नेपाली काँग्रेस डडेल्धुराका पूर्व सभापति रामचन्द्र चटौतले आगामी आम निर्वाचनका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले अभिव्यक्त गरेका भाषणमा कुनै नयाँपन र ईमान्दारितापूर्वक काम हुने प्रतिबद्धता नदेखेको बताएका छन ।
प्रजातन्त्रको पुर्नबहाली पश्चात पहिलो पटक भएको निर्वाचनमा पनि उहि मुद्धा उहि अनुहार, उहि प्रबृति र उहि पटक पटकको प्रतिबद्धता देखेर देउवाजी प्रति दया लागेर आयो । गृहमन्त्री हुँदा २०५१ होस वा प्रधानमन्त्री भए पछिको निर्वाचन २०५६ होस उहि कुरा सुन्दा सुन्दा डडेल्धुराका जनता थाकिसके ।
वास्तवमै भन्ने हो भने देउवाजी डडेल्धुराको विकास चाहनु हुन्न भन्ने प्रमाण म नै हुँ भन्दै दाबी पनि चटौतले गरे, तत्कालिन समयमा जिल्ला विकास समितिको मुख्य बैठकमा अनिवार्य सहभागिता हुने चटौत शेर बहादुर देउवाका पनि विश्वासिला पात्र को रुपमा मात्र देउवाजीले उनलाई प्रयोग गरिएको थियो । तर आज उहाँ भन्नुहुन्छ २०४८ देखि २०७९ सम्म आई पुग्दा उहि ऐजेण्डा बाहेक जनतालाई उहाँले जनमतबाट प्राप्त सत्ता र शक्तिको प्रयोग कहाँ र के का लागि गर्नु भयो भन्न सक्नु हुन्छ ? भन्दै रोष प्रकट पनि गरे ।
आज उहाँका मतियारहरु भन्दैछन डडेल्धुरामा यो बनाउँदै छौं त्यो बनाउँदै छौं र योजना तयार भएका छन भनेर । उनिहरुसँग पनि कुनै योजना छैन र देउवासँग पनि केहि भिजन छैन । छ त केवल सत्तालोलुप्ताको लोभ र मोह मात्र ।
तपाईले दिएको होईन सुदूरपश्चिमको प्रदेश राजधानी डडेल्धुरामा कायम गरिनु पर्ने लगायत समग्र विकासको प्रस्ताव योजना सहितको सात बुँदे ज्ञापनपत्र, कहाँ गयो जनताको माग ? पंत्रिकारलाई प्रतिप्रश्न गर्दै स्मरण पनि गराए । म पार्टीको सभापति हुँदै गर्दा २०५३ मा मलाई अमरगढी नगर विकास समितिको अध्यक्ष पनि बनाए, हामीले धेरै अध्ययन अनुसन्धान र विषयगत क्षेत्रको बर्गिकरण गरेर बिस्तृत अबधारणा योजना पनि तयार गरेका थियौं, त्यो सर्बदलिय र विषयगत कार्यालयका कर्मचारी र व्यवसायी सहितको सर्बपक्षिय विकास समितिले अत्यन्त मेहनेत गरेर डडेल्धुराको सर्बाङ्गिण विकासको खाका कोरिएर तयार पारेको योजना अहिलेका प्रदेश सामाजिक विकास मन्त्री गोबिन्द बोहरा र अहिलेकै प्रधानमन्त्री देउवाले यो हुँदैन भनेर असफल गराएका हुन । अहिले अब उनलाई किन विकास चाहियो ? ईमान्दार कार्यकर्तालाई पाखा लगाउँदै गएपछि चारैतिरबाट चुनौति जब थपियो अनि होश आए जस्तो छ भन्दै मर्ने बेला हरियो काँक्रो । चुनाव जित्न हम्मे हम्मे भयो अनि घैंटोमा सुर्यास्तको घाम लाग्ला जस्तो भएछ ।
