Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

जनताको दबाबमा अप्रिय निर्णय हुन सक्छ– नेता भट्ट

Posted on April 5, 2022April 5, 2022
Share this post
       

अखण्ड सम्बाददाता


नेपाली कांग्रेसका नेता तथा नगरप्रमुखका आकांक्षी हरी प्रसाद भट्टले जनताको दबाबमा अप्रिय निर्णय हुन सक्ने बताएका छन् ।

मंगलवार डडेल्धुरामा नेपाली काँग्रेस अमरगढी नगरपालिकाद्वारा आयोजना गरिएको स्थानीय तह निर्वाचन लक्षित बृहत् कार्यकर्ता भेला कार्यक्रममा नेता भट्टले उक्त कुरा बताएका हुन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रीत बृहत कार्यकर्ता भेलामा १३ औं महाधिबेशनका महाधिबेशन प्रतिनिधि समेत रहेका भट्टले जनता न्यायको पखाईमा रहेकाले फेरि पनि अन्याय भए अप्रिय निर्णय गर्न बाध्य भएको बताएका छन ।

 

आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचन लक्षित अग्रज नेता कार्यकर्तासँगको भेटघाट तथा भेलामा नेता भट्टले जनताले धेर्यताको क्षमता राखेका छन पिडित काँग्रेस नेता सहित निर्वाचनमा सहभागिता नगरिए वा माग सम्बोधन नभए पछि पछुताएर केहि पनि हात नलाग्ने बताए ।
तिन सय भन्दा बढि सहभागि रहेको अमरगढी नगरपालिका स्तरिय स्थानीय तह निर्वाचन लक्षित बृहत् कार्यकर्ता भेला कार्यक्रममा अमरगढी नगरपालिका सुदूरपश्चिमको हिल स्टेशसन भए पनि मौजुदा पालिका सरकारले यहाँका श्रोतसाधनको सदुपयोग गर्नुको साटो विवादै विवादित निर्णय गर्ने र जनताको ढुकुटि माथी मोजमस्ती गर्ने काम बाहेक यहाँका जनताले अपेक्षा राखेका कामहरुमा उदासिनता देखाएको नगर प्रमुखको लागि उम्मेदवारी घोषणा गरेका नेता भट्टले आरोप लगाए ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण बहादुर मल्लले पार्टीबाट अलग हामी छैनौं, हामीलाई अलग गर्ने केहि बिचौलियाहरुका कारण केन्द्रीय सभापति ज्यू भ्रममा पारिएका छन, उनलाई असत्य र उल्टा कुरा लगाएर आफ्नो स्वार्थ पूरा गर्ने अभिष्टमा लागेको बताए ।
क्रियासिल सदस्यता विवादमा असन्तुष्ट देखिएको नेपाली काँग्रेस डडेल्धुराले पार्टीका केन्द्रीय सभापतिलाई ध्यानाकर्षण पत्र पठाएको पाँचौं दिन छैटौंै जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण बहादुर मल्लको उपस्थितिमा नेता कार्यकर्ताहरुसँगको अन्र्तक्रियामा हामीले प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापतिलाई पार्टी एकताका लागि अनुरोधपत्र पठाएका छौं त्यसको वेवास्ता भए जवाफदेहि पनि स्वयं केन्द्रीय सभापति नै हुनु पर्ने सभापति मल्लले जिकिर गरेका छन ।
अन्र्तक्रियामा सहभागि अग्रज क्रियासिल सदस्यहरुले पनि सिमित केन्द्रीय नेताहरुका स्वार्थ पूर्ति गर्ने गठबन्धन स्वीकार नभएकोले सकेसम्म पार्टीकै चुनाव चिन्ह लिएर आउनु पर्ने अन्यथा कुनै पनि प्रकारको बिद्रोह भए पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन । अमरगढी २ का वडाध्यक्ष मनोरथ खडायतले संचालन गरेको उक्त कार्यक्रम अमरगढी नगरपालिका वार्ड न ८ का वडाध्यक्ष नरबहादुर साकीको सभापतित्वमा डडेल्धुराको सदरमुकाम निर्माण व्यवसायीको हलमा सम्पन्न भएको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com