अखण्ड सम्बाददाता
१७ कार्तिक २०७९ डडेल्धुरा
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवा गृह जिल्ला आएका बेला पूर्व जिल्ला पार्टी सभापतिले नै नेपाली काँग्रेस वीपीलाई चुनावी समर्थन गरेका छन ।
नेपाली काँग्रेस पर्टाीमा बिधि बिधान राष्ट्रियता प्रजातन्त्र, समाजवादका मूल्य मान्यताहरु च्यूत भएको भन्दै नेपाली काँग्रेस डडेल्धुराको लामो समय सम्म राजनीति गरेका र संगठन निर्माण गरेका पूर्व सभापति रामचन्द्र चटौत र शेर बहादुर ढाँटले औपचारिक कार्यक्रममा आफूहरुले वीपीको अनुयायी पार्टी नेपाली काँग्रेस वीपीलाई मंसिर ४ गते हुन गईरहेको आम निर्वाचनमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाएका हुन ।
पार्टी भित्र खराब आचरण भएका, षडयन्त्रकारी र माफिया मतियार हाबी हुँदै गए पछि पार्टी मात्र धरासायी भएन नेतृतव्को अकर्मण्य प्रबृतिका कारण देश पनि दुर्घटना जाने भएकोले प्रजातान्त्रिक आस्था बोकेका आम राजनीतिक प्राणिलाई सन्देश दिन पनि आफूहरुले यो उद्घोष गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवा चुनावी आमसभामा जनतासँग मत माग्न गृह जिल्ला पुगेकै दिन पत्रकार सम्मेलनमा नेताद्वयले देउवा जी असफल राजनीतिज्ञ हुन, उनले ईमान्दार कर्मठ र गतिशिल कार्यकर्तालाई संरक्षण गर्न नसक्नु गम्भीर भूल हो, उनिबाट अब परिबर्तन र विकासको अपेक्षा राख्नु पनि जनताका लागि बिडम्बना हुने बताए ।
यस्तै जिल्लाका बिभिन्न पालिका र वडामा बहालवाला ईकाई सभापति एवं मातहतका संगठित सैयौं कार्यकर्ता देखि क्रियासिल सदश्यहरु पनि स्वस्फूर्त रुपमा नेपाली काँग्रेस वीपीमा प्रवेश गर्ने क्रम बढदो रहेको पार्टीका केन्द्रीय बरिष्ठ उपसभापति कर्ण मल्लले पत्रकार सम्मेलन मार्फत सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