स्याउले देखि पोखरा सम्मको राजमार्ग करिडोरको अबधारणामा ग्रिन सिटि निर्माण गर्ने प्रस्तावनामा उल्लेख गरिएको थियो । देशकै नमूना सिटकिो रुपमा विकास गरि क्षेत्रगत तथा विषयत रुपमा बिभिन्न बहुउद्देश्यीय योजना हामीले ल्याएका थियौं, घटाल डोटी क्षेत्रको तरकारी फार्म भन्दा माथी ड्याम राखेर नैनिताल जस्तै तलाउ बनाउने, त्यो जलश्रोतलाई सिंचाईमा र सदरमुकाममा लिफ्ट सिस्टमबाट अतिरिक्त पानीको व्यवस्था मिलाउने, चारैतिर ग्रिन प्लान्ट सहितको पक्की टुरिष्ट सडक बनाउने प्रस्तावमा तत्कालित डोटी घटाल गाउँ विकास समितिले स्थानीय बासीको सहमतिलाई समर्थन गर्दै साधारण सभाबाट पारित गराईएको स्मरण गर्दै ंपारी वनमा रिसोर्टका लागि निश्चित जग्गा चलनभोग गर्ने गरि लिजमा जग्गा उपलब्ध गराउने र दार्जिलिङ्ग जस्तै शहर बसाउने पर्यटकिय आधारस्तम्भ सहित रहरका साथ योजना बनायौं तर तत्कालिन प्रधानमन्त्री देउवाजीले यो कसरी हुन्छ यार धेरै पैसा चाईन्छ भन्दै प्रस्तावनालाई नपढिकनै रिजेक्ट गरेका हुन ।
आर्मी ब्यारेक भन्दा यता राजमार्ग एरियामा चालिसा सम्म होटल क्षेत्र, वन कार्यालय पछाडी मालम दोबाटा सम्म मिनि पार्क र भ्यू टावर सहितको व्यवस्थित बजार क्षेत्र, व्यवस्थित बसपार्क टर्मिनल, अहिलेको बागबजार क्षेत्रमा फेरलेन पार्क स्टाईलको ग्रिन सडक, टुँडिखेलमा रंगशाला जो अहिले उपेक्षित छ टुँडिखेलमा रंगशाला भउको भए त्यस क्षेत्रका जनताको पनि जीवनस्तर माथी उठने थियो आज हरेक कार्यक्रम बसपार्कमा गर्नु पर्ने बाध्यता छ ऐतिहासिक र सामरिक महत्व बोकेको बजारको ईतिहास मेटाउने काम भएको छ डडेल्धुरा आउने हरेक बाहिरका मान्छेलाई डडेल्धुराबासीको बेईज्जत भईरहेको छ । अहिलेको डडेल्धुरा सदरमुकाम त यहाँका स्थानीय बासिन्दा, व्यवसायीहरुले पौरख गरेर बनाउका हुन, केहि मानिस द्वन्दकालमा बिस्थापित भएर सुरक्षाका लागि सदरमुकाम आएर जीवन धान्न केहि काम गर्न थाले, केहिले बैं ऋण काढेर घर बनाए व्यवसाय बढाए र अहिलेको स्वरुपमा आउको हो, यसमा देउवाको केहि योगदान छैन बरु उनलाई त लाज लाग्नु पर्ने चुनावी कार्यक्रम पनि बसपार्कमा गर्नु पर्ने ।
टुँडिखेलको उत्तर पूर्व देखि कीर्तिपुर बजार क्षेत्रसम्म बसोबास क्षेत्र, साविक खलंगा बजार अथवा पुरानो सदरमुकाम अड्डागौडालाई संरक्षण गरि पुरानै संरचनालाई पर्यटकिय आकर्षण बनाउने, पुरानो हवाईग्राउड, आईतबजार भन्दा माथी रहेको बिरादे सल्लावन वा भजनेउटा एरियामा एयरपोर्ट, पुरानो सबसेन्टर देखि पोखरा रावलतोली सम्मको पश्चिमी क्षेत्रमा शैक्षिक करिडोरको रुपमा सर्भे गरि योजना बनाएका थियौं ।
