Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

छाउपडी गोठ भत्काउने अभियान ः छाउपडी र परिवर्तन

Posted on March 28, 2022
Share this post
       

रुद्रप्रसाद पाठक
अधिवक्ता
देवराज इन्द्रले गरेको ब्रम्हं हत्याको पापबाट देवराज इन्द्रलाई मुक्त गर्न ब्रम्हाजी ले उक्त पापलाई चार भागमा बिभाजन गरे । त्यो ४ भाग मद्दे एक भाग स्त्रीको रजमा राखियो र स्त्रीको रजलाई पाप मानिन थाल्यो । त्यसबाट मुक्त हुन महिलाले सप्तऋषीको पुजा गर्ने र सुनका गरगहना लगाउने चलन चल्यो । हरेक पटक नुहाउदा सुनपानीले शुद्द हुन्छीन भनेर सुनका गहना लगाउने र सप्तऋषीको पुजा गरेमा पाप पखालीएर सौभाग्यवती हुन्छन भनेर खास गरिकन तीज पर्व महिलाले मात्र मनाउछन । एउटा ले गरेको पाप आर्काको रजमा राखी उसैले पाप पराल्नु पर्ने धर्मशास्त्रको व्याख्या सुन्दै भोकै बसी पानी समेत नखाई सबै महिलाले सप्तऋषीको सामुहिक पुजा गर्छन । हाम्रो धर्मशास्त्रको यस्तै बचन छ भनि यसैलाई शिरोधार्य गरी धर्मशास्त्रको व्याख्या सुनाउदै सदियौं देखि यस्ता धेरै चलन संस्कारहरु हाम्रो समाजमा चलि आएका छन । हाम्रो समाज बहुधार्मिक , बहुसांस्कृतिक, बहुजातिय सदभाव तथा बिबिधतायुक्त प्राकृतिक भौगोलिकताले भरिपूर्ण मुलुक भए पनि ,शान्ति र ज्ञानका अग्रदुत गौतम बुद्ध र बिश्वको सर्बोच्च शिखर सगरमाथाको नामले बिश्व प्रशिद्ध भए पनि बिभिन्न घर्म संस्कृति जात,भूगोल एवं वर्ग भित्र रहेका घर्म संस्कृति ,संस्कार र परंपराका खास शाश्वत मुल्य मान्यता बिपरितका अन्धबिश्वास ,रुढिबुढी,अज्ञानता जस्ता बिकृतिजन्य तत्व संस्कृति संस्कारहरुले नेपाली मौलिकपन लगायत खासगरी आर्यन सभ्यताले रचना गरेको धर्म संस्कृति संस्कारलाई नै सदियौं देखि बिकृत तुल्याउदै आएका छन । इतिहासको बिभिन्न काल खण्डमा शासक वर्ग लगायत बिभिन्न सत्तपात्र सुधारक हरुले यस्ता विभिन्न जात जाती र क्षेत्रमा बिधमान रहेका धर्म, संस्कृति ,संस्कार, रहनसहन लगायत परंपरा भित्रका बिकृतिजन्य तत्वहरुलाई बदल्ने तथा नामेट गराउने प्रयास गरे पनि ति प्रयासहरुले पनि सफलता हासिल गर्न नसकी नेपाली समाज ति बिकृतिजन्य तत्व संस्कारबाट प्रताडित भई आएको छ ।


पाचौ शताब्दिमा राजा मानदेबले आफ्नी आमालाई सती जानबाट रोकेको , चौधौं शताब्दिमा डोटेली राज्यका तत्कालिन राजा नागी मल्लले धामि झाक्रिलाई विभिन्न कठोर परिक्षा गर्न लगाएको ,महिला अधिकारका लागि योगमागाले गर्न खोजेको सुधार, बालागुरु षडानन्दले गर्न खोजेको सुधार ,लिच्छबीकालका राजा जयस्थिति मल्लले संसारमै पहिलो पल्ट लिखित रुपमा एकिकृत मानिएको न्यायबिकासिनी ऐन बनाई त्यसमार्फत गर्न खोजेको सुधार ,मुलुकि ऐन १९१० मा पनि सतिप्रथा लगायतमा केहि