Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

केन्द्रीय सभापतिकै गृहजिल्लामा फुट्यो कांग्रेस, एमाले र विपी काँग्रेस पक्षबीच तालमेल

Posted on April 25, 2022April 25, 2022
Share this post
       

मनोनयन गर्ने पूर्व सन्ध्यामा आएर डडेल्धुराको स्थानी तह निर्वाचन लक्षित राजनीति तरंगित भएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आन्तरिक संघर्ष चलिरहेकै बेला नेपाली कांग्रेस संस्थापन पक्षले प्रमुख प्रतिपक्षी पार्टी एमालेसँग चुनावमा भिडनु पर्ने भएको छ ।
सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशन देखि आन्तरिक विवादमा रहेको नेपाली काँग्रेस डडेल्धुराका नेता कार्यकर्ताहरु अन्यायमा परेको भन्दै नेपाली कांग्रेस विपी र नेकपा एमाले डडेल्धुरासँग चुनावी समिकरण गरेर उम्मेदवारी दिने भएका छन ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाले अधिबेशन सम्बनिधत गुनासो र उजुरी सुनुवाई नगरे पछि अल्टिमेटमलाई समेत पार्टीले वेवास्ता गर्दा अन्तिमसम्म पर्खिएर आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस (बीपी)बाट प्रतिनिधित्व गरि जिल्लाका सात वटै स्थानीय तहका प्रमुख उपप्रमुख र वडाका उम्मेदवारलाई तालमेल गरि समिकरणका साथ उम्मेदवारी दर्ता गर्ने सहमति भएको जनाईएको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरुले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति गरे पनि नेकपा माओवादीले एकल उम्मेदवार निर्णय गरिसकेको छ भने नेपाली कांग्रेस छाडेर कांग्रेस बीपीबाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरा कांग्रेस संकटमा परेको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com