अखण्ड सम्बाददाता
३१ बैशाख २०७९ डडेल्धुरा
नेपाली काँग्रेसका केन्द्रीय सभापतिकै गृह गाउँपालिका गन्यापधुरा गाउँपालिकाको वडा नं. १ मा नेपाली काँग्रेस वी.पी. का वडाध्यक्ष पदका उम्मेदवार अत्यधिक मतले निर्वाचत भएका छन ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले गरेको षडयन्त्रकारी भुमिकालाई स्वीकार गर्न नसक्दा पार्टी भित्रको आन्तरिक संघर्ष गर्ने सोच राख्दै अन्याय अत्याचारका बिरुद्ध मुलुकका कार्यकारी , राजनीतिक शिर्ष व्यक्तित्व, सत्तासिन शक्तिको बिद्रोह गर्नु असाधारण कुरो पनि थियो तै पनि अन्दाजी २५ वर्षिय युवा नरेशले अदम्य साह देखाएको देख्दा भावी पुस्ताका युवाहरुमा उत्साह देखिएको छ ।
सातौं जिल्ला अधिबेशनमा जिल्लाको स्वायत्त अधिकारलाई हस्तक्षेप गर्दै बिधान र बिधि पद्धती बिपरित एकपक्षिय रुपमा अबैध जिल्ला अधिबेशन गरे पछि स्पष्ट रुपमा दुई धार सिर्जना भएको नेपाली काँग्रेसको महाधिबेशन सम्म पनि पार्टीको अनुरोधलाई सुनुवाई नभएको र स्थानीइ तह निर्वाचनमा पनि लामो समय देखि नेपाली काँग्रेसको राजनीति मार्फत जनताको सेवामा समर्पित कार्यकर्तालाई न्याय नदिएको, बिधिबिधानको पालना गरियोस भन्ने पुकार सुनुवाई नभएको र निर्वाचनमा समेत स्थान नदिए पछि बाध्यताले नेपाली काँग्रेस वी.पी. मा समाहित भई र नेकपा एमाले बिच चुनावी समिकरण गरि चुनाव चिन्ह करुवाबाट उम्मेदवारी दिएका भण्डारी असिग्राम रुवाखोला क्षेत्रमा चर्चित युवा समाजसेवीको चुनावी परिणामले जिल्लाभरि चर्चाको शिखर चढन सफल भएका छन ।
उनले बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो वडाबाट ६७३ मत ल्याई प्यानल सहित विजयी मात्र भएका छैनन पार्टी भित्रको चरम अन्याय र प्रधानमन्त्री देउवाको गैरराजनीतिक व्यवहार तथा निकृष्टताको जवाफ पनि प्रधानमन्त्रीलाई गृह वडाबाटै जनताले दिएको बताएका छन । शिक्षक पेशाबाट राजिनामा गरि नेपाली काँग्रेस पार्टीको उम्मेदवार रहेका निकटम प्रतिस्पर्धि चुनाव चिन्ह रुखका उम्मेदवार चन्द्र बहादुर देउवाले ५४४ मत ल्याउनु भएको छ ।
पाँच दिन देखि जिल्लाको स्थानीय निर्वाचनलाई प्रभावित पार्न बिभिन्न हतकण्डा अपनाउँदै कम्मर कसेर लागि परेका प्रधानमन्त्री देउवाले गृह गाउँपालिकाको वडा नं. १ को आफ्नै वडामा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन नसक्नु लज्जास्पद विषय बनिरहेका बेला यस अघिको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितेको वडामा पहिलो पटक नेपाली काँग्रेस वी.पी.ले प्रधानमन्त्रीकै जिल्ला र उहाँकै गृह पालिकामा आफनो खाता खोलेको हो ।