्रबद्र्धन गर्ने उद्देश्यले पाँचौं व्यापार मेलाको रुपमा महोत्सव गर्न लागिएको आयोजक संस्था उद्योग बाणिज्य संघ डडेल्धुराले जानकारी दिएको छ ।
स्थानीय उत्पादन, स्थानीय कला संस्कृति र पहिचानलाई प्राथमिकता दिदै करिब ७२ लाख खर्च गरेर बिभिनन स्टल निर्माण तथा सुदूरपश्चिमका प्रसिद्ध पर्यटकिय क्षेत्रको हेलिकप्टरद्वारा अवलोकन,पश्चिम सेतीमा ¥याफ्टिङ, लोपोन्मुख भेषभूषाको प्रस्तुति सँगै ऐतिहासिक स्थलको अवलोकन गराउने कार्यक्रम पनि रहेको आयोजकले पत्रकार सममेलन मार्फत जानकारी दिएका हुन ।
देवभूमि, सुन्दर भूमि डडेलधुरामा सुदूरपश्चिमका हिश्रृंखला, प्रसिद्ध प्राकृतिक तथा धार्मिक क्षेत्र, ऐतिहासिक क्षेत्र, पर्यटकिय क्षेत्र, खप्तड लगायत बिभिन्न स्थानहरु र सम्पदाहरुको तस्वीर प्रदर्शनी सहित प्रमुख पर्यटकिय स्थलको जानकारी एवं भ्रमणको पनि व्यवस्था गरिएको जनाईएको छ ।
कार्यक्रममा चर्चित राष्ट्रि तथा स्थानीय कलाकारको साँगैतिक एवं हाँस्य कला प्रस्तुती, नृत्य तथा गायन प्रस्तसति, वाल उद्यान, योग शिविर सहित रमाईलो मेलाको रुपमा महोत्सवका आकर्षण प्रस्तुत गरिएको छ ।
महोत्सवमा १५१ स्टल रहने छन भने अवलोकन गर्न आउने दर्शकहरुका लागि प्रति व्यक्ति टिकट रु. ७५ र बिद्यार्थीलाई रु. ५० , बिद्यालय तथा क्याम्पसका बिद्यार्थीलाई बिद्यालयको पत्र सहित टोलीमा आउँदा १० प्रतिशत छुट, कर ख वर्गमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा निःशुल्क, ७५ वर्ष माथकिा जेष्ठ नागरिकलाई निःशुल्क, सिजनल टिकट रु.५०० र बिदेशी व्यक्तिलाई टिकट रु. १०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
महोत्सवमा हस्तकला, चित्रकला, कृषिजन्य उद्योग र महिला उद्यमीहरुलाई सहुलियत र बिबिध प्राथमिकताका आधार तथा दरमा स्टल उपलब्ध हुने पनि महोत्सवको प्रस्तावित कार्ययोजनामा उल्लेख गरिएको छ ।
कृषि जडीबुटि उपज तथा उद्यमीको उत्पादनको प्रदर्शनी र बजारीकरण, प्रचारप्रसार, लोकसंस्कृतिको जगेर्ना र प्रोत्साहन, कोरोना पछि नागरिकमा आएको त्रासबाट मनोरञ्जन गराउने, स्थानीय परिकारको प्रचारप्रसार, पालिका स्तरिय भलिवल प्रतियोगिता लगायतका बिबिध कार्यक्रमहरु प्रस्तुत र प्रदर्शनी गरिने महोत्सवमा करिब डेढलाख आगन्तुक तथा दर्शक रहने पनि अनुमान गरिएको छ ।
