Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुराका तिन जना कृषक सम्मानित

Posted on April 23, 2023April 23, 2023
Share this post
       

अखण्ड सम्बाददाता
१० बैशाख २०८० डडेल्धुरा
डडेल्धुरा जिल्लाका तिन जना कृषक भिमदत्त उत्कृष्ट कृषकको रुपमा पुरुष्कृत भएका छन ।
सुदूरपश्चिमका चर्चित क्रान्तिकारी किसान नेता सहिद भिमदत्त पन्तको नामबाट स्थापित उत्कृष्ट कृषक पुरुस्कार पाउनेमा प्रिन्स अवस्थी, प्रसाद अवस्थी र लाल बहादुर डाला रहेका छन ।
सुदूरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय क्षेत्रीय कृषि निर्देशनालयबाट छनौट भएका उत्कृष्ट कृषकलाई जनही २५ हजार नगद रकम सहित प्रमाणपत्र दिई सार्बजनिक कार्यममा सम्मान गरिएको हो ।
उत्कृष्ट किसानहरुलाई जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारी, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने र निर्देशनालयका प्रमुख गोकुल बोहराले पुरुष्कृत गर्नु भएको थियो ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुखको अध्यक्षतामा सम्पन्न भउको पुरुस्कार बितरण कार्यक्रममा वक्ताहरुले व्यवसायिक रुपमा कृषि गर्ने, रोजगारी प्रदान गर्ने र प्रेरणाका श्रोत बनेका अगुवा किसानहरुलाई प्रदेश सरकारले हौसला स्वरुप सम्मान गरेको र उहाँहरुको परिश्रम तथा लगानीको सुनिश्चिता राज्यले गर्नु पर्ने धारणा राखेका छन ।
कार्यक्रममा कृषिको बिकल्प नभएको र अन्नदातालाई सम्मान गर्ने परम्पराको विकास गर्नुका साथै बिदेशिएका युवाहरुलाई स्वदेशमै कृषि गरेर आर्थिक समृद्धि तथा देश विकासमा लाग्ने बाताबरण बनाउने काम राज्यका तिन वटै तहहरु केन्द्रीत हुनु पर्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि र सहभागि किसानहरुले राखेका छन ।
कृषकहरुले प्रदेशका नौ जिल्लामा प्रत्येक जिल्लाबाट तिन जनाको दरले उत्कृष्ट र एक जना सर्बाेत्कृष्ट कृषक छनौट हुने गरेको मन्त्रालयले जनाएको छ ।
जिल्लाका बिभिन्न पालिकाबाट आएका किसानहरु, पालिकाका कृषि तथा शाखाका प्रतिनिधिहरु, कृषि तथा भेटेरिनरी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु र कृषि निर्देशनालयका प्रतिनिधिहरु सहभागि रहेको पुरुस्कार बितरण समारोहमा पुरुस्कृत पश्चात उत्कृष्ट कृषकहरुले आफूहरुलाई थप हौसला र जिम्मेवारी बढेको प्रतिक्रिया दिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com