लगायत डडेल्धुरालाई देशकै नमूना शहर बनाउने र डडेल्धुरा हेर्न पर्यटक गन्तव्य बनाउने सोचका साथ अघि बढदा पनि देउवाजीले साथ दिनु भएन यता मलाई राजनीतिक रुपले पनि कमजोर बनाउने खेल पनि खेलियो अनि म राजनीतिक जीवनबाट निस्क्रिय भएको हुँ । त्यो काम यदि क्रमागत रुपमै भए पनि शुरु हुन पनि पाएको भए आज यो डडेल्धुराको दुर्दसा हुने थिएन ।
त्यहि समृद्ध अमरगढीको सपना बोकेको योजना शान्ति सम्झौता पश्चातका अमरगढी नगर विकास समितिका अध्यक्ष राम ताम्राकार र टेकराज भट्ट “शक्ति” ले पनि थप बिस्तृत अध्ययन गरेर श्रव्यदृष्य सहितको डकुमेन्ट्री निर्माण गरि मन्त्रालय धायेका थिए तर देउवा जीको सहमति बिना मन्त्रालयमा काम अगाडी नबढे पछि उनिहरु पनि निरास भएको खबर मैले सुन्दा दिक्क लागेर आयो उनले भने ।
अहिले पनि उनको आँखा खुलेको छैन, भोटका लागि मात्र जे पनि बोल्दिने, काम चाई सिन्को नभाँच्ने नियत देउवाजीको हो । उहाँ चाकडी गर्ने केहि मतियारहरुको स्वार्थपूर्तिमा ध्रतराष्ट्र बन्दै हुनुहुन्छ, उनलाई पटक पटक दाई यसो गरौं भन्दा पनि नमान्ने, नगरौं भन्दा पनि नमान्ने उल्टो यो मेरो विपक्षमा हो कि भन्दै लखेटन शुरु गर्ने सामन्ती मानसिकता र प्रबृति बिद्यमान छ, डडेल्धुराका पुराना प्रजातन्त्रबादी नेताहरु तारि सिंह बोहरा, नर बहादुर ठकुराठी, डम्बर गैराल, बेलापुरका पदम बहादुर साउँद, अजयमेरुका हिक्मत बहादुर ऐर जस्ता सोझासाझा र ईमान्दार कार्यकर्तालाई पनि निस्क्रिय हुन बाध्य पारे । हामीले पटकपटक डडेल्धुराको विकासका मुद्धा उठायौं, जनताको अभिमत प्रति सचेत पनि गरायौं तर राणाका ज्वाँई साहेब हाम्रो कुरा किन सुनिबक्सिन्थ्यो र भन्दै उनबाट डडेल्धुराका जनताले विकासको अपेक्षा राख्नु मूर्खता हुने र भावी पुस्ताले धिक्कार्ने पनि बताए ।
डडेल्धुरा काँग्रेसको प्रतातन्त्र पश्चातको पहिलो सभापति रहि संगठनलाई जिल्लाका गाउँबस्ती र टोलटोल सम्म जागरण ल्याउन क्रियासिल रहेका प्रजातन्त्रबादी नेता रामचन्द्र चटौत केहि नभएर र नपाएर राजनीतिमा आएका व्यक्ति होईनन, शिक्षक पेशाबाट राजिनामा गरेर समाजसेवा गर्ने पवित्र ध्येयका साथ प्रजातन्त्रको पक्षमा पञ्चायतकालमा प्रचारप्रसार र भुमिगत रुपमा सक्रिय रहेका व्यक्ति हुन तर बिडमबना यस्ता ईमान्दार र कर्ममा विश्वास राख्ने समाजसेवी कार्यकर्ता पार्टीको सुप्रिमोसँग सँग रहन सकेनन ।
