गणेश थापा मगर
प्रशस्त पर्यटकिय सम्भावना हुदाहुदै पनि तुलनात्मक रुपमा अगाडी बढ्न नसकिरहेको सुदुरपश्चिमको पर्यटनको विकासमा अनेक बाधाहरु संगै पुनः कोविड १९ ले धावा बोलिरहेको आकलन प्रष्ट रुपमा अनुमान लाउन सकिने अवस्था आईसकेको छ ।
सुदुरपश्चिमको मात्र नभएर समग्र नेपालको पर्यटनमा नयाँ मोड ल्याउनको लागी नेपाल सरकार द्धारा घोषणा गरिएको नेपाल भ्रमण बर्ष २०२० को पूर्ण सफलताको लागी संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकार का साथै निजि क्षेत्र तथा पर्यटनपे्रमीहरुले जोडतोडका साथ तयारी गरे पनि विश्वव्यापी रुपमा फैलिएको कोविड १९ पहिलो भेरियन्ट ले असफल पारे संगै नेपालको पर्यटनमा फेरि निरासा थपिएको थियो संग संगै कोविड १९ को क्रमसः दोश्रो तथा तेश्रो भेरियण्टले नेपालको पर्यटन लाई पुनः केही बर्ष पछाडी धकेल्ने देखिरहेको छ
।
अर्थतन्त्रको विकास का लागी नेपालको लागी पर्यटन क्षेत्र सम्भवतः कृषि पछाडीको मुख्य श्रोत हो । २० लाख लाई पर्यटक भित्राउने लक्ष्यका साथ सुरु भएको भिजिट नेपालको पुर्वसन्धया अर्थात सन २०१९ को अन्त सम्म विदेशी पर्यटकहरुको तथ्यांक हेर्ने हो भने अघिल्लो बर्ष अर्थात सन २०१८ को तुलनामा २.१ प्रतिसत ले बढेको देखिएको थियो जसले गर्दा नेपालका पर्यटनकर्मीहरु उत्साहित बनेको देखिन्थ्यो भने सुदुरका पर्यटन व्यवसायीहरु आफना क्षेत्रमा पनि विदेशी पर्यटकहरु आउने कुरामा आशावादी देखिन्थे तर कोविडको प्रकोपको कारण २० लाख पर्यटक भित्राउने लक्ष राखेको नेपालमा कुल २,३०,०८५। जना मात्र विदेशी पर्यटक नेपाल भित्रिएको एक अनौपचारीक अध्ययनले जनाएको छ जुन अघिल्लो वर्षको तुलनामा ८०.८ प्रतिसत कम हो भने नेपालमा भित्रिएका कुल २,३०,०८५ जना विदेशी पर्यटक मध्ये कति जना विदेशी पर्यटक सुदुरपश्चिम सम्म पुगे यो सोचनिय बिषय होला ।
सन २०१९ मा करिव करिव १२ लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएकोमा गत बर्ष अर्थात सन २०२१ मा ५० हजार पनि पुग्न नसक्नु ले कोविडको प्रकोपले नेपालको पर्यटन लाई कता धकेलीरहेको छ भन्ने कुरा प्रस्ट हुन सकिन्छ । सरसर्ती हेर्दा नेपालमा विदेशी पर्यटकहरु गत बर्षको तुलनामा ८० प्रतिसतले कमी भएको देखिन्छ भने त्यस बाट प्रत्यक्ष र अप्रतयक्ष रुपमा के कती नोक्सानी भोग्नुपरेको छ यो पनि अध्ययनका बिषयनै हुन सक्ला ।
पर्यटन पुनरुत्थानका लागी के गर्नु पर्ला ?
