Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुरामा निःशुल्क बिश्रामस्थल संचालनमा

Posted on August 4, 2022August 4, 2022
Share this post
       

अखण्ड सम्बाददाता
१९ श्रावण २०७९ डडेल्धुरा
डडेल्धुरा पुगेर अब वासस्थानको समस्या कसैले भोग्न नपरोस भन्दै सेवा दल डडेल्धुराले निःशुल्क बिश्रामस्थलको व्यवस्था गरेको छ ।
कोरोना महामारीका समयमा दर्जनौं मानविय सेवा गरेको सेवा दलले डडेल्धुरा आईपुग्ने तर आर्थिक अभाव तथा प्रतिकुल समयको कारणले बासस्थानको समस्या परेका अमरगढी आगन्तुकहरुलाई श्री कृष्ण प्रसाद भट्टराई स्मृति प्रतिष्ठान भवनमा निशुल्क बिश्राम स्थलको व्यवस्था गरेको प्रतिष्ठान अध्यक्ष तथा पूर्व प्रदेश सभा सदश्य कर्ण बहादुर मल्लले जानकारी दिएका छन ।
सेवा नै धर्म हो भन्ने मूल मर्मका साथ डडेल्धुरा सदरमुकाममा पुग्ने अथितिहरुलाई राती बस्ने व्यवस्थाका लागि निःशुल्क छ वटा वेड सहित व्यवस्थापन गरिएको र यो मानवतावादी अभियान निरन्तर संचालनमा रहने श्री कृष्ण प्रसाद भट्टराई स्मृति प्रतिष्ठानका सचिव तिलक हमालले बताए ।
अथितिदेवो भव सत्कार तथा बासस्थान व्यवस्थापन सहयोगका लागि प्रतिष्ठानका पदाधिकारीलाई सम्पर्क गर्न आम सर्बसाधारणलाई सूचित पनि गरिएको प्रतिष्ठानका उपाध्यक्ष करुणाकर भट्टले जानकारी दिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com