अमरगढी नगर विकास समितिले तयार पारेको योजना अगाढी नबढनुमा तितो यतार्थ र स्मरण गर्दै समाजसेवी चटौतले भने यो योजना कार्यान्वयन नहुनुमा डडेल्धुराबासीका लागि दुर्भाग्य भएको बताउँदै डडेल्धुरा सदरमुकाम डडेल्धुराबासीका लागि मात्र नभई समग्र सुदूपश्चिमबासीका लागि गन्तव्य हुन्थ्यो, पर्यटक बेस क्याम्प बन्ने थियो, त्यो मोडेलमा गएको भए आर्थिक राजधानी डडेल्धुरा हुन्थ्यो, तर के गर्ने त्यो अवसर हालका बहालवाला प्रधानमन्त्रीका कारणले डडेल्धुराबासीले गुमाएका हुन ।
डडेल्धुराबासी प्रधानमन्त्री पाईयो भन्दै गर्ब गर्छन हामीले गर्ब गरेका हौं तर सधैभरि गर्ब मात्र गर्ने कि अधिकार पनि खोज्ने ?उहाँले पाएको पद र प्रतिष्ठाको डडेल्धुराबासीले के पाउने ? उहाँ त्यत्तिकै सत्तामा गएका त होईनन डडेल्धुराबासीको छ पटक सम्म न्यानो माया र अमूल्य मत पाएका हुन जसको उहाँले अबमूल्यन र अपहेलना त गर्नु भयो नै अब जीवनको उत्तरार्धमा अब केहि गर्नु हुन्छ भन्नेमा म विश्वस्त छैन । त्यसै पनि उहाँले अब अन्तिम पटक भन्दै हुनुहुन्थ्यो रे, जो जितेर गए पछि पाँच वर्षमा एक पटक मात्र आउँछ त्यो मान्छे अन्तिमपटक भनिरहँदा जिल्लामा कति आउलान तपाई आफै सोच्नुस ।
राजनीतिक अस्थिरताका बिच पनि सत्ताको स्वाद चाखेको काँग्रेसलाई ट्रयाकमा ल्याउन हाम्रो नजिकको नेता, हाम्रो जनप्रतिनिधि, जनताको प्रतिनिधि भनेर डडेल्धुराको शान भन्दै छाती फूलाएर काठमाण्डौं जाने, देशको समसामयिक कुरा राख्ने र भ्रष्टाचारको विषयमा पनि ध्यानाकर्षण गराउँदा विश्वव्यापी समस्या र आम विषय भन्दै टाल्ने गर्नुहुन्थ्यो, यस्तै जिल्लाको समग्र बस्तुगत कुरा राख्दा जति हामी खुशी हुने गर्दथ्यौं त्यत्तिकै निरास पनि । अन्ततः शेर बहादुर दाईको मनोविज्ञान, धारणा प्रतिक्रिया, विषय प्रतिको महत्व र कार्यशैली हेरेर सँगै बस्न नसकिएको प्रष्ट पारे ।
बौद्धिक नेता चटौतले पार्टीको जिल्ला सभापति र अमरगढी नगर विकास समिति अध्यक्ष रहँदा जिल्लाको शैक्षिक अवस्थाको बिस्तृत अध्ययन गरेर कलेज र रोजगारीको संभावनालाई सम्बोधन हुने गरि प्रतिबेदन पनि तयार गरेको तर त्यो पनि कार्यान्वयन नभएको नेपाली काँग्रेस पूर्व जिल्ला कार्य समिति सचिव लोकराज भट्टले बताए ।
