Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

कृषि बजार नहुँदा डडेल्धुरामा

Posted on July 31, 2024July 31, 2024
Share this post
       

अखण्ड सम्बाददाता
१६ श्रावण २०८१ डडेल्धुरा
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा कृषि बजारको व्यवस्था नहुँदा किसान र उपभोक्ता मार्कामा परेका छन ।
डडेल्धुरामा प्रत्येक वर्ष कृषि उपजको क्षेत्रफल बिस्तार हुँदैछ तर तरकारी र फलफूलको थोक बिक्रि तथा उपभोक्ताका लागि खरिद गर्ने व्यवस्थित कृषिजन्य थोक तथा खुद्रा बजार नहुँदा किसानले उत्पादनको उचित मूल्य पाएका छैनन भने उपभोक्ताले पनि सर्बसुलभ मूल्यमा उपभोग गर्न पाएका छैनन ।
कृषिजन्य उत्पादन बिक्रि र खरिदको बजार मूल्य सूचि सूचना प्रणाली एकातिर छैन भने अर्कोतिर चुस्त व्यवस्थापन नहुँदा बारीमै कुहिने र समयमै बजारमा नपुग्दा वर्षेनि करोडौंको क्षती हुने गरेको छ ।
व्यक्तिगत फर्म तथा समूहगत रुपमा कृषिजन्य उत्पादनमा किसानको सक्रियता र लगानी बढेकाले तरकारी उत्पादनलाई प्रबिधिमैत्री बनाउँदै पूर्बाधार र संरचना निर्माणका साथै कृषि उपजलाई सुनिश्चित बजारीकरणमा पनि राज्यको ध्यान जानु पर्ने अगुवा कृषक प्रिन्स अवस्थीले बताए ।
उहाँका अनुसार व्यवस्थित कृषि बजार नहुँदा कृषक र उपभोक्तालाई प्रत्यक्ष मार्का परेको छ भने कृषि उपजलाई बजारसम्म पु¥याउने कृषि व्यवसायीलाई पनि असर परेको छ, किनकी उत्पादनको मूल्य पनि दिनदिनै घटबढ भई दिने र एकरुपताका साथ खरिद बिक्रि नहुने भएकोले निश्चित व्यक्तिलाई मात्र फाईदा पुगेको उहाँको भनाई छ ।
डडेल्धुरा मौसमी तथा बेमौसमी तरकारी र मौसमी फलफूल उत्पादनको लागि अत्यन्त संभावना भएको जिल्ला हो तर किसानहरुले कृषि बजार नभएकै कारण जेनतेन धानिरहेको भन्दै किसानहरुको मनोबल उच्च राख्न उत्पादन र क्षेत्रफल बिस्तारलाई मात्र ध्यान नदिई नियमित खरिद बिक्रिको सूचना सम्प्रेषण तथा मापदण्ड सहितको उचित र सुनिश्चित व्यवस्था भएमा किसानहरु उत्साहित भएर काम गर्ने बाताबरण सिर्जना हुने भागेश्वर गाउँपालिका वडा नं. ४ ऐडुंग्राका अगुवा कृषक गणेश बहादुर बुढाऐरको भनाई छ ।
डडेल्धुरामा वर्षेनी करोडौंको तरकारी उत्पादन तथा निर्यात हुन्छ, यहाँको तरकारी तराई लगायत सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लाका बजारमा पुग्छ, यहाँको फलफल खास गरेर जुनार सुन्तला संघिय राजधानी सम्म पनि पुग्छ तर व्यवस्थित बिक्रि, खरिद र निर्यातको व्यवस्था नहुदा बेलाबखतमा किसानहरु अन्योलमा रहने गरेको बुढाऐरले बताए ।
डडेल्धुरा तरकारी उत्पादनमा अग्रणि मात्र नभई पहिचान बनाएको जिल्ला भएको कुरा गौरबको विषय हो तर तरकारी व्यवस्थित गर्ने सुनिश्चित बजारको कुरा पटकपटक उठछ तर सार्थक हुदैन, कृषि बजार भए राज्यको अनुदान लगानी पनि घटने, बेरोजगारी पनि घटने र युवा पलायन पनि रोकिने तर्फ तिनै तहका सरकारको पहल आवश्यक रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुको भनाई छ ।
