Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

टुंगियो गौरा पर्वको तिथीमिति

Posted on July 21, 2023July 21, 2023
Share this post
       

अखण्ड सम्बाददाता
२०८० श्रावण ५ डडेल्धुरा
सुदूरपश्चिमेलीहरुको महान चाडपर्व गौरा पर्व भाद्र महिनाको पहिलो साता नै शुरु हुने भएको छ ।
नेपाल सरकारको आधिकारिक संस्था नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको विज्ञप्ती अनुसार श्री ॐकार सनातन हिन्दु प्रतिष्ठान जिल्ला कार्य समिति डडेल्धुराले धर्म संस्कृति विज्ञहरुसँग छलफल गरि प्राप्त राय सल्लाह बमोजिम मिति २०८० साल श्राबण २ गतेको राष्ट्रिय पञ्चांग समितिको बिज्ञप्ती अनुसार उक्त धार्मिक पर्व दुर्वाष्टमी र गौराष्टमी पर्वका लागि सर्बोत्तम मानक र प्रमाणिक दिन भएकोले भाद्र ७ गतेका दिन नै गौरापर्ब मनाउन सिफारिस गरे पछि उत्पन्न विवाद समाधान भएको प्रतिष्ठान जिल्ला अध्यक्ष तिलक हमालले जानकारी दिनु भयो ।
२०८० को चाडपर्व निर्णय अनुसार श्रावण २ गते अधिकमास शुरु भई श्रावण ३१ गते समाप्ती हुने र अगत्योदय भन्नाले अगस्ति ऋषि अर्थात अगस्ति ताराको उदय हुने अथवा पश्चात धर्म सिन्धु, पौराणिक बचन सहित निर्णयसिन्धुमा उल्लेख भए बमोजिम भाद्र २० गते भाद्र कृष्ण सप्तमी नै भएकोले दुर्वाष्टमी मनाउन नमिल्ने भएकाले भाद्र ७ गते दष्टमीका दिन नै दुर्वाष्ठमी गौरुा पूजा अर्चना गर्न सकिने विषयमा दुबिधा नरहेको धर्मशास्त्रिी तथा संस्कृतिबिदहरुले निष्कर्श निकालेका हुन ।
बेदसिद्ध मान्यता र विज्ञान सुत्रका आधारमा अगत्योदय पश्चात दुर्वाष्ठमी मनाउन निषेध गरिएकोले बिभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा सार्बजनिक भचएका विवाद तथा बिरोधाभाष प्रसंगहरु को खण्डन गर्दै निराधार भएको विषयमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कुनै पनि भ्रममा नपरि भाद्र ४ गते नाग पञ्चमीका दिन नै बिरुडा पञ्चमी शुरु भई ७ गतेका दिन बिधिवत रुपमा गौरामहेश्वर भगवानको पूजाआराधना तथा अर्चना गरि भव्य रुपमा पर्व मनाउन उचित हुने सिफारिस गरिएको शास्त्री रामप्रसाद पाठकले बताउनु भयो ।
सुदूरपश्चिमको एकताको प्रतिक तथा सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व बिरुडा पञ्चमीका दिन बिधिवत रुपमा बिहानै देखि घर लिपपोत गरि साँझपख घरमा पञ्च दलहन गेडागुडी अथवा बिरुडा बिधिवत रुपमा भिजाई गौरा पर्व प्रारम्भ भएको मान्ने परम्परा रहिआएको छ ।
पञ्चदलहन गहत मास केराउ कलाउँ र चना मिसाएर तामाको भाँडोमा टिका दुबो लगाई गाउँघरमा सामूहिक रुपमा घरघरमा गौरा माताको प्रसादको रुपमा रहेको बिरुडा राखिन्छ भने भोली पल्ट नजिकको जलाशय पानी पधेँरोमा गएर धाई पखाली घरमा ल्याउने प्रचलन रहेको छ ।
पञ्चघाँस काँसकुश अपामार्ग वल तिल पहेंलो गुबोलाई गौरा माताको प्रतिकको रुपमा भित्र्याउदै गौरा माताको प्रसाद तथा गौरामहेश्वरको पूजाको अक्षताको रुपमा शाश्त्रिय पूजा अनुष्ठान गरि हिन्दु महिलाहरुले भव्य रुपमा मनाउने चलन रहि आएको छ ।
सुदूरपश्चिमका जनता र विशेष गरि महिलाहरुका लागि जीवनशैलीसंग गांसिएको नारीहरुको महत्वपूर्ण महानचाड गौरापर्वमा भगवान शिब लाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि भाद्र शुक्ल पंचमी देखि दुर्वाष्ठमी तथा बिसर्जन नहुँदा सम्म एक हप्ता भव्यताका साथ मनाईन्छ ।
बिभिन्न जनश्रुति भए पनि बैदिककालमा हैहयबंशीका शुरबीरहरुको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आराधनाको प्रभाबले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व महिलाहरुले शुद्धखानपान , चोखो नयां लुगा लगाई अत्यन्त भक्तिभावले पंचमीका दिन बिधिवत रुपमा प्रसाद राखिएको पांच दलहनको बिरुडा धुने , पांच पवित्र घांसबाट निर्मित गौरामाताको प्रतिकलाई भक्तिभाव र उपवासका साथ नियमित पूजा गरि धुमधामका साथ मनाउछन ।
यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि बिशेष गरि मनाईन्छ ।
आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमबासीको सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परा देखि चलीआएका फाग ,अठवाली ,पुरुषहरुको चैत धुमारी का साथै डेउडा खेलेर धुमधामका साथ मनाईने परम्परा रहि आएको छ ।
यस अघि बिभिन्न पात्रो अनुसार स्वब्याख्या गरि भाद्र २१ गते दुर्वाष्टमी मनाउने बारे केहि ज्योतिषशास्त्रीहरुले सार्बजनिक गरेको ग्रहगणितका सिद्धान्तहरु मौलिक रुपमा स्थानीय परिबेशमा मनाए पनि राष्ट्रिय रुपमा भाद्र ७ गते नै मनाउनु उचित र फलदायी हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com