उनै जनताका प्रिय नेता पर्शुराम संस्कृत महाबिद्यालयका अभियन्ता, लामो समयको राजनीति एवं निस्क्रिय राजनीतिक जीवन पछि पुन राजनीतिमा परोक्ष रुपमा राजनीतिक आवरणमा आएका छन, जिल्लाको भूगोल, धार्मिक साँस्कृतिक र बहुसामाजिक परिबेश तथा चरित्र र अवस्था बुझेका समाजसेवी बौद्धिक र शालिन व्यक्तित्व रामचन्द्र चटौत जस्ता धेरै नेता कार्यकर्ता भनसुन बिकृति र चाकडीबाजको शिकार भएका छन ।
आज उनिसँगै नेपाली काँग्रेस बिभाजित गर्ने देउवाको पक्षमा ज्यान जोखिममा पार्ने अधिकांश नेता मूलधारको राजनीतिबाट अलग्गिएका छन, जसले देउवाद्वारा लादिएको ससस्त्र जनयुद्ध र संकटकालका समयमा कति पिडा खेप्नु परयो त्यसको उदाहरण त उनकै कार्यकर्ता नैनसिंह महरले उजागर गरिसकेका छन नि भन्दै द्वन्दकालमा काँग्रेसको साख बचाउने काम देखि बिद्रोहि पक्षसँग निडर र निर्भिक भएर संघर्ष गर्ने, घाँटी थाप्न तयार हुने, कार्यकर्ताको भावना माथी खेलवाड देउवाले गरेको उनले बताए ।
तपाईलाई थाहा छ ? द्वन्दकालमा कति जना मारिए, कति अंगभंग भए, कति जनाको श्रीसम्पति लुटियो कुटियो, कतिका घर घरमा आगजनी भयो, किन भयो कसका कारणले भयो ? के नैतिकताले आज डडेल्धुराबासीसँग भोट माग्दैछन ? संकटकाल लगाएकै कारण डडेल्धुराबासीलाई देशका जनताले हामीलाई गाली गरे, डडेल्धुराका जनताको अभिमतको किन अपमान भयो, ति द्वन्द पिडितको अवस्था के छ कहिल्यै हेर्नु भयो ? केहि दिनु भयो ? यो बारेमा देउवा किन बोल्दैनन किनकी उनलाई मात्र सत्ता प्यारो छ ज्यान सुरक्षा चाहिएको छ जसरी पनि ।
देउवा जी अब डडेल्धुराबासीका नेता अभिभावक रहेनन, उनि हेलिकप्टरमा आउने शान देखाउने, जनतासँगको प्रत्यक्ष भेटघाट कहाँ हुन्छ उनसँग कसले दःख पिडा पोख्न पाएका छन प्रधानमन्त्रीसँग कुन मतदाताका के समस्या छन चाहे त्यो व्यक्तिगत होस वा सार्बजनिक, जनताको पहुँच भन्दा टाढा पुगिसकेका देउवासँग आशा गर्नु भ्रममा पर्नु मात्र हो । सत्तामा टिक्न अनैतिक समबन्ध गाँसेर उनले ऐतिहासिक पार्टीको मूल्य मान्यता र संगठन त ध्वस्त पारे पारे देश पनि ध्वस्त पार्दैछन, उनको नियत र कार्यप्रणाली त देशभरिका जनताले देखिसकेका छन, अब डडेल्धुराबासी सचेत हुनै पर्दछ त्यसका लागि उपयुक्त समय आईसकेकोले विवेक पुु¥याउन पनि डडेल्धुराबासीलाई सुझाएका छन ।
(अखण्ड खबर अनलाईनका प्रकाशक तथा कार्यकारी सम्पादक टेकराज अवस्थीसँग गरिएको समसामयिक कुराकानी, संक्षिप्त कुराकानी अडियो भिडियोमा)
यो सन्देश पढिसके पछि सत्य हो या पूर्वाग्रही हो जानकार व्यक्तित्वसँग वास्तविकता बुझ्ने प्रयास गर्नु होला र सभ्य ढंगले प्रतिक्रिया पनि दिनु हुनेछ भन्ने अपेक्षामा छौं ।