Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

खर्च विवरण बुझाउँदै उम्मेदवार

Posted on December 6, 2022December 6, 2022
Share this post
       

अखण्ड सम्बाददाता
२० मंसिर २०७९ डडेल्धुरा
मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च डडेल्धुरामा प्रत्यक्ष तर्फ २० मध्ये १४ जनाले बुझाएका छन ।
प्रतिनिधि सभा तर्फ क्रमसः नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्ण बहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्ण बहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार बिक्रम बहादुर शाहीले २ लाख २ हजार १९०, राप्रपा उम्मेदवार गोबिन्द खडायतले ४ लाख ४० हजार र नेपाली काँग्रेसका उम्मेदवार प्रधानमन्त्री शेर बहादुर देउवाले २ लाख ३० हजार मञ्च व्यवस्थापन तथा अन्यमा ७ लाख १५ हजार ५ सय निर्वाचनमा खर्च भएको विजवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन ।
यस्तै द्ई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेश सभा तर्फ स्वतन्त्र उम्मेदवार तेज बहादुर कठायतले २० हजार, नेकपा एमालेका उम्मेदवार गजेन्द्र शाहीले ८ लाख, स्वतन्त्र उम्मेदवार डा. तारा प्रसाद जोशीले ३ लाख १९ हजार, स्वतन्त्र उम्मेदवार नवराज धिक्तले ६६ हजार २५०, जसपा उम्मेदवार नरभान पवार्कीले ५० हजार, राप्रपा उम्मेदवार खेमराज पनेरुले ४ लाख ५० हजार, स्वतन्त्र उम्मेदवार धन बहादुर बोहराले १ लाख ६६ हजार ९सय, र राप्रपा उम्मेदवार पदमराज जोशीले ३ लाख ३५ हजार रुपैयाँ निर्वाचनमा खर्च भएको जनाएका छन ।
निर्वाचन खर्च बुझाउने उम्मेदवारहरुमा कर्ण बहादुर मल्ल, गजेन्द्र शाही, तारा प्रसाद जोशी, बिक्रम शाही, गोबिन्द बोहरा र धन बहादुर बोहरा गरि ६ जनाले बैंकिङ कारोबार भएको विवरण बुझाएका छन भने अरुले नगद कारोबार भएको निर्वाचन कार्यालयमा पेश गरिएको कागजातमा उल्लेख गरिएको कार्यालयले जनाएको छ ।
मंगलवार सम्मको तथ्यांकमा निर्वाचनमा भएको खर्च बुझाउनेमा प्रतिनिधि सभा तर्फ कर्ण बहादुर मल्ल पहिलो र प्रदेश सभा तर्फ तेज बहादुर कठायत पहिलो विवरण बुझाउने उम्मेदवार रहेका छन भने प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फका प्रत्यक्ष र समानुपातिक तर्फका विवरण्न नबुझाएका अन्य उम्मेदवारले निर्वाचन निर्देशिका २०७९ को दफा ८०, उपदफा २ र ३ बमोजिम अनुसूचि ४०को ढाँचामा निर्वाचन परिणाम अन्तिम घोषण भएको ३० दिन भित्र आयोगद्वारा स्वीकृत ढाँचामा आचार संहिताको परिपालना गरेको तोकिएको विषयमा पेश गरिसक्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।
हरेक राजनीतिक दलबाट बन्द सूचिमा रहेका समानुपातिक उम्मेदवारहरु मध्ये राप्रपा उम्मेदवार सरिता रैसालले मात्र २ लाख ४० हजार निर्वाचन खर्च भएको विवरण कार्यालयमा बुझाएका छन ।
आयोगले मंसिर ४ गते सम्पन्न हुने आम निर्वाचनका लागि प्रतिनिपिध सभा सदश्यका लागि ३१ लाख र प्रदेश निर्वाचन क्षेत्रमा डडेल्धुराको क मा १९ लाख र ख मा २१ लाख प्रत्यक्ष तर्फका उममेदवारका लागि खर्च सिमा तोकेको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com