अखण्ड सम्बाददाता
१९ श्रावण २०७९ डडेल्धुरा
डडेल्धुरा पुगेर अब वासस्थानको समस्या कसैले भोग्न नपरोस भन्दै सेवा दल डडेल्धुराले निःशुल्क बिश्रामस्थलको व्यवस्था गरेको छ ।
कोरोना महामारीका समयमा दर्जनौं मानविय सेवा गरेको सेवा दलले डडेल्धुरा आईपुग्ने तर आर्थिक अभाव तथा प्रतिकुल समयको कारणले बासस्थानको समस्या परेका अमरगढी आगन्तुकहरुलाई श्री कृष्ण प्रसाद भट्टराई स्मृति प्रतिष्ठान भवनमा निशुल्क बिश्राम स्थलको व्यवस्था गरेको प्रतिष्ठान अध्यक्ष तथा पूर्व प्रदेश सभा सदश्य कर्ण बहादुर मल्लले जानकारी दिएका छन ।
सेवा नै धर्म हो भन्ने मूल मर्मका साथ डडेल्धुरा सदरमुकाममा पुग्ने अथितिहरुलाई राती बस्ने व्यवस्थाका लागि निःशुल्क छ वटा वेड सहित व्यवस्थापन गरिएको र यो मानवतावादी अभियान निरन्तर संचालनमा रहने श्री कृष्ण प्रसाद भट्टराई स्मृति प्रतिष्ठानका सचिव तिलक हमालले बताए ।
अथितिदेवो भव सत्कार तथा बासस्थान व्यवस्थापन सहयोगका लागि प्रतिष्ठानका पदाधिकारीलाई सम्पर्क गर्न आम सर्बसाधारणलाई सूचित पनि गरिएको प्रतिष्ठानका उपाध्यक्ष करुणाकर भट्टले जानकारी दिएका छन ।
