अखण्ड सम्बाददाता
आश्विन २, २०८१ डडेल्धुरा
जिल्ला प्रहरी कार्यालय डडेलधुराले जिल्लाका बिभिन्न स्थानमा समाजका बिभिन्न बिकृति बिसंगति लगायत सामाजिक अपराधका बिरुद्धमा जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ ।
जिल्लाको अजयमेरु गाउँपालिकाका बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई साईबर अपराध सम्बन्धि कानूनी र व्यवहारिक सचेतनाको ज्ञान दिएको छ भने जिल्लाकै आलिताल गाउँपालिकाको सदरमुकाममा सवारी दुर्घटना रोकथाम तथा न्यूनिकरण सम्बनिध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
यस्तै जिल्लाको परशुराम नगरपालिका वडा नं. १० कुर्मुल्लेमा मानव बेचबिखन सम्बन्धि समुदाय केन्द्रीत छलफल तथा अन्र्तक्रिया गरि समाजलाई सभ्य र अनुशासित गराउने खालका बिभिन्न कानूनी प्राबधान तथा व्यवहारिक पक्षका बारेमा आम जनतालाई अभिमुखिकरण गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
यसै गरि प्रहरीले गन्यापधुरा ४ कुलेडीमा घरेलु हिंसा, अमरगढी नगरपालिका वडा नं. ६ र परशुराम नपा ९ गाईबाँधेमा लागु औषध रोकथाम तथा नियन्त्रण, अमरगढी नगरपालिका वडा नं.१ मा वाल यौन दुव्यवहार नियन्त्रण र नवदुर्गा गाउँपालिका वडा नंं ५ ठाँटाबस्तीका स्थानीयलाई साईबर अपराधका विषयमा सचेतनामूलक कार्यक्रम गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले समुदाय प्रहरी साझेदारी महाअभियान कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षको स्वीकृत कायृक्रम अनुसार मातहमा रहेका बिभिन्न स्थानीय ईकाई तथा बिद्यालय र स्थानीय जनप्रतिनिधिको समन्वयमा जनचेतना फैलाउँने कार्यक्रमहरु गरिएको कार्यालय प्रमुख तथा प्रहरी नायब उपरिक्षक दिपक कुमार कार्कीले जानकारी दिनु भएको छ ।
