Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

चुनावी गठबन्धनको विपक्षमा द्वन्द पिडित

Posted on November 10, 2022November 10, 2022
Share this post
       

अखण्ड सम्बाददाता
२१ कार्तिक २०७९ डडेल्धुरा
सत्ता गठबन्धनका नेता तथा प्रधानमन्त्री भन्छन गठबन्धन समयको आवश्यकता हो तर ससस्त्र द्वन्दको पिडा झेलिरहेका डडेल्धुराको भित्रिमधेशका जनताले सत्ता गठबन्धनको चुनावी गठबन्धन पनि रुचाएका छैनन ।
दश वर्षे माओबादी ससस्त्र जनयुद्धको सबै भन्दा बढि प्रभावित तथा पिडित जिल्लाको आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकाका जनता राज्य पक्ष र तत्कालिन बिद्रोही पक्ष दुबैबाट आक्रान्त मात्र भएनन निहत्था र निर्दोष जनता माथीको अत्याचार बिर्सन नसकिने भएकोले आगामी आम निर्वाचनमा सत्तागठबन्धनलाई मत नदिने मानसिकता बनाएको एक स्थानीयले बताए ।
चुनावका बेला मात्र जनताको घरदैलोमा आउने, अगाडी पछाडी फर्कि नहेर्ने उम्मेदवार र उम्मेदवारलाई मत माग्ने जो कोहिलाई पनि त्यसै अनुसारको व्यवहार गरिने भित्रिमधेशबासीले बताए । दर्जनौं युवाहरु, शिक्षकहरु, बिभिन्न संस्थामा कार्यरत विकास साझेदार समाजसेवीहरु लगायत कृषक र उद्यमी लगायत गरिखाने वर्गलाई दिएको सास्ती तथा चरम यातना तथा मृत्युवरण गर्न बाध्य भएका भित्रिमधेशका लागि बर्तमान सत्ता समिकरणका कुनै पनि नेताहरुले केहि पनि राहत दिने कार्य नगरेकाले आफूहरु पनि मतदान गर्न बाध्य नभएको पर्शुराम १ सलौनका गणेश बहादुर बिष्टले बताए ।
अपहरण परी बेपत्ता भएका, जनयुद्धका नाममा मारिएका अंगभंग भएका र भारत लगायत तेस्रो मुलुकमा विवश भएर आप्रबासी जीवन बिताईरहेका सैयौ भित्रिमधेशबासीका जनतालाई हत्या गरिएको विषयमा जानकारी सम्म नदिनेलाई किन भोट दिने ? यहाँको यतार्थ वास्तविकता भन्ने हो भने भित्रिमधेशका जनताले आश्वासनको पिरामिड बाहेक अरु केहि देख्न पाएका छैनन । मत माग्ने उम्मेदवार होस वा समर्थन जनाउने कसैलाई पनि मतदान गर्नु जरुरी छैन ।
आलिताल पर्शुराम भित्रिमधेश क्षेत्र भौगोलिक रुपले मात्र कमजोर भूभाग र जोखिमपूर्ण होला तर यहाँ बसोबास गर्ने जनताले अनेकौं दुःख पिडाहरु भोगिरहेका छन, जग्गा प्राप्तीको समस्या पञ्चायतकाल देखि लथालिंग छ, खानेपानी, सिंचाई, पुलपुलेसाहरुको समस्या त्यस्तै, शिक्षा स्वास्थ्यको त के कुरा गर्ने भन्दै शासक र उनका आसेपासे लगायत स्थानीय निकायमा निर्वाचित भएका जनप्रतिनिधि प्रति पनि व्यापक असन्तुष्टि जनाएका छन ।
२०४८ देखि आश्वासनको पुलिन्दा बाँडने सत्तागठबन्धनका नेताहरुले भित्रिमधेशका जनतालाई सपना मात्र देखाईएको तर काम गर्ने कुरामा गम्भीरता देखाईएनन भन्दै जनताको चाहना र भावना माथी उपहास गर्ने बर्तमान प्रधानमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवासँग पनि रुष्ट देखिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com