Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

जैबिक बिबिधता दिवस डडेलधुरामा

Posted on January 21, 2024January 21, 2024
Share this post
       

अखण्ड सम्बाददाता
माघ ७, २०८० डडेल्धुरा

डडेल्धुरा जिल्लामा दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस भव्य रुपमा सम्पन्न भएको छ ।
“ कृषि जैविक विविधता,हाम्रो अमूल्य सम्पदा; संरक्षण एंब दिगो उपयोग, हाम्रो प्रतिबद्धता ” भन्ने मूल नाराका साथ कृषि ज्ञान केन्द्र डडेल्धुराको आयोजना तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, तरकारी जर्मप्लाज्म सम्बद्र्धन तथा तरकारी वीउ उत्पादन केन्द्र, लिबर्ड, एकिकृत विकास समाजको सहकार्यमा कृषि ज्ञान केन्द्रको सभा कक्षमा दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाईएको हो ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुको अध्यक्षता तथा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारीको प्रमुख आथित्यतामा कृषि जैबिक बिबिधताको अवधारणा, आवश्यकता र महत्वका विषयमा प्रस्तुति सहित सप्ताह व्यापी मनाउने कार्यक्रम अनुसार बिभिन्न निकायका प्रमुख तथा प्रतिनिधि, कृषि समुहका प्रतिनिधि तथा कृषकहरु, कृषि प्राबिधिक अध्ययनरत बिद्याथीहरु, अगुवा कृषक र सञ्चारकर्मीको उपस्थितीमा सम्पन्न भएको हो ।
कार्यक्रममा ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुले जीवन तथा बाताबरणको संरक्षणका लागि कृषि जैबिक बिबिधता तथा सम्बद्र्धन र प्रबद्र्धन आवश्यक भएको, रैथाने कृषि वाली, पशुपंक्षी पालन तथा मत्स्यपालन, औषधि विषादीको प्रयोग र असरहरु लगायत कृषिमा आधारित बिबिध जीवन पद्धतीका बारेमा सहभागिलाई जानकारी गराउनु भएको थियो ।
दिवस कार्यक्रमको मन्तव्यको क्रममा प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले मानव स्वास्थ्य प्रति जिममेवार बन्दै कृषिकर्मलाई व्यवसायिक बनाउनु जरुरी रहेको र बजारमा कृषि उपजको माग तथा आपुर्तिको सन्तुलन मिलाई तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक लाभ क्षमता बृद्धि गर्दै उत्पादन गर्नु पनैृमा जोड दिनु भयो । उहाँले गाउँघरमाखेती योग्य जग्गा खण्डिकरण र बाँझो हुँदै गएको तर माग बढदो उत्पादन घटदो विषय प्रति चिन्ता व्यक्त गर्दै रैथाने वालीको संरक्षण तथा जैबिक बिबिधताको पर्याप्त लाभ उठाएर कृषकले क्रियासिल हुनु पनैृमा सुझाव दिनु भयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारीले कृषि वाली र उत्पादन गुणस्तरिय सुधार गर्दै नकारात्मक असरहरुलाई न्यूनिकरण गरेर उत्पादनबाट प्रसस्त लाभ लिनु पर्ने बताउनु भयो । साथै रानज्यका निकायबाट भईरहेको लगानी र किसानको परिश्रमको प्रतिफल देखिने गरि रैथाने वालीको संरक्षण सम्बद्र्धन गर्दै प्रबिधि र प्रतिस्पर्धाले ल्याएको परिबर्तनलाई आत्मसाथ गर्नु पर्ने बताउनु भयो । उहाँले स्वास्थ्य सबैको समान रहेको र कृषकको हातमा सबैको जीवन सुरक्षित हुने भएकोले प्रतिकुल असर र जोखिम निम्त्याउने संभावनाबाट सचेत हुनु पर्ने तर्फ ध्यान दिन आग्रह समेत गर्नु भयो ।
दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुले कृषि क्षेत्रलाई प्रभाबकारी, दिगोपनामा आधारित गुणस्तरिय सेवा प्रदान गर्न सबैको प्रयास अपरिहार्य रहेको बताउँदै कृषि क्षेत्रलाई सक्षम, सुरक्षित, संरक्षित र समृद्ध बनाउन सरोकारवाला निकाय र कृषकको हातेमालो आवश्यक रहेको बताउनु भयो ।
डडेलधुरामा रैथाने वालीको उत्पादनबाट खाजा र खानाको परिकार तयार गरि कृषि उपजको प्रचार प्रसार गर्नु पर्ने धारणा राख्दै आधुनिकिकरण गरिएका वाली भन्दा रैथानेमा रोग संक्रमणको संभावना न्यून रहने भएकोले यसको प्रयोगमा महत्व दिनु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा डडेल्धुरा जिल्लामा पाईने रैथाने वाली कागुनो, जौं, मार्सि, अर्सि, कालो भट्ट, सेतो भट्ट, सोट्टा, कालो मास दाल, फाँपर, गुराउँस दाल, पिडालु, फर्सि लगायत अन्न वाली, तरकारी वाली, फलफूल वाली लगायत बिभिन्न परिकारका नमूना बीउजिन र उत्पादनको प्रदर्शनी पनि राखिएको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com