Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

कृषि लगानी प्रतिफलमुखि हुनु पर्नेमा सरोकारवालाको जोड

Posted on January 16, 2024January 16, 2024
Share this post
       

अखण्ड सम्बाददाता
२ माघ २०८० डडेल्धुरा

डडेल्धुराका किसानहरुले गरिरहेको व्यवसायिक तरकारी खेती, फलफूल खेती तथा पशुपंक्षी पालनमा तिनै तहका सरकारको लगानी प्रतिफलमुखी हुनु पर्नेमा सरोकारवाला निकाय र कृषकले जोड दिएका छन ।

रेडियो नेपाल सिंहदरबार काठमाण्डौको आयोजनामा अमरगढी नगरपालिकाको सभा हलमा आयोजित व्यवसायिक तरकारी तथा फलफूल खेती र समृद्धिमा योगदान विषयक स्थलगत रेडियो बहश कार्यक्रममा सहभागी डडेल्धुराका अगुवा किसानहरुले तरकारी र फलफूल खेतीमा तिनै तहका सरकारले कृषि सडकको स्तरोन्नती,कृषक क्षमता अभिबृद्धि कार्यक्रम संचालन, यानित्रकरण सहयोग, प्रबिधि तथा प्रणालीमा आाधारित ज्ञान, भण्डारण तथा संकलन केन्द्र स्थापना, सिंचाई लगायतका भौतिक पूर्बाधारमा लगानी बढाउनु पर्ने र राज्यलाई ठग्ने अनुदान र बिकृतिमा ध्यान दिनु पर्ने सुझाव दिएका छन ।
अमरगढी नगरपालिका वडा नंं ५ का अध्यक्ष टंक बहादुर क्षेत्रीको अध्यक्षता र सुदूरपश्चिम प्रदेश सभा सदश्य माननीय सरस्वती खडकाको प्रमुख आथित्यतामा संचालन भएको बहशमा डडेल्धुरा जिल्लामा कृषि क्षेत्रमा भए गरेका क्रियाकलापहरु, उपलब्धी तथा सकारात्मक गतिबिधि र समस्या चुनौती र जोखिमहरुको बारेमा छलफल गरि तरकारी उत्पादनमा सुदूरपश्चिमकै पहाडी जिल्लाहरुमा अग्रणि रहेको डडेलधुरा जिल्लामा समग्र कृषि विकास, बजारीकरण, भण्डारण तथा उपभोक्ता हितका बारेमा पनि अन्र्तक्रिया गरि अबको लक्ष्य स्पष्ट हुनु पर्ने बताएका छन ।
गन्यापधुरा गाउँपालिका–१ का अगुवा किसान प्रसाद अवस्थीले बाँझो जग्गा लिजमा लिएर आफूले कृषि कर्म गरिरहेको र दर्जनौं व्यक्तिलाई रोजगार समेत दिन सफल रहे पनि अझै कृषि व्यवसाय व्यवसायिक बनाउन नीतिगत र व्यवहारिक समस्याहरु रहेको बताए ।
भागेश्वर कृषि तथा पशुपालन फर्मका सञ्चालक समेत रहेका अवस्थीका अनुसार डडेल्धुरामा तरकारी र फलफूल खेती व्यावसायिक रुपमा स्थापित हु्ने दिसातर्फ उन्मुख भएको र संभावना पनि उच्च रहेकोले किसानको उत्पादन राज्यले सुनिश्चित गरे कृषकहरु उत्साहित भएर लाग्ने बताउँदै बैदेशिक रोजगारमा जाने युवाहरुलाई सन्देश स्वरुप बेरोजगार युवाहरुका लागि आफूले सिकाई केन्द्र समेत बनाएको र आफनो फर्ममा आएर सिक्ने र गर्ने बाताबरण सिर्जना गरिदिएको बताए ।
यस्तै अमरगढी नगरपालिका वडा नं. ५ सेलागाउँका कृषकहरुले पनि आफूहरुले पनि बाँझो जग्गा खनजोत गरि आलु सुपर जोनको सहयोगमा भएको तारजादली घरेबार क्षेत्र भित्र श्री असिग्राम कृषि तथा पशुपालन समूह मार्फत सामूहिक रुपले व्यवसायिक रुपमा आलु खेती गरिरहेको र आगामी दिनमा कृषि ज्ञान केन्द्रको समन्वयमा गैरसरकारी क्षेत्रसँगको साझेदारीमा ताजा तरकारी उत्पादनमा पनि आफूहरु क्रियासिल रहेने बताउँदै आफूहरुलाई व्यवसायिक बनाउन प्राबिधिक ज्ञानसँगै सहजकिरण सहयोगको आवश्यकता रहेको बताए ।
कार्यक्रममा किसानहरुले गरेको उत्पादनलाई बजारमा लैजानु अघि स्थानीय सरकारले कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गरि दिनु पर्ने, कृषकको उत्पादन लागत सम्बन्धि उद्यमशिलता र लाभलागतका बारेमा ज्ञान प्रदान गर्नु पर्ने, राज्यको लगानीको तथ्यांक राख्न र अनुदानको दुरुपयोग रोक्न व्यवसायिक किसानलाई किसान परिचयपत्र दिनु पर्ने जस्ता समस्याहरुलाई सहजिकरण र समाधान गरे डडेल्धुरा जिल्लाको कृषि उत्पादन खेर नजाने मात्र नभई समग्र कृषि विकासका कार्यक्रमहरु प्रभावकारी पनि हुने बताएका छन ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुले पछिल्लो समयमा कृषि क्षेत्रमा सरकारको लगानी बढ्दै गइरहेको र ज्ञान केन्द्रले सरकारको नीति अनुरुप बार्षिक कार्यक्रमहरुलाई स्पष्ट सुचना प्रकासित गरि पारदर्शि ढंगले कार्यसम्पादन गरिरहेको बताउनु भयो । उहाँले किसानको उत्पादन प्रबद्र्धन र संभावना भएका तरकारी वाली, फलफूल वाली र पशुपन्छी पालन व्यावसायिक रुपमा गर्ने कृषक र कृषि क्षेत्रलाई प्रोत्साहन पुग्ने र दिगोपनाका लागि प्रदेश सरकारले प्रक्षेपण गरेको बजेट तथा माग अनुसारका कार्यक्रमहरुलाई वास्तविक किसानसम्म जोडन कार्यालय चनाखो भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
बहश कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्य सरस्वती खडकाले किसानहरूका प्रयास सकारात्मक रहेको तर उठेका आवाज र गुनासाहरुलाई नीतिगत रुपमै समाधानका लागि प्रदेश सभामा मार्फत पहल गर्ने बताउनु भयो ।
बिभिन्न क्षेत्रबाट प्रतिनिधिमूलक रुपमा उपस्थित अगुवा कृषकहरु, बिभिनन संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीको उपस्थितिमा भएको रेडियो बहश कार्यक्रम रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत उद्धव सिंह च्वाँगडी र पत्रकार चक्र साउँदले सहजीकरण गर्नुभएको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com