Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुरामा अन्र्तराष्ट्रिय योग दिवस

Posted on June 21, 2023June 21, 2023
Share this post
       

प्रदिप भट्ट

अखण्ड समाचारदाता
६ अषाढ २०८०, , डडेल्धुरा

“मानवताका लागि योग” भन्ने मूल नाराका साथ डडेल्धुरामा पनि नवौं अन्र्तराष्ट्रिय योग दिवस भव्य रुपमा मनाईएको छ ।
बुधवार योग अभ्यास हल कीर्तिपुर डडेल्धुरामा नियमित अभ्यास तथा पञ्चकर्म सुत्रनेती प्रदर्शनी, नयाँ जारी भएको योग प्रोटोकलहरुको प्रदर्शनी, यौगिक गित वाचनसँगै सम्पन्न भएको दिवसमा योग तथा आयुर्बेदको महिमा र महत्वको बारेमा प्रकाश पार्दै बिबिध कार्यक्रम गरेर मनाईएको हो ।
प्रत्येक वर्ष अषाढ ६ गते मनाईएने अन्र्तराष्ट्रिय योग दिवसको पूर्व निर्धारित कार्यक्रम सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदश्य,आन्तरिक मामिला तथा कानून मन्त्री स्व. पृथ्बी बहादुर सिंहको मंगलवार बझाङ जिल्लाको केदारस्युँ गापा १ जुवालीखेतमा आफै चढेको जिप दुर्घटनामा परि धर्मपत्नी अमृता देवी सिंह तथा भाउजु जया देवी सिंह सहितको अकल्पनिय निधन प्रति शोक जनाउँदै प्रभातफेरी एवं फलफूल बितरण महत्वपूर्ण कार्यक्रम स्थगित गरि उपस्थितिका बिच योगका बिबिध पक्षमा चर्चा गरि सम्पन्न गरिएको हो ।
दिवस कार्यक्रममा डिभिजन वन कार्यालयको तत्वाबधानमा घटाल पातीहाल्ला सामुदायिक वन उपभोक्ता समूह, अमरगढी नगरपालिका, अनपा वडा नंं २ र पतंजली योग समिति डडेल्धुराको सहकार्य सहयोगमा अमरगढी उद्यान परिसर भित्र जडीबुटि उद्यान तथा योग साधना केन्द्र स्थापना गरिने निर्णय पनि पतंजली योग समिति डडेल्धुराले गरेको छ ।
कार्यक्रममा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र डडेल्धुराका आयुर्बेद चिकित्सक डा. सत्यराज जोशीले योगले मानविय चेतना, आध्यात्म प्रतिको जागरण अभिबृद्धि गर्ने र व्यक्ति समाज हुँदै देश स्वस्थ र समृद्ध बनाउने कुरामा भुमिका खेल्ने बताउदै रसाईनिक औषधि भन्दा आयुर्बेदिक औषधि असर रहित हुने भएकाले योग अभ्यास नियमित गरि आयुर्बेदिक औषधि पनि नियमित सेवनमा जोड दिएमा मात्र सम्पूर्ण मानव समुदायको हित हुने बताउनु भयो ।
साथै योग दिवसकै अवसर पारी प्रसिद्ध भगवती मन्दिर श्री उग्रतारा परिसरमा अन्र्तराष्ट्रिय रुपमा छनौट भएका ४८ प्रकारका बोटबिरुवाहरु रोपण गरि ४८ वटा चौतारा पनि निर्माण गरिने कार्यक्रम रहेको डिभिजन वन कार्यालयका कार्यालय प्रमुख रामबिचारी ठाकुरले जानकारी पनि दिनु भएको छ ।
पछिल्लो समय योग तथा आयुर्बेद प्रतिको आम जनसमुदायमा आकर्षण बढदै गए पछि कीर्तिपुर हलमा बढदै गएको साधकहरुको चापलाई स्थान बिशेष व्यवस्थापन गर्न सदरमुकामको मुख्य बजार क्षेत्र बागबजारलाई लक्षित गरि पतंजली योग समिति डडेल्धुराको बिशेष पहलमा वन कार्यालयले योग अभ्यास केन्द्र निर्माण लागिएको हो भने गत जेठ १३ गते सम्पन्न डडेल्धुरा योग महोत्सव पश्चात सदरमुकामको केन्द्र खलंगा क्षेत्रको टुँडिखेलमा योग अभ्यास नियमित संचालन भईरहेको पतंजली योग समिति डडेल्धुराका प्रभारी कैलाश कुमार पाण्डेयले जानकारी दिनु भयो ।
दिवसकै अवसर पारी नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा शाखासँग समन्वय सहकार्य गरि ईच्छुक योग साधकहरुका लागि रक्तदान गर्ने कार्यक्रम पनि रहेको पतंजली योग समिति सुदूरपश्चिम सहप्रभारी गोबिन्द खडायतले जानकारी दिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com