Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

चुनावको मुखमा महंगीको मार

Posted on October 21, 2022October 21, 2022
Share this post
       

अखण्ड सम्बाददाता
४ कार्तिक २०७९ डडेल्धुरा
ईन्धन र बैंक ब्याजमा भएको बृद्धि दरले बजारको हरेक चिजबस्तुको मूल्य आकासिएको छ ।
चाडपर्व र चुनावको मौका छोपि उपभोग्य बस्तुको अत्यधिक मूल्य बृद्धि हुँदा पनि कसैको ध्यान नगएको प्रति डडेल्धुराका स्थानीय उपभोक्ताले गुनासो गरेका छन ।
मंसिर ४ गते हुने संघिय तथा प्रदेश सभा सदश्य निर्वाचनको एक महिना मात्र बाँकी रहँदा दिवपावलीको पूर्ब सन्ध्यामा बजारमा दैनिक उपभोग्य बस्तु देखि लुगाफाटो भाँडाबर्तन र टिका लगायत दिपावलीका सामाग्रीहरु बिगतका वर्ष भन्दा २० प्रतिशतले बढेको स्थानीय बताउँछन ।
गत वर्षको दशैं तिहारका समयमा ७ दशमलब २५ देखि ९ दशमलब ८० ब्याज दर रहेको बैंक ऋणमा चालु आर्थिक वर्षमा बढेर १३ दशमलब ३३ प्रतिशत कायम गरिुउ पछि त्यसको असर सबै भन्दा बढि व्यवसायिक क्षेत्र र आयातित बस्तुमा पर्न गएको स्थानीय दिपक राज जोशी बताउँछन ।
गत वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷०८० का लागि प्रक्षेपण गरिउएो ब्याज आधार दरमा समेत परिबर्तन गर्दै सेपवा शुल्क सहित व्यवसायीले कर्जामा१४ दशमलब ७२ अर्थात करिब १५ प्रतिशत ब्याज भुक्तान गर्नु पर्ने अवस्था आए पछि समग्र ब्यापारमा उतार चढाव आएको बैंक कर्मचारीको भनाई छ ।
कृषि उपज बाहेक अन्य लगाउने खाने र प्रयोग गर्ने बजार उपभोग्य बस्तु आयात गरिने भएकोले नियमनकारी निकायले खरिद बिक्रिको दर तथा मुनाफाका माप दण्ड पनि स्पष्ट नभएका कारण व्यवसायीले मनपरि मूल्य निर्धारण गरि बिक्रि गर्दा उपभोक्तामा महंगीको मार परेको स्थानीइ देव सिंह भण्डारी बताउँछन ।
सरकारले जनहितमा न त ईन्धन दर एकरुपता कायम गर्न सकेको छ न नियन्त्रण नै, अर्कोतिर बैंकमा भएको ब्याज बृद्धिले लगानीकर्ता कृषक, साना उद्यमी, उद्योगी व्यवसायीमा पनि निरुत्साहन सिर्जना मात्र भएको छैन बजारमा गत वर्षको तुुलनामा ब्यापार ९०% प्रतिशतले कमी आएको स्थानीय व्यवसायी महेश कठायत बताउँछन ।
निर्वाचनको मिति नजिकिदै गर्दा जिल्ला सदरमुकाममा चुनावको चहलपहल पनि बढेको छ भने चुनावको सँगै मुखमा बजार भाउ बढिरहँदा पनि स्थानीय प्रशासन, स्थानीय निकाय तथा केन्दीय सरकार कसैले पनि आकासिएको बजारमूल्य नियन्त्रण अनुगमन गर्ने काम नगरेकोले निरासा व्यक्त गरेका छन ।
ईन्धन र बैंक ब्याजले प्रभाव पारे पछि कृषकका उत्पादनमा पनि स्वभाविक मुल्य बृद्धि भएको छ, तरकारी, फलफूलमा सामान्य हेरफेर भए पनि दाल चामल तेल चिनि लगायत दैनिक उपभोग्य खाद्यान्न सामानको दर साबिक भन्दा मूल्य बढनुमा बैंकिङ क्षेत्रमा बढेको ब्याज दर मुख्य कारण भएको व्यवसायी बताउँछन ।
गत चैत्र मसान्त सम्म मात्र बिभिन्न शिर्षकका ऋणमा ८ दशमलब ९७ देखि ९ दशमलब ८७ रहेको बैंक ब्याज दर असोज मसान्त सम्मको दर हेर्दा लगभग पाँच प्रतिशतले बृद्धि भएको बैंकर्सहरु बताउँछन, जसको प्रत्यक्ष मार सबै भन्दा बढि दैनिक ज्याला मजदुरी गरि खाने वर्ग, साना तथा फूटकर व्यवसायी र कोरोनाबाट प्रभावित कृषक कुटिर उद्योगी व्यवसायी लगायत आम सर्बसाधारण सबैलाई परेको नागरिक समाज डडेल्धुराका सदश्य गोबिन्द खडायतको भनाई छ ।
गत वर्षको तहार भन्दा यस वर्षको तिहारमा दिपावलीका सामानहरु पनि अधिकांश बस्तुमा मूल्य आसिएर आएको र बजारमा महंगी भएको अनुभूति उपभोक्ताले गरेको सन्दर्भमा बजारमा आपूर्ति हुने स्थानीय उत्पादन देखि आयातित सम्मका हरेक चिज बस्तुहरु खरिद नै मूल्य बृद्धि भएर आएकोले उपभोग्य दरमा मूल्य बढेको व्यवसायिहरुको भनाई छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com