कृषि बजार भए किसानले कहाँ बेच्ने कसरी बेच्ने र कति मूल्यमा बेच्ने भन्ने दुबिधा नभए पछि स्वयं लगानी गरेर पनि उत्पादनलाई जोड दिने भएकाले सधै भरि राज्यको मुख ताकिरहनु पर्ने नहुन सक्छ, जति उत्पादन भए पनि कृषि बजारले नै व्यवस्थि तगर्नै कुरामा कृषक ढुक्क हुने अवस्था सिर्जना हुने भएकोले थोक तथा खुद्रा बजारको आवश्यकता अपरिहार्य रहेको पनि उहाँले बताउँनु भयो ।
यस तर्फ नसोचेको पनि होईन भन्दै कार्यालय प्रमुख पनेरुले केहि वर्ष अगाडी उद्योग बाणिज्य संघको परिसरमा कृषि बजार शसरु पनि गरियो, संरचना पनि निर्माण भए, केहि दिन संचालन पनि भयो तर दिगो हुन सकेन, सफल हुन सकेन तथापी अब तरकारीको क्षेत्र बिस्तार सँगै उत्पादन पनि बृद्धि हुँदै गएकोले अब स्थानीय पालिकाले पहल गगर्नु पर्नै र अन्य पालिकाले पनि आवश्यक सहयोग गरेर कृषि उत्पादन व्यवस्थापन पूर्बाधारको व्यवस्था गर्न ढिलाई गर्न नहुने उहाँको जिकिर थियो ।
अहिले किसानले बारीबाट तरकारी वा फलफटिपेर बजार ल्याउँदा बिक्रि हुन्छ कि हुँदैन, उचित मूल्य पाईन्छ होला कि नपाईला, ढुवानी कसरी गर्ने, कसले खरिद गरि दिने, बाटो तथा समयको अवस्था र किसानको बाध्यता जस्ता बिभिन्न समस्याले ग्रस्त हुँदै पनि उत्पादनलाई जोखिमपूर्ण अवस्थामा बिक्रि गरेर चित्त बुझाउनु पर्ने परिस्थिति रहेको अमरगढी नगरपालिका वडा नं. १० भडारका व्यवसायिक कृषक बहादुर सिं साउँदको भनाई छ ।
वर्षौं देखि कृषि बजारको समस्या झेलिरहेका डडेल्धुराका किसान र उपभोक्ताहरुको सुबिधाका लागि तरकारी तथा फलफूल कृषि बजारको सुनिश्चितता सँगै नियमित र निर्यातमा हुन सक्ने आकस्मिक समस्या समाधानका लागि बैकल्पिक व्यवस्थापनमा पनि राज्यका निकाय तत्पर रहनु पर्ने अमरगढी नगरपालिका वडा नं. १ का किसान व्यवसायी खडक बहादुर ऐरको भनाई छ ।
उहाँले गत वर्ष मात्रै बुढितोलामा सडक भाँसिएर अबरुद्ध हुँदा तरकारी लोड गरेर पठाईएका दर्जनौ गाडीबाट सामान पास नहसँदा नालीमा फाल्नु पर्नै र किसानलाई पनि तरकारीको उचित मूल्य दिन नसकेको पिडा हामीसँग छ भन्दै गुनासो गर्नु भयो । फलफूल र तरकारी मात्र नभई डडेल्धुरामा गाईभैसिंको दुध पनि व्यवस्थित हुन सकिरहेको छैन, डडेल्धुरामा स्थापना भएको डेरी उद्योग संचालनमा नहुँदा उपभोक्ताले दुग्धजन्य उत्पादनको पनि गुणस्तरिय दुध स्थायी र सहज रुपले उपभोग गर्न नपाएको समय समयमा विषय उठछ तर व्यवस्था गर्ने तर्फ कसैको ध्यान गएको छैन ।
सरकारी गैरसरकारी क्षेत्रबाट कृषि क्षेत्रमा अथाह लगानी भएको छ, कृषि बजार भए खास गरि तरकारी र फलफूलको यतार्थ तथ्यांक पनि अभिलेख पनि हुने भएकोले सरकारले समग्र कृषि विकासको ठोस परिणाम प्राप्तीका लागि किसानले पाउँने पसिनाको मूल्य र उपभोक्ताले पाउँने न्यायोचित मूल्य निर्धारण सहितको कृषि उपभोगको विषयमा सरोकारवालाको अबिलम्ब पहल हुनु जरुरी छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com