Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

गठबन्धनलाई चुनावसम्मै लैजानेबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ: रामचन्द्र पौडेल

Posted on March 27, 2022March 28, 2022
Share this post
       

फाइल
फाइल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धनबारे जारी केन्द्रीय समिति बैठकबाट नीतिगत निर्णय हुने बताएका छन्।

वैशाखमा हुने स्थानीय चुनावमा कुन स्थानीय तह कसले लिने भन्नेबारेमा पछि नै निर्णय हुने पनि उनले बताए।

आज सानेपामा पत्रकारहरूसँगको कुराकानीका क्रममा पौडेलले पाँचदलीय गठबन्धनलाई बचाएर चुनावसम्मै लैजानुपर्ने अवस्था रहेको बताए।

‘गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ,’ उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त पछि नै थाहा हुन्छ।’

कांग्रेस केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरू भएको थियो। आज पनि बैठक बसिरहेको छ। बैठकमा जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिले बस्तुगत अवस्थाबारे जानकारी गराइरहेका छन्।

‘धेरै केन्द्रीय सदस्यहरूको धारणा गठबन्धनको आवश्यकता छ भन्ने नै देखिएको छ,’ उनले भने, ‘कहाँ लिने र कहाँ छाड्ने भन्ने पछि सल्लाह होला। तर यो बैठकले तालमेलको पक्षमा गठबन्धन बचाएर लैजानुपर्छ भन्ने नीतिगत निर्णय लिन्छ।’

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com