समस्या र चुनौती कहिलेकाही अवसरको रुपमा लिनु सबै भन्दा बुद्धिमत्तता मानिन्छ यसैले नेपालको पर्यटन उद्योगमा कोविड १९ को प्रकोपले पारेको असर बाट सिकाई लिदै आगामी दिनमा पर्यटन लाई पुनरुत्थान गर्दै देशको अर्थतन्त्र लगायतका क्षेत्रहरुमा योगदान पुरयाउनका लागी अव पर्यटन संग सरोकार राख्ने सबै पक्षहरुले पर्यटन पुनरुत्थानका लागी रणनैतिक रुपमा अगाडी बढ्न आवश्यक देखिन्छ ।
१ ः पर्यटकिय गन्तव्यहरुको पहिचान तथा ब्राण्डिंग
सुदुरपश्चिम मा सम्भावना बोकेका कैयन पर्यटकिय गनतव्यहरु छन जो अहिले सम्म पनि ओझेलप्रायः रहेको देखिन्छ भने विस्तारै केही पर्यटकिय गन्तव्यहरु बजारमा बिक्न थालेको छ वा प्रचार प्रसारका कारण पर्यटकको नजरमा पर्न थालेको देखिन्छ यद्यपी अझै पनि यहाँका मुख्य पर्यटकिय गन्तव्यहरुको पहिचान तथा ब्राण्डिंग गर्न आवश्यक देखिन्छ । कोविड १९ को प्रकोपले समग्र पर्यटन लाई सिथिल पारिरहेको अहिलेको अवस्थामा आगामी दिनमा यस क्षेत्रमा पर्यटक भित्राउनका लागी यस क्षेत्रका मुख्य मुख्य पर्यटकिय गन्तव्यहरुको पहिचान र प्रवद्र्धन गर्न आवश्यक छ ।
हामीले पहिचान गरेका पर्यटकिय गन्तव्यहरु सम्म पर्यटक किन आउने ? त्यहाँको मुख्य बिशेषता सहित पर्यटकिय गन्तव्यहरुको व्राण्डिंग गर्ने तर्फ ध्यान दिन सक्यो भने आगामी दिनमा हाम्रा पर्यटकिय गन्तव्य सम्म पर्यटकहर लाई आकर्षित गर्न सकिने सम्भावना देखिन्छ ।
२ ः आन्तरिक पर्यटन प्रवद्र्धन
पछिल्लो केही बर्ष देखी नेपालमा आन्तरिक पर्यटनको चहल पहल तुलनात्मक रुपमा निकै बढेको देख्न सकिन्छ । नेपाल मा बाह्य पर्यटकहरुको निरासजनक उपस्थितीमा आन्तरिक पर्यटकले केही हद सम्म मल्हम थपिररहेको देख्न सकिन्छ भने केही समय अर्थात सन २०१७ मा गरिएको एक अनौपचारिक अध्ययन अनुसार नेपालमा बाह्य पर्यटकहरु ले प्रतिदिन गर्ने औषत खर्च को अनुमातमा आन्तरिक पर्यटकहरुले प्रतिदिन गर्ने औषत खर्च तुलनात्मक रुपले धेरै देखिएकोले पनि अव नेपालको बैकल्पिक पर्यटनको लागी आन्तरिक पर्यटन प्रवद्र्धन गन आवश्यक देखिन्छ ।
पछिल्लो समयमा बढ्दो आन्तरिक पर्यटनले स्थानिय पर्यटन व्यवसायीहरु लाई उत्साहित बनाईरहेको सन्दर्भमा आगामी दिनमा पर्यटन उनरुत्थानका लागी आन्तरिक पर्यटकहरुको रोजाई का आधार मा आन्तरिक पर्यटन प्रवद्र्धन लागी पर्यटन संग सरोकार राख्ने सबैले हातेमालो गर्न आवश्यक देखिन्छ ।
३ ः ग्रामिण पर्यटनको विकास
नेपालमा पर्यटन उद्योगको प्रतिफल हाल सम्मको ट्रेन्ट हेर्दा सहर बजारका व्यवसायी तथा ठुला लगानीकर्ताहरु ले मात्र पाईरहेको जस्तो देखिन्छ त्यसैले ग्रामिण भेगका जनता हरुले प्रतिफल प्रतिफल पाउने गरी स्थानिय जनता लाई प्रत्यक्ष रुपमा पर्यटन सेवामा सहभागी गराएर ग्रामिण पर्यटनको विकास गर्न आवश्यक देखिन्छ ।
ग्रामिण जनजिवन, ग्रामिण खानपिन, कला संस्कृति, रहनसहन, रितिथिति हरु पर्यटकहरुका लागी नयाँ खुराक हुन सक्दछन र पछिल्लो सयममा ग्रामिण पर्यटन तर्फ आकर्षित हुने पर्यटकहरुको ग्राफ पनि उकालिदै गईरहेको अवस्थामा नेपालको अन्य क्षेत्रमा पनि ग्रामिण पर्यटनको विकास गर्न जरुरि देखिन्छ ।
४ ः सहकार्यता
नेपाली पर्यटनको विकास तथा प्रर्वद्धनका लागी पर्यटन संग सराकोर राख्ने सबै पक्षहरुको सर्वपक्षिय सहकार्यता आवश्यक रहेको देखिन्छ । नेपाली पर्यटनको विकासका लागी सबै पक्षको आ आफनो क्षेत्र बाट प्रयास हरु गरेको देखिएता पनि एकिकृत रुपमा भएका पहलहरु निकै कम देखिन्छ तथा सयुक्त कार्ययोजनाहरु निकै कम बनेको देखिन्छ ।
पर्यटनको राम्रो सम्भावना भएका दुई वा दुई भन्दा वढी स्थानिय सरकारहरु मिलेर संयुक्त कार्ययोजनाहरु बनाएर दिगो पर्यटनका लागी अघाडी बढनु आवश्यक देखिन्छ ।
५ ः नितिगत व्यवस्था
पर्यटन धरासयी भईरहेको अवस्थामा यसको पनरुत्थानका लागी स्थानिय, प्रदेश र संघिर सरकार द्धारा पर्यटनकर्मि तथा पर्यटन व्यवसायी मैत्री निति तथा कानुनहरु बनाउने तथा त्यसको सफल कार्यान्वयन गर्न आवश्यक देखिन्छ । पर्यटनमा नयाँ केही गर्न खोजिरहेको व्यक्ति वा समुह लाई त्यता तिर आकर्षित गर्नका लागी सरकारको निति तथा कार्यक्रमहरु ल्याउन आवश्यक देखिन्छ ।