सुधार गर्न खोजेको भएपनि ति सुधारहरुका प्रयासहरु पनि आफैमा पूर्णतामा आधारीत नभएर वा हाम्रा शाश्वत मुल्य मान्यतामा आधारित नभएर वा सुधारकका प्रयास सफल बनाउने संयन्त्र नभएर वा दिन खोजिएको सन्देशको सहि प्रचार नभएर लगायत अन्य बिभिन्न कारणहरुबाट ति बिकृति हटाउने प्रयासले पुरा सफलता पाउन सकेनन । नेपालमा हजारै बर्ष देखि चलि आएको सती प्रथा बिक्रम सम्बत १९८२ सालमा कानून निर्माण गरि पूर्णतया हटाउने प्रयास भै जुन अहिेले लगभग पूर्णतया अन्त्य भै सकेको अवस्थामा छ भने बि.स. २०२० सालमा मात्रै पूर्णतया मुलुकी ऐनमा संसोधन गरि हटाइएको जातिय छुवाछुतको अन्त्य अहिले सम्म पनि हुन सकिराखेको छैन । यसको अर्थ हो कानूनले मात्रै तत्काल परिवर्तन संभव छैन भन्ने यो एक उदाहरण हो । बोक्सी प्रथा ,बलिप्रथा , छुवाछुत प्रथा,छाउपडी प्रथा,दाइजोप्रथा,धामी झक्री प्रथा,बेश्याबृति प्रथा ,बालविवाह प्रथा,देउकी प्रथा जस्ता हाम्रो शाश्वत संस्कृति रित परंपरा माथि प्रत्यक्ष प्रभाव पार्ने यस्ता कुप्रथाहरु छताछुल्ल छरिएर बसेका छन भने देउकी प्रथा , झुमा प्रथा,बहुपति प्रथा जस्ता केहि प्रथाहरु केही अन्त्यको अबस्थामा रहेका छन
यस्तै छताछुल्ल अबस्थामा रहेको कुप्रथा मद्देको एक प्रथा छाउपडी प्रथा पनि हो । छाउपडी प्रथा नछुने भएका महिलालाई न्यूनतम मानविय व्यबहारबाट बञ्चित गरि अलग्गै एकान्त ठाउँमा राख्ने अन्ध सोचाईबाट चलेको प्रष्ट छ । त्यसरी एकान्तवास वा न्यूनतम मानविय आवश्यकता बाट किन अलग गरिन्छ भन्ने प्रश्न राख्दा त्यसको युक्ति युक्त जवाफ छाउगोठमा राख्ने र रहनेले दिन सक्दैनन । किनकी त्यो आफैमा रुढिवादी एवं अल्पज्ञानमा आधारित रहेको छ । वेद उपनिषद विभिन्न ग्रन्थको रचना एवं हाम्रो संस्कार सभ्यताको को रचना कसैलाई मानवता विहिन बञ्चितीकरण बनाउन भएको नै होईन यसकारण यो रुढिबुढी एवं अन्धविश्वास भएको प्रष्ठ हुन्छ । छाउ भएकी महिलाले गाई भैसीको दुध दहि घ्यू खान नहुने,एकान्त ठाउँमा बस्नु पर्ने कसैलाई छुन नहुने, छ दिन सम्म छाउ बार्नु पर्नेमा ४ दिन सम्म त नुहाउन समेत नपाइने नियम आफैमा अबैज्ञानिक छन । प्राकृत शाश्वत प्रकृया पापको प्रयश्चित कसरी हुन सक्छन ? हुनत महिलाको प्रशव वेदना पापको प्रायश्चित नै हो भनेर केहि शास्त्रको तर्क दिने गरिन्छ । तर बैज्ञानिक रुपमा पुष्टि हुन नसकेका ,व्यक्ति , परिवार समाजको आत्मोन्तती गराउन नसक्ने जुनसुकै नियम संस्कार परंपराहरु हिन्दु धर्मशास्त्रहरु व्ोद पुराण,उपनिषद गिता महाभारतले रामायण ले ग्रहण गर्न सक्दैन । यसकारण हिन्दु धर्मशास्त्रका खास मान्यता गुढ रहस्य वेगरका समाजमा प्रचलित सम्पूर्ण अन्ध बिश्वासहरु ,धारणाहरु , नियमहरु ,संस्कारहरु सकृति सभ्यता