Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

खेलमैदान नहुँदा डडेल्धुरामा खेलाडी पलायन हुँदै

Posted on January 10, 2023January 10, 2023
Share this post
       

अखण्ड सम्बाददाता
२५ पौष २०७९ डडेल्धुरा
डडेल्धुरामा खेलमैदान नहुँदा प्रतिभावान खेलाडी पलायन भइरहेका छन् ।

जिल्ला सदरमुकाममा एउटा पनि व्यवस्थित खेल मैदान छैन भने २०४० सालमा निर्माण भएको कभर्ड हल भत्किएको चार वर्ष बितिसक्दा पनि पुर्ननिर्माण नहुँदा इनडोर खेलहरु पनि प्रभावित भएका छन ।
डडेल्धुरामा खेलका महत्वपूर्ण अभ्यास र प्रतिस्पर्धाहरु गराउन उग्रतारा रंगशाला र भजनेउटा क्रिकेट मैदान निर्माण गर्ने ३५ करोडको बहुउद्देश्यीय डिपिआर समेत अलपत्र परेको मात्र छैन मुलुकको राजनीतिक अस्थिरताको शिकार पनि डडेल्धुराको खेल जगत भएको जिल्ला खेलकुद समितिका अध्यक्ष डम्बर बहादुर थापाले बताएका छन ।
अघिल्लो समितिले डिपिआर तयार पारी राष्ट्रिय खेलकुद परिषद् र शिक्षा तथा खेलकुद मन्त्रालयमा समेत पेश गरेको तर संघिय सरकार परिबर्तनको घटना र श्रृंखलाले गर्दा उक्त योजनाहरु पेण्डिङ रहेको हुन सक्ने जिल्ला खेलकुद समितिका पूर्व अध्यक्ष राजु थापामगरले बताए ।
प्रस्तावित उग्रतारा रंगशाला र भजनेउटा क्रिकेट मैदान निर्माण गर्ने क्रममा आवश्यक जग्गा लिने, फिल्ड निर्माण गर्ने र कभर्ड हलको लागि ८ पिल्लर सहित पर्खाल निर्माण र तारजाली लगाउने कामहरु पनि भए तर योजनाको निरन्तरता नहुँदा त्यसको प्रत्यक्ष असर अहिले देखिरहेको बर्तमान अध्यक्ष डम्बर थापाले बताए ।
डडेल्धुराको खेल जगतमा यहाँको राजनीतिक बृतले पटक्कै ध्यान नदिएको स्थानीयको भनाई छ, स्थानीय भन्छन खास गरि संघियताको कार्यान्वयनसँगै स्थानीय तहहरु क्रियासिल भए पछि नेताहरु आफ्नो पालिका तर्फ मात्र केन्द्रीत भए जिल्ला सदरमुकामलाई उपेक्षा र वेवास्ता गरे ।
जिल्ला सदरमुकाममा आवश्यक पूर्बाधार भए जिल्लाकै ईज्जत बढथ्यो होला, यहँँ राष्ट्रिय प्रादेशिक कायृक्रमहरु हुन पाए डडेलधुराकै स्थानीय लाभान्वित हुने थिए तर यस विषयमा स्थानीइ तहका नेतृत्वहरुले ध्यान दिएका छैनन समाजसेवी गणेश कठायत गुनासो गर्दछन ।
जिल्लामा खेल मैदानसँगै खेल सामग्री सहित पर्याप्त बजेट नहुँदा खेलाडीको अभ्यास, खेलाडी उत्पादन र प्रोत्साहन गर्ने सबै गतिविधिहरु ठप्प प्राय रहेको भएपनि खेलमा रुचि भएका विद्यार्थी समुहका खेलाडीले जेनतेन जोहो गर्दै आएको खेलाडी बताउँछन ।
जिल्ला खेलकुद विकास समिति डडेल्धुराको कार्यालय समेत रहेको कभर्ड हल पनि वर्षाले भत्किए पछि एक पटकको पचास लाख बजेट फ्रिज भयो र पुनः सेमि कभर्ड हल बनाउन २ करोड १२ लाखमा टेण्डर खोलिसकेकोले अब कभर्ड हल बन्नेमा हामी विश्वस्त छौं तै पनि बाहिरी खेल खेलाउन पर्याप्त ठाउँ भएको खेलमैदान हामीसँग छैन अध्यक्ष थापा बताउँछन ।
