Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

जनचेतना फैलाउँदै प्रहरी

Posted on September 18, 2024September 18, 2024
Share this post
       

अखण्ड सम्बाददाता
आश्विन २, २०८१ डडेल्धुरा
जिल्ला प्रहरी कार्यालय डडेलधुराले जिल्लाका बिभिन्न स्थानमा समाजका बिभिन्न बिकृति बिसंगति लगायत सामाजिक अपराधका बिरुद्धमा जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ ।
जिल्लाको अजयमेरु गाउँपालिकाका बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई साईबर अपराध सम्बन्धि कानूनी र व्यवहारिक सचेतनाको ज्ञान दिएको छ भने जिल्लाकै आलिताल गाउँपालिकाको सदरमुकाममा सवारी दुर्घटना रोकथाम तथा न्यूनिकरण सम्बनिध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
यस्तै जिल्लाको परशुराम नगरपालिका वडा नं. १० कुर्मुल्लेमा मानव बेचबिखन सम्बन्धि समुदाय केन्द्रीत छलफल तथा अन्र्तक्रिया गरि समाजलाई सभ्य र अनुशासित गराउने खालका बिभिन्न कानूनी प्राबधान तथा व्यवहारिक पक्षका बारेमा आम जनतालाई अभिमुखिकरण गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
यसै गरि प्रहरीले गन्यापधुरा ४ कुलेडीमा घरेलु हिंसा, अमरगढी नगरपालिका वडा नं. ६ र परशुराम नपा ९ गाईबाँधेमा लागु औषध रोकथाम तथा नियन्त्रण, अमरगढी नगरपालिका वडा नं.१ मा वाल यौन दुव्यवहार नियन्त्रण र नवदुर्गा गाउँपालिका वडा नंं ५ ठाँटाबस्तीका स्थानीयलाई साईबर अपराधका विषयमा सचेतनामूलक कार्यक्रम गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले समुदाय प्रहरी साझेदारी महाअभियान कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षको स्वीकृत कायृक्रम अनुसार मातहमा रहेका बिभिन्न स्थानीय ईकाई तथा बिद्यालय र स्थानीय जनप्रतिनिधिको समन्वयमा जनचेतना फैलाउँने कार्यक्रमहरु गरिएको कार्यालय प्रमुख तथा प्रहरी नायब उपरिक्षक दिपक कुमार कार्कीले जानकारी दिनु भएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com