भित्र पर्न सक्दैनन ति त संस्कृति भित्रका विकृतिहरु हुन । यिनलाई संस्कार संस्कृति परंपराको नाउमा मनाउने प्रचलन छोडिदिदा मात्र बास्तविक संस्कृति संस्कारको जर्गेना हुन्छ । यसको समाधान झुटा ज्ञान ,झुटा बिश्वास, गलत धारणा केलाएर त्यसका बिरुद्द सत्तज्ञान, शाश्वत ज्ञान सत्तसंस्कारमा आधारित मुल्य मान्यताको अनुसरण गर्नु आवश्यक पर्दछ । भारतको सर्वोच्च अदालतले केही समय अघी मात्र मुस्लिम समुदायमा प्रचलित तलाक प्रथालाई अबैध मानि त्यो मुस्लिम धर्म अनुसार नभएको ठहर ग¥यो । मुस्लीम धर्मको पवित्र धर्मग्रन्थ जसको हवाला दिएर ठाडो ठाडो रुपमा ३ चोटी तलाक भन्यो भने त्यो स्वभावैले सम्बन्ध विच्छेद हुन्छ भन्नु आफैमा पनि हास्यास्पद प्रकृतीको छ । जुन कुराको शाश्वत अवस्थाको कुरै नबुझीकन खास गरि मुस्लीम समुदायले अनुकरण ग¥यो त्यसले मुस्लीम समुदायमा कती ठूलो अन्याय ग¥यो होला त्यो सहजै अनुमान गर्न सकिन्छ । धर्म भनेको नै धारण गर्न योग्य चिजको धारण गर्नु र धारण गर्न नहुने चिज त्यागि दिनु नै धर्मको गुढ रहस्य हो तर हामो्र समाजमा धर्मको नाममा धारण गर्न अयोग्य चिजर्लाइ पनि धारण गरेर र धारण गर्नु पर्ने चिज त्यागि दिएर जुन धर्म मान्ने चलन चलेको छ ति गलत धारणा परंपराहरुले नै हाम्रा खास धर्म संस्कृति संस्कारलाई बिकृत तुल्याएका छन । अझ सरकारी पक्षबाट नै त्यस्ता कुरामा मलजल गर्दा त्यस्ता रुढिबुढी धारणाहरुले झन मौलाउने मौका पाएका छन । धर्मशास्त्र बमोजिम शासन चलाउने ,जसको पाप उसैको गर्दन भन्ने तत्कालिन गोरखाका राजा रामशाहका पालामा कुनै स्वास्नी मानिसलाई पञ्चले बोक्सी ठह¥याएमा गाउँ निकाला गरिन्थ्यो भने राजाका रानीहरु समेत सति गएका थुप्रै उदाहरण छन । अहिले राज्य कोषको पैसाले परंपराका नाउँमा धेरै मठ मन्दिरहरुमा बलि चढाइन्छ । राष्ट्रका धेरै उत्सवहरुमा असौच बारेकालाई उपस्थित नहुने गृह मन्त्रालयको सूचना जारी गरिन्छ । पशुपतीनाथ जस्तो ठाउँमा हिन्दु बाहेकलाई प्रवेश निषेदको सूचना टासिन्छ भने खै त राज्य सरकार समेत रुढिवादीका विरुद्दमा पूर्ण रुपमा उभिन सकेको ? यसकारण जसरी छाउपडी प्रथा लगायत रुढिबुढी प्रथाको अन्त्यका लागि हालैको समयमा सूदुरपश्चिम र कर्णाली लगायतका जिल्लामा छापपडी प्रथा हटाउन छाउपडी गोठ भत्काउने अभियान चलेको छ त्यो आफैमा सतही एवं अल्पज्ञानमा आधारित छ । छाउपडी हटाउन मानिसहरुको मन ,चलन ,परंपरा भित्रको अज्ञानता भत्काउने, गलत परंपराको विरुद्दमा शाश्वत एवं बास्तविक परंपराको बिकल्प देखाएर एक योजना ल्याएर त्यसै अनुसार सभ्य एवं शाश्वत संस्कारको जागरण ल्याउनु पर्दथ्यो । तर त्यो नभई मानिसले पैसा परिश्रम खर्च गरिकन बनाएका छाउगोठ भत्काए पछि मानिसले प्रश्न गर्छन