Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

कुकुर र स्यालको टोकाईले त्रासदी

Posted on June 21, 2022June 21, 2022
Share this post
       

अखण्ड सम्बाददाता
३ अषाढ २०७९ डडेल्धुरा
डडेल्धुरा जिल्लाका ग्रामी क्षेत्रमा पछिल्लो केहि समय यता कुकुर तथा स्यालहरुको बिगबिगी बढेको छ ।
ग्रामीण क्षेत्रमा हुने भुस्याहा कुकुर तथा रेबिज रोग फैलाउने स्यालहरुबाट डडेल्धुरामा एक जनाको मृत्यु भईसकेको छ भने दर्जनौं पशुचौपायाहरुमा संक्रमण फैलिन थाले पछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका लागि औषधि उपचार गर्ने कार्य चुनौतिपूर्ण बन्दै गएको छ ।
एक महिना अगाडी मात्र अमरगढी नगरपालिका वडा नं. ४ मा स्यालको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने उहाँसँगै टोकेका दुृई भैंसि पनि मरेको खबर कार्यालयलाई प्राप्त भएको छ, साथै अरु मान्छेलाई पनि आक्रमण गरेको स्यालको टोकाईबाट बच्न भाग्दा एक जना गम्भीर घाईते भएका छन ।
अहिले गाउँघरमा भैंसि, बाख्राहरुलाई झम्टिने, पशुचौपाया राख्ने गोठ तथा खोरहरुमा प्रबेश गर्ने जस्ता क्रियाकलापहरु स्याहरुबाट हुने गरेका छन भने स्याललाई समातेका ककुरहरु पनि अनियन्त्रित रुपले मानिसको सम्पर्कमा आउने तथा टोक्ने घटनाहरुबाट बच्न स्थानीय पशुपालक कृषक एवं सर्बसाधारण नागरिक लाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले सतर्कता अपनाउन आग्रह पनि गरेको कार्यालय प्रमुख देवराज भट्टले बताए ।
रेबिज प्राणघातक रोग भएकोले स्याल तथा कुकुरहरुबाट बच्न र संभावित जोखिमलाई बजार तथा ग्रामीण क्षेत्रमा अति नै ध्यान दिन जरुरी छ, उपचारको तत्कालै संभावना नहुन पनि सक्छ यस्तै अवस्था रहिरहे भयाभय नहोला भन्न सकिदैन मानवीय तथा पशुधनको क्षती रोक्न नियन्त्रण तथा उचित व्यवस्थापन गरि बस्तीको बाताबरण सुधार गर्ने तर्फ स्थानीय सरकारले पनि संबेदनशिल भएर उच्च सतर्कता अपनाउन जरुरी छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com