अखण्ड सम्बाददाता
माघ १, २०७९ डडेल्धुरा
जीवन तथा बाताबरणका लागि कृषि जैबिक बिबिधता भन्ने मूल नाराका साथ डडेल्धुरामा राष्ट्रिय कृषि जैबिक बिबिधता दिवस मनाईएको छ ।
परम्परागत कृषि प्रणालीमा आधारित कृषकहरुलाई नगदे वाली लगाई प्रत्यक्ष रुपमा आयआर्जन तर्फ आकर्षित गराउन कृषि ज्ञान केन्द्र डडेल्धुराद्वारा समुदायस्तरमै गएर दिवस मनाएको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाको अमरगढी नगरपालिका वडा नं. ८ बकण्डे गाउँमा रहेका करिब २५ दलित परिवारलाई बिभिन्न तरकारी बीउविजन बितरण गरि उनिहरुलाई तरकारी खेतीमा व्यवसायिक बनाउन दिवस मार्फत अभिमुखिकरण पनि गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख लेखराज निरौलाले जानकारी दिए ।
भेडेखुर्सानी, फर्सि, काँक्रा, बन्दाकाउली, काउली र टमाटरका १५÷१५ पाकेट उन्नत जातका विउवीजनहरु बकण्डे दलित कृषक समूहलाई हस्तान्तरण गरिएको समूहका अध्यक्ष स्थानीय युवा किसान भोज सार्कीको भनाई छ । उनका अनुसार अरु खेती बाँदर लगायत जंगली जनाबरले खाई दिने भए पनि तरकारी खेतीमा मेहनेत गर्न सके बचाउन र मनग्गे लाभ लिन सकिने बताएका छन ।
स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी सहितको उपस्थितिमा भएको कार्यक्रममा कृषकले पाएको विउवीजनसँगै कृषकहरुलाई व्यवसायिक तरकारी खेती सम्बन्धि तालीम, सिंचाई व्यवस्था र उपकरणका लागि पनि कृषि ज्ञान केन्द्र लगायत सरोकारवाला निकायहरुले ध्यान दिनु पर्ने माग राखेका छन ।
दिवस कार्यक्रममा स्वागत मन्तव्यसँगै कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत खेमराज पनेरुले दिवसलाई औपचारिकतामा सिमित राख्नु भन्दा किसानको घरदैलोमा गएर वीउ दिनु र उनिहरुलाई व्यवसायिक खेतीमा प्रेरित गर्नु प्रभाबकारी हुने भएकोले खास गरि दलित समुदायलाई छनौट गरिएको बताए ।
४२ औं विश्व खाद्य दिवस अन्र्तगत “उत्पादन, पोषण र बाताबरणमा सुधारः सुखि जीवनको आधार” भन्ने ध्येयका साथ सम्पन्न भएको राष्ट्रिय कृषि जैबिक बिबिधता दिवस आफ्नै घरआँगनमा कार्यालयको टोली आएर किसानलाई गरेको सहयोगबाट सदरमुकाम नजिकै रहेको बकण्डेका दलित समुदायका अगुवा कृषकहरु खुशी भएका छन ।
