मनोनयन गर्ने पूर्व सन्ध्यामा आएर डडेल्धुराको स्थानी तह निर्वाचन लक्षित राजनीति तरंगित भएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आन्तरिक संघर्ष चलिरहेकै बेला नेपाली कांग्रेस संस्थापन पक्षले प्रमुख प्रतिपक्षी पार्टी एमालेसँग चुनावमा भिडनु पर्ने भएको छ ।
सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशन देखि आन्तरिक विवादमा रहेको नेपाली काँग्रेस डडेल्धुराका नेता कार्यकर्ताहरु अन्यायमा परेको भन्दै नेपाली कांग्रेस विपी र नेकपा एमाले डडेल्धुरासँग चुनावी समिकरण गरेर उम्मेदवारी दिने भएका छन ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाले अधिबेशन सम्बनिधत गुनासो र उजुरी सुनुवाई नगरे पछि अल्टिमेटमलाई समेत पार्टीले वेवास्ता गर्दा अन्तिमसम्म पर्खिएर आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस (बीपी)बाट प्रतिनिधित्व गरि जिल्लाका सात वटै स्थानीय तहका प्रमुख उपप्रमुख र वडाका उम्मेदवारलाई तालमेल गरि समिकरणका साथ उम्मेदवारी दर्ता गर्ने सहमति भएको जनाईएको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरुले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति गरे पनि नेकपा माओवादीले एकल उम्मेदवार निर्णय गरिसकेको छ भने नेपाली कांग्रेस छाडेर कांग्रेस बीपीबाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरा कांग्रेस संकटमा परेको छ ।