किन ? यस्तो अवस्था भनेको पुरानोमा परिवर्तन ल्याएर वास्तविक नयाँ शाश्वत संस्कार देखाउने मार्गदर्शक एवं दर्शनको अभाव भएर समाज अन्धकारमानै रहेको अवस्था हो । यसकारण अहिलेको अहं प्रश्न छाउगोठ भत्काउनु भन्दा अहिले सम्म किन यसो गरियो र अबको मार्गदर्शन के ? भन्ने कुराको सत्तमार्ग नै समस्याको निकास हो । यसकारण संस्कृतिवीद,धार्मीक अगुवा एवं कानूनविदको सृजनशीलता र वास्तविकताको बोध नै समस्याको समाधानको उपयुक्त मार्ग हो ।
अज्ञानता र रुढिबुढि ग्रस्त ठाउँको परिबर्तन लहड एवं जर्वजस्त रुपमा आउन सक्दैन । यसैले भारतिय बिद्धान तथा संबिधानविद डा. बी.आर अम्बेडकर ले भने जर्वजस्तको परिवर्तन डर एवं लहडको आधारमा हुन्छ जब डर र लहड नहुने संकेत आउछ तब उहि पुरानो दोहरिन्छ तर जब बास्तविकताको बोध गराएर शाश्वत मुल्य मान्यतामा आधारित परिवर्तन आउछ तब त्यसले दिगो परिवर्तन मात्र ल्याउदैन नयाँ सभ्यता एवं सृजनशिलताको जन्म हुन्छ जसरी सतीप्रथामा परिवर्तन आउन सक्यो भनेका थिए । यसकारण समाजमा बास्तविक परिवर्तका लागि हामीले पनि हाम्रो धर्म संस्कृति परंपरा भित्रका गलत अज्ञानतामा आधारित चलनको बिकृति विरुद्द बास्तविकताको संरक्षण र प्रवद्धन अभियानमा लाग्ने की ? झुटा एवं घर्मशास्त्रको गुढ रहस्य विपरितका अवैज्ञानिक संस्कार चलनहरु जस्तासुकै भए पनि ति अन्ध परंपराहरु हुन । मानव जात जाती बीच बिभाजन ल्याउन , मानिसलाई दुख कष्ट पु¥याउन ,भेदभावमा आधारित समाजको निमार्ण गर्न, शारिरीक मानसिक हिंसा क्षती पु¥याउन तथा असहिष्णु ढंगबाट धर्मशास्त्रको रचना भएको होइन । सबैको कल्याण र न्यायका खातिर नै धर्मशास्त्रको रचना भएकोले धर्मशास्त्रहरु कहिल्यै पनि अन्ध परंपराका पर्याय हुन सक्दैनन भन्ने चेत सबैमा जगाउने की ? यस्ूतो भयो भने मात्र हाम्रो धर्म संस्कृतिको पनि बास्तविक संरक्षण हुने हिन्दु धर्मका कमजोरीबाट कसैले पनि फाइदा उठाउन नसकेर धर्म परिवर्तन जस्ता कार्यहरु पनि गराउन पनि नसक्ने भै हाम्रो समाजको एकता ,बन्धुत्व एवं सबैको कल्याण र सदभाव कायम रहन्छ । नत्र हाम्रो संबिधान लगायत सम्मानित सर्वोच्च अदालतले संसद र सरकारका नाममा छाउपडी बिरुद्द कानून बनाउनु भन्ने आदेश दिए पछि संसदले कानून बनाएर छाउपडीमा छुवाछुत गर्नेलाई ३ महिना कैद वा ३००० रुपैयाँ सम्म जरिवाना गर्ने कानून बनाए पनि छाउपडी यथावत रुपमा रहनु हाम्रो समाजको अज्ञानता र मर्खतामा आधारित रुूढिवादी संस्कार एवं सोच हो र यो सोच बदल्न सक्ने शाश्वत ज्ञान संस्कारको बोध समाजलाई दिन नसक्ने सरकार , संस्कृेतिवीद कानूनवीदहरुको सामाजिक अभियन्त्रण गर्ने अभियन्ता भुमिकाको अभाव पनि हो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com