तराँईमा कहिले हुस्सु त कहिले गर्मी, गर्मी मौसममा हुने हरेक खेलहरु पहाडमा संभब छन त्यसमा पनि उपयुक्त हावापानी, सबैको पायकपर्दो, कुनै जिल्लालाई पनि धेरै टाढा नहुने, पहाडमा त मौसम सफा रहन्छ, मनोरम हिमालयहरु देख्न पाईन्छ, यहाँको कृषि उद्यम लगायत यातायात क्षेत्र सहित समग्र व्यवसाय प्रबद्र्धन हुन्थ्या,े जिल्लाको अर्थतन्त्र पनि चलायमान हुने थियो सबैले काम पाउँथे तर के गर्नु कसैले ध्यान दिदैनन स्थानीय बसन्त ठकुराठी बताउँछन ।
गर्मी मौसममा पनि ठूला खेल आयोजनाको संभावना रहेको डडेल्धुरामा खेलाडीका लागि एउटा पनि खेल मैदान र आवश्यक पूर्वाधार छैन । यसले खेलाडीहरु नियमित अभ्यासबाट बञ्चित हुनुका साथै उनीहरु पलायन हुने क्रम बढेको अनुभव जिल्ला भलिवल संघका अध्यक्ष राजेन्द्र ठगुन्ना सुनाउँछन ।
डडेल्धुराका सात स्थानीय तहमध्ये अजयमेरु, नवदुर्गा गाउँपालिका र पर्शुराम नगरपालिकाले स्तरीय खेल मैदान निर्माण गरेका छन् भने आलिताल गाउँपालिकाले सुनखोलाको बगरमा प्रस्ताव गरिएको खेल मैदान बाढीले बगाईकेको छ भागेश्वर गाउँपालिकामा खेल मैदान नै छैन भने गन्यापधुरा गाउँपालिकामा पनि नयाँ निर्माण भएको छैन ।
सदरमुकाममै रहेको अमरगढी नगरपालिकासँग स्थानीय तहको स्वामित्वमा पनि कुनै खेलमैदान नभए पछि अघिल्लो नगर बिरपत्ता जंगलमा निर्माण गर्न खोजिएको क्रिकेट खेल मैदान पनि विवादमा पर्दा यथास्थितिमा नै रहेको छ । जिल्ला सदरमुकामका विभिन्न विधाका खेलप्रेमीहरु खेलकुद कार्यक्रम तथा क्रियाकलापबाट बञ्चित भएका छन, ब्याटमिन्टन खेल्नेहरु कहिले सरकारी कार्यालय प्रांगण तथा परिसरमा त कहिले होटल रिसोर्टमा जान बाध्य भएको जिल्ला ब्याटमिन्टनका अध्यक्ष सिद्धराज पाठक बताउँछन ।
खेलकुद शैक्षिक गतिबिधिको अभिन्न अंग पनि हो, हरेक बिद्यालयहरुमा उपलब्ध जग्गाको सदुपयोग गर्दै साधारण खालका खेलकुद मैदानहरु निर्माण गरि नियमित क्रियाकलापहरु गर्ने गरेको भए पनि जिल्ला स्तरिय खेल कार्यक्रम गर्न आवश्यक ठाउँको अभाव खटकिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बर बहादुर भण्डारी बताउँछन ।
स्थानीय जनताको पनि सामाजिक र सामुदायिक आवश्यकतालाई मात्र दृष्टिगत गर्ने परिपाटी बिद्यामान छ, सानातिना योजनताहरु माग हुन्छन तर खेलकुदमा योजना माग भएको बिरलै भेटिन्छन, खेलकुद पूर्बाधारका लागि ठूलो बजेट चाहिन्छ तर जिल्लामा क्रियासिल राजनीति गर्ने समाजसेवीले पनि आवश्यक पहल गरेको देखिदैन । स्थानीय सरकार तथा राजनीतिक नेतृत्वले सात पहाडी जिल्लाको केन्द्र डडेल्धुरामा विकासका अन्य आयामसँगै व्यवस्थित र सुबिधा सम्पन्न खेल मैदान सहित पूर्वाधारमा ध्यान दिनु जरुरी छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com