Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुरामा जनतासँग उम्मेदवार बहश

Posted on May 8, 2022May 8, 2022
Share this post
       

अखण्ड सम्बाददाता, २०७९बैशाख २५ गते आईतवार

डडेल्धुराको सदरमुकाममा जनतासँग अमरगढीका उम्मेदवार बिच सार्बजनिक बहश कार्यक्रम सम्पन्न गरिएको छ ।
यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनका लागि अमरगढी नगरपालिकाको नेतृत्वमा उम्मेदवारी दिएका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई एकै मञ्चमा राखी डडेल्धुराको सामुदायिक रेडियो अमरगढी एफएमको आयोजनामा रेडियो कार्यक्रम अन्र्तगत पोलिटिकल अप्रेसन बिशेष अंकको रुपमा जनतासँग उम्मेदवार बशहशमूलक कार्यक्रम गरेको आयोजकले बताए ।
बहशमा सर्बसाधारणले सहभागि उम्मेदवारलाई तपाइसँग अमरगढीका लागि के योजना छन, तपाईलाई भोट किन लगायत प्रश्न तथा जिज्ञासाहरु राखे पछि उम्मेदवारले प्रश्नकर्ताको जवाफ दिएका छन ।
डडेल्धुरा बसपार्कमा सम्पन्न बहश कार्यक्रममा प्रश्नकर्ता उपस्थित उम्मेदवारहरुले अमरगढी नगरपालिकामा उम्मेदवारी दिनुको कारण र अमरगढीको भविष्यका लागि आ–आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए भने सहभागि नागरिक सर्बसाधारणले थप जिज्ञासा र प्रश्नहरु गरेका थिए ।
प्रश्नको जवाफ दिदै राजनीतिक दलको तर्फबाट प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका अथितिले पार्टीको घोषणापत्र बमोजिम र स्थानीय आवश्यकतालाई दृष्टिगत गरि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।
सुशासन आर्थिक समृद्धि र स्वाभिमान, स्थानीय सरकारमा कुशल नेतृत्व हाम्रो अभियान भन्ने बहश कार्यक्रममा अमरगढीमा नेतृत्व पदमा उम्मेदवारी दिएका नेपाली काँग्रेस वी.पी.का प्रमुख पदका उम्मेदवार हरि प्रसाद भट्ट,उपप्रमुखका उम्मेदवार नेकपा एमालेका नेता यज्ञराज अवस्थी, नेपाल कम्युनिष्ट पार्टीका एकिकृत समाजवादीबाट प्रमुख पदका उम्मेदवार संगिता भण्डारी, जनता समाजवादी पार्टीबाट प्रमुख पदका उम्मेदवार चन्द्रभान पार्की, राप्रपाका प्रमुख पदका उम्मेदवार उम्मेदवार गणेश भण्डारी र उपप्रमुखका उम्मेदवार कबिता जोशी मात्र सहभागि भएका थिए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com