Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

जनतासँग लिखित करारनामा, देशकै पहिलो अभ्यास

Posted on May 6, 2022May 6, 2022
Share this post
       

अखण्ड सम्बाददाता बैशाख २३, २०७९ डडेल्धुरा
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाका उम्मेदवारले स्थानीय निर्वाचनमा नागरिकसँग करारनामा गरेका छन ।
यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनको सन्दर्भमा पालिकाका ११ वटै वडाका वडाध्यक्ष सहित नगरप्रमुख उपप्रमुखका उम्मेदवारलाई सामूहिक प्रतिबद्धता स्वरुप सात मुख्य र पाँच सहायक बुँदा वाचन गरि उपस्थित नागरिकहरुसँग करारनामा गरिएको हो ।
नेपाली काँग्रेस वीपी र नेकपा एमाले बिच चुनावी सहकार्य गरेको जनतामा निवेदन सयंक्त चुनावी बृहत कार्यक्रममा आफूहरुले जनतामा कबोल गरेका लिखित मौखिक प्रतिबद्धताको सारसंक्षेपको रुपमा पदिय जिम्मेवारीमा रहेर संकल्प अनुसार मात्र काम गर्ने र भुमिका निर्वाह गर्ने करारनामामा उल्लेख गरिएको छ ।
करारनामामा जनताको भावना अनुसार काम गर्ने, अनियमितता नगर्ने, व्यक्तिगत स्वार्थका लागि गलत कदम नचाल्ने, श्रोतसाधनको अपचलन र राज्यलाई नोक्सान हुने काम नगर्ने, पद बहाली भएसँगै र कार्यकालको सम्पति विवरण सार्बजनिक गर्ने, नियमित सार्बजनिक सुनुवाई र अद्याबधिक प्रकृयालाई प्रभाबकारी बनाउने, नगरको आवश्यकतालाई प्राथमिकताका आधारमा बजेट तर्जुमा गरिने लगायतका विषयमा मन बचन र कर्मले कार्यान्वयन गर्न हस्ताक्षर गरि सार्बजनिक गरिएको छ ।
कार्यक्रमममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश बहादुर साउँद, नेपाली काँग्रेस वी पी.डडेल्धुराका सभापति तथा केन्द्रीय सदश्य तिलक हमाल, नगर प्रमुखका उम्मेदवार हरि प्रसाद भट्ट, उपप्रमुखका उम्मेदवार यज्ञराज अवस्थी र नेपाली काँग्रेस डडेलधुराका निबर्तमान सभापति कर्ण बहादुर मल्ल लगायतले अन्याय बिरुद्धको संघर्ष तथा सामाजिक साँस्कृतिक विकासका लागि चुनावी समिकरण आवश्यक भएकोले समग्र अमरगढीको परिबर्तनका लागि जनतामा निवेदन गरिएको बताएका छन ।
अमरगढीका जनतामा निवेदन गर्दै सुदूरपश्चिम प्रदेशका सांसद पदबाट राजिनामा गरेका मल्लले देउवा दाईको चुनावी कार्यक्रममा सहभागी गराईदिन काँग्रेस निवर्तमान जिल्ला सभापती मल्लले बर्तमान नेपाली काँग्रैस डडेल्धुरालाई आग्रह समेत गरेका छन ।
चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम दौडाहामा रहेका प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेरबहादुर देउवा गृह जिल्ला आउने कार्यक्रममा प्रधानमन्त्रीसँग १० मिनेट साक्षात्कार गर्ने ईच्छा व्यक्त गरेका हुन ।
कार्यक्रममा नेकपा एमाले अध्यक्ष साउँदले पनि डडेल्धुराको विकासमा देउवाजीले पटक्कै ध्यान नदिएको र चुनाव जितेर गए पछि जिल्लामा एक पटक पनि नआउने, ईमान्दार नेता कार्यकर्तालाई पिडा दिएका कारण जनतालाई विकासको अनुभूति दिन र अन्यायमा परेका जनताका सेवकलाई सहानुभूति स्वरुप चुनावी समिकरण गरिएको बताए ।
कार्यक्रममा डडेल्धुरा जिल्लाका जनताले अमूल्य मत दिएर संघिय संसदमा प्रतिनिधित्व गर्ने, प्रधानमन्त्री हुने अनि जनतालाई सधै ढाँटने काम उहाँबाट भएकोले जनता सचेत भई विवेक पुगाउनु पर्ने बेला आएको बताएका छन ।
देउवाजीले चाहेको भन्दा पनि जनताले चाहेको, विकासप्रेमी, ईमान्दार सहि आचरण र व्यवहार भएको, बौद्धिक व्यक्तित्व, विवेक र न्यायपूर्ण कार्यसम्पादन गर्न सक्ने जनप्रतिनिधि निर्वाचित गर्न नगरबासीलाई निवेदन गरिएको छ ।


नेपाली काँग्रेस वी.पी.का सभापति तिलक हमालले जिल्लाभरि वी.पि. काँग्रेसलाई विजयी गराई दिन देउडागित मार्फत निवेदन गरेका थिए भने काँग्रेस नेता करुणाकर भट्टले मुलुकका सम्माननीय प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवालाई पाँच यक्षप्रश्न पनि राखेका छन ।
‘ल्याकत छ भने मलाई २७ गते हुने देउवा दाईको आमसभामा १० मिनेट बोल्न ईच्छुक छु । उहाँसँग निकस्थ रहेका बेला पटक पटक पश्चिम सेती र जिल्लाको विकासका विषयमा घचघच्याउँदा घचघच्याउँदै पनि गम्भीर नभएको नतिजा आज जनताले खोजिरहेका छन । २०६४मा झिनो मतले विजयी भएका देउवा दाई २०७०र २०७४ मा हाम्रो जिल्ला कमिटिले देशमै अत्यधिक मत दिन सफल भयौं फलस्वरुप हामीलाई बिधी पद्धती नै नटेकि निरंकुश तरिकाले कारबाही गरियो ।
३२ वर्षको अनबरत राजनीतिक जीवनलाई समर्पित गर्दा पनि पार्टीले न्यायिक रुपमा मूल्यांकन नगरे पनि जनताले न्याय दिनेमा विश्वस्त रहेको नेताहरुले बताएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com