Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

किन आयो प्रधानमन्त्रीको वडामा चुनौतिपूर्ण परिणाम

Posted on May 14, 2022May 14, 2022
Share this post
       

अखण्ड सम्बाददाता
३१ बैशाख २०७९ डडेल्धुरा

नेपाली काँग्रेसका केन्द्रीय सभापतिकै गृह गाउँपालिका गन्यापधुरा गाउँपालिकाको वडा नं. १ मा नेपाली काँग्रेस वी.पी. का वडाध्यक्ष पदका उम्मेदवार अत्यधिक मतले निर्वाचत भएका छन ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले गरेको षडयन्त्रकारी भुमिकालाई स्वीकार गर्न नसक्दा पार्टी भित्रको आन्तरिक संघर्ष गर्ने सोच राख्दै अन्याय अत्याचारका बिरुद्ध मुलुकका कार्यकारी , राजनीतिक शिर्ष व्यक्तित्व, सत्तासिन शक्तिको बिद्रोह गर्नु असाधारण कुरो पनि थियो तै पनि अन्दाजी २५ वर्षिय युवा नरेशले अदम्य साह देखाएको देख्दा भावी पुस्ताका युवाहरुमा उत्साह देखिएको छ ।
सातौं जिल्ला अधिबेशनमा जिल्लाको स्वायत्त अधिकारलाई हस्तक्षेप गर्दै बिधान र बिधि पद्धती बिपरित एकपक्षिय रुपमा अबैध जिल्ला अधिबेशन गरे पछि स्पष्ट रुपमा दुई धार सिर्जना भएको नेपाली काँग्रेसको महाधिबेशन सम्म पनि पार्टीको अनुरोधलाई सुनुवाई नभएको र स्थानीइ तह निर्वाचनमा पनि लामो समय देखि नेपाली काँग्रेसको राजनीति मार्फत जनताको सेवामा समर्पित कार्यकर्तालाई न्याय नदिएको, बिधिबिधानको पालना गरियोस भन्ने पुकार सुनुवाई नभएको र निर्वाचनमा समेत स्थान नदिए पछि बाध्यताले नेपाली काँग्रेस वी.पी. मा समाहित भई र नेकपा एमाले बिच चुनावी समिकरण गरि चुनाव चिन्ह करुवाबाट उम्मेदवारी दिएका भण्डारी असिग्राम रुवाखोला क्षेत्रमा चर्चित युवा समाजसेवीको चुनावी परिणामले जिल्लाभरि चर्चाको शिखर चढन सफल भएका छन ।
उनले बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो वडाबाट ६७३ मत ल्याई प्यानल सहित विजयी मात्र भएका छैनन पार्टी भित्रको चरम अन्याय र प्रधानमन्त्री देउवाको गैरराजनीतिक व्यवहार तथा निकृष्टताको जवाफ पनि प्रधानमन्त्रीलाई गृह वडाबाटै जनताले दिएको बताएका छन । शिक्षक पेशाबाट राजिनामा गरि नेपाली काँग्रेस पार्टीको उम्मेदवार रहेका निकटम प्रतिस्पर्धि चुनाव चिन्ह रुखका उम्मेदवार चन्द्र बहादुर देउवाले ५४४ मत ल्याउनु भएको छ ।

पाँच दिन देखि जिल्लाको स्थानीय निर्वाचनलाई प्रभावित पार्न बिभिन्न हतकण्डा अपनाउँदै कम्मर कसेर लागि परेका प्रधानमन्त्री देउवाले गृह गाउँपालिकाको वडा नं. १ को आफ्नै वडामा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन नसक्नु लज्जास्पद विषय बनिरहेका बेला यस अघिको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितेको वडामा पहिलो पटक नेपाली काँग्रेस वी.पी.ले प्रधानमन्त्रीकै जिल्ला र उहाँकै गृह पालिकामा आफनो खाता खोलेको हो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • प्रसिद्ध उग्रतारा मेला कार्तिक १९ गते
  • नागरिक सरकार प्रति जनताको अपेक्षा
  • खारेज नभए पहाडमा राजधानी सार्नुपर्ने
  • संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस
  • मानव र पशु स्वास्थ्य विषयमा अन्र्तक्रिया सम्पन्